डेविड र निकको पिलोको सानो खिल निस्कने

शशी पौडेल
बर्तमान मिलीजुली सरकारको पिलोको एउटा सानो खिल निकट भविश्यमै निस्कने भएको छ, जुन खबरले प्रधानमन्त्री डेविड क्यामरोन र उप प्रधान मन्त्री निक ल्केगलाइ खुसि तुल्याएको हुनु पर्छ ।  कन्टेवरीका आर्च विशोफ डा.रोआन विलिआम्स निकट भविश्यमै पद त्याग गर्दै छन् । गतबर्ष  चर्च र प्रधानमन्त्रीवीच वाकयुद्ध  भएको थियो । सामान्यतया चर्चहरु कन्जरभेटिभ चिन्तनका हुने हुंदा कन्जरभेटिभ सरकारको सर्मथन गर्ने हुन्छन् । अझ त्यसो भन्दा पनि जो हरेक हप्ता चर्चमा प्रार्थनाका निम्ति जान्छन् उनीहरुनै निर्वाचनमा भोट दिन जाने समुदाय हुन् र उनीहरुले प्राय जसो कन्जरभेटिभ पार्टीलाई भोट दिने गर्दछन् । चाहे अमेरिकामा होस्, फ्रान्स वा जर्मनीमा । तर  बेलायती चर्च अफ इङ्गलैण्डका आर्च विशोफले भने मिलिजुली सरकारको भरपुर आलोचना गरे  ।
आर्च विशोफ डा.रोआन विलिआम्सले गतबर्ष सरकारको गलत शिक्षानीति एंव शिक्षामा बजेट कट्टा गरेकाले बेलायतको भविश्य अन्धकारतीर धकेलेको आरोप लगाए । त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा पनि सरकारको गलत रवैया भएको बताएका छन् ।
उनले सरकारले जताततैको वजेट कट्टा गरेर जनतालाई ‘क्रुद्ध र गन्तब्यहिन’ बनाएको आरोप समेत लगाएका छन् । उता प्रधानमन्त्री डेविड क्यामरोनले भने उनको वजेट कट्टाको विरोध गर्नेहरुलाई ‘वामपन्थीहरु’ भनेर आरोप लगाउदै आएका थिए । यसैवीच बेलायतका सवभन्दा ठूला पादरी र चर्च अफ इङ्गलैण्डद्वारा भगवान जेसुख्रिष्टको अवतारका रुपमा मानिदै आएका व्यक्ति डा.रोआन विलियमले गरेको आलोचना प्रधानमन्त्रीका लागि फलामको चिउरा बनेको थियो  ।
डा.रोआन भने– मलाई लाग्दैन कि वर्तमान सरकारले वेलफेयर कट्टा गरेर राम्रो काम गरेको छ । अर्थात शिक्षा क्षेत्रमा कट्टा गरेर मुलुकको हित गरेको छ । त्यतीमात्र होइन स्वास्थ्य क्षेत्रमा समेत सरकारले अमानवीय रुपमा कट्टा गरेको छ ।
चर्च अफ इङ्गलैण्डका प्रमुख डा. रोआनको उक्त भनाई सार्वजनिक भएपछि विभिन्न अन्य चर्च र पादरीहरु पनि खुलेर सरकारको गलत शिक्षा र स्वास्थ्य नीतिको विरोधमा उत्रिएका थिए ।

Picture by mirror.co.uk

गिल्फोडका विशोफ क्रिस्तोफर हिलले भने— आर्च विशोफले भनेको कुरा ठीक हो । सरकारी पैसा जम्मा गर्न जनताबाट अनाधिकार रुपमा उनीहरुले प्राप्त गर्ने अधिकार खोस्नु र शिक्षा र स्वास्थ्य महंगो गराउनु गलत कार्य हो ।
यस्तै अक्सफोडका विशोफ जोन प्रिन्चार्ड थपे –हामी बेलायतभरका विशोफहरुवीच निरन्तर सम्पर्कमा रहनु पर्छ ताकी जनताले कस्तो अनुभव गरिरहेका छन् भन्ने थाहा पाउन सहज होस् ।
शिक्षा छाया“ मन्त्री आन्डी व्रुनहामले पनि यसको मौका छोपेर भने –टोरी लिवडेम सरकारले जनताको चाहाना र इच्छा विरुद्ध मनोमानी गर्दै आएकालेनै चर्चले अहिले बोल्नु परेको हो । वर्तमान सरकारलाई बजेट कट्टा गरी जनताको पेटमा लात हान्ने कुनै अधिकार छैन ।
विभिन्न क्षेत्रबाट वर्तमान सरकारको आलोचना भैरहेको बेला शिक्षा मन्त्री माइकल गोभले ल्याएको शिक्षा नीति गलत ठहर भएको भन्दै शिक्षाविदहरुले सच्चाउने माग गरेका थिए । रेडियो विविसी चारसंग कुरा गर्दै शिक्षा मंत्री माइकल गोभले आपूmले ल्याएको शिक्षा नीति गलत नभएको दावी गर्दै अहिले यसवारे कुनै प्रतिक्रिया नदिने बताएका छन् ।
बेलायतको प्रमुख चर्च, चर्च अफ इङ्गलैण्ड र अन्य चर्चहरुबाट पनि सरकारी खर्च कट्टा गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा निरुत्साह पैदा गरेको आरोप लागेको पर्सीपल्ट बजेट कट्टाले समाजलाई तितर वितर पारेको र युवापिढीले जागीर पाउन नसकेको दुःख पूर्ण समाचार प्रसारमा आएको थियो । बेलायतबाट प्रकाशित एक दैनिक ट्यावलोइट दैनिक मिररले गत  वर्तमान सरकारले युवापिढीलाई लथालिङ्ग पारेको एक सर्भेद्वारा थाहा लागेको दावी गरेको छ । दैनिक मिररको तथ्यांक संकलन अनुसार दुई तिहाई जनताले वर्तमान सरकारको रवैयाका कारण युवापिढी वेरोजगार मात्र भएका छैनन् कि यसले समग्र समाजलाई भतातुङ्ग पारेको विश्वास गरेका छन् ।
बेलायतका १६ देखि चौविस बर्षका युवापिढीले सवभन्दा बढी मर्का सहनु परेको कुरा पनि सर्भेमा उल्लेख गरिएको थियो । जो जीसीएसइ गरेर ए लेभल गर्दैनन् त्यो पिढीलाई मर्का त परेको छ नै त्यस वाहेक पनि ए लेभल गरेर विश्वविद्यालय पढ्न जान सरकारको महंगो शिक्षा नीतिका कारण असमर्थ भएबाट उनीहरुको भविश्य अन्धकार भएको दावी सर्भेले गरेको थियो ।
दैनिक मिररको तथ्यांक संकलनका अनुसार ८१ प्रतिशतले काम पाउन सजिलै सम्भव नभएको बताएका छन् भने १३ प्रतिशतले भने डेभिड क्यामरोनले ठीक गरेको बताएका थिए ।
राष्ट्रिय कर एंव बजेट सम्वन्धी वर्तमान सरकारी योजनाप्रति ८० प्रतिशतले असहमत जनाएका थिए भने छाया चान्सलर एड वेल्सको कर एंव बजेट योजना प्रति ७५ प्रतिशतले सहमत जनाएका थिए ।
सर्भेमा अठासी प्रतिशतका अनुसार शिक्षा सेवामा सरकारले गर्नुपर्ने खर्च प्रयाप्त नगरेको र शिक्षाप्रति सरकारले ध्यान नदिएको आरोप लगाउछन् भने पा“च प्रतिशतले स्कूललाई सरकारले प्रयाप्त ध्यान पु¥याएको विश्वास गर्दछन् ।
बेलायतका मतदाताहरु मध्य ६९ प्रतिशतले डेविड क्यामरोनले युवा पिढीहरुको भविश्यप्रति बढी ध्यान दिनुपर्ने माग राख्दछन् । किनभने युवा पिढीनै देशको भोलीको शक्ति हुन् ।
असफल पहिलो बर्षः
डेविड क्यामरोन र निक क्लेगको सत्ता साझेदारीको पहिलो बर्ष असफल भएको कुरा विज्ञहरुले बताएका थिए । हुने विरुवाको चिल्लो पात नहुने विरुवाको खस्रो पात भने झै टोरी लिवडेम मिलिजुली सरकारले सत्ता प्राप्तीको शुरुका बर्षबाटै जनविरोधी काम गरेर आपूm जनप्रिय हुने कठिन प्रयास एक बर्षको राजनैतिक व्यालेन्सबाट असफल भएको बताइएको थियो ।
डेविड क्यामरोनले निक क्लेगलाई बन्दुकको रुपमा प्रयोग गरी निककै का“धमा राखेर बन्दुक पड्काउने जुन प्रयास गरे त्यो प्रयासमा डेविड क्यामरोन एक हदसम्म त सफल भए । तर जव उक्त यर्थाथबाट सर्वसाधारण जनता र बेलायती चर्चहरु समेत सुसुचित भयो तव उनीहरु मिलिजुली सरकार विरुद्ध खनिएको अनुमान गर्न सकिन्छ ।
टोनी ब्लेयरको पालामा न्यू लेवरको भ¥याङ चढेर वीवीसीमा प्रमुख राजनैतिक सम्पादक बनेका निक रोविन्सनले समेत कनडेम मिलिजुली सरकारको पहिलो बर्ष नितान्त असफल भएको टिप्पणी  गरेका छन् । वीवीसी रेडियो चारसंग कुरा गर्दै निक रोविन्सनले प्रमं डेविड क्यामरोनले मुलुकको भविश्य र आगामी पुस्ताका लागि राजनीति गर्नुपर्नेमा आगामी निर्वाचनका लागि समेत नभै नितान्त आप्mनो अहिले पाएको शक्ति टिकाउने तर्फ मात्र लागेकाले बेलायतको राजनैतिक भविश्यवारे यस्तै हुने भन्न नसकिने टिप्पणी गरेका थिए ।
जवकि निक रोविन्सन पूर्व प्रमं टोनी व्लेयरले २००७ सालमा सत्ता छोडे पछि आफ्नो राजनैतिक विश्लेषणलाई रातो गुलावको रंगबाट परिवर्तन गरी निलो रंग तिर लागेर गोर्डोन व्राउनको विपक्षमा उभिएका थिए । जव वीवीसीले टोरीको पक्षमा बोल्न र प्रचार गर्न थाल्यो तव डेविड क्यामरोनको शाहस बढेको टिप्पणी त्यतीवेला राजनैतिक पर्यवेक्षकहरुले गरेका थिए । वीवीसीका निक रोविन्सन विश्वमै एक योग्य राजनैतिक विश्लेषक मानिए पनि उनको राजनैतिक रुझान अस्थिर भएकाले उनलाई कुनहदसम्म विश्वास गर्ने भन्ने थाहा पाउन कठिन भएको राजनीति प्रति चासो राख्नेहरुको प्रतिक्रिया रहेको छ ।
बेलायतबाट प्रकाशित  एक दैनिक गार्डियनले अमेरिकी राष्ट्रपति वारक ओवमा र बेलायती प्रमं डेविड क्यामरोनबारे टिप्पणी गर्दै महाशक्ति हातमा लिएका तर असफल दुई नेताहरुको भेट भनी टिप्पणी  गरेको थियो ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *