कंग्रेस (आई) को जरा हल्लिइसकेको छ – बाबा रामदेव

जसको कुनै सम्मान नै छैन उसको अपमान नै हुँदैन’ ।

‘हामी हारेर होइन, जितेर जाँदै छौँ ।

‘प्रधानमन्त्रीले अगस्त १५ को भाषणमा कालो सम्पत्तिबारे बोल्नुपर्छ, ।

उक्त कुरा योग गुरु राम देबले आफ्नो अनसन तोडेर रामलिला मैदान छोड्ने बेलामा ब्यक्त गरेका हुन् ।

बाबा रामदेवले मंगलबार पाँच दिन लामो अनसन समाप्त गरेको घोषणा गरेका छन् तर उनले भ्रष्टाचार र कालो सम्पत्तिविरुद्धको आफ्नो अभियान जारी रहने बताएका छन् । रामदेवलाई दुई बालकले पानी खुवाएर उनको अनशन छोडाएका हुन् । त्यसअघि उनी आफ्ना समर्थकसहित अम्बेडकर स्टेडियम छोड्न सहमत भइसकेका थिए । यद्यपि उनले ‘आफूले चाहेको भए प्रधानमन्त्री मनमोहन सिंहलाई भारतीय स्वतन्त्रता दिवसको अवसरमा लालकिला क्षेत्रमा भाषण दिनबाट रोक्न सक्थे तर जसको कुनै सम्मान नै छैन उसको अपमान नै हुँदैन’ भनेका थिए ।
जितको दाबी गर्दै रामदेवले भने, ‘हामी हारेर होइन, जितेर जाँदै छौँ । यस अभियानले राजनीतिक पार्टी र सिंगो देशलाई एकै ठाउँमा ल्याएको छ । मुलायम सिंह यादव र मायावतीले आफ्नो समर्थन फिर्ता लिने हो भने सरकार एक दिनमै ढल्ने थियो । एनसिपीले पनि हाम्रो अभियानप्रति समर्थन जनाएको छ । वामपन्थी पार्टीका एबी वद्र्धनले पनि हामीसित कुरा गरेका छन् र हामीलाई साथ दिने भनेका छन् ।’ त्यस अवसरमा रामदेवले प्रधानमन्त्री मनमोहन सिंहविरुद्ध तीखो शब्द प्रहार गर्दै भने, ‘प्रधानमन्त्रीले अगस्त १५ को भाषणमा कालो सम्पत्तिबारे बोल्नुपर्छ, उनी कुन्नि किन मौन छन् । उनले आफ्नो पद छाडेर गुरुद्वारामा गई भक्तिमार्ग अपनाए बेस हुनेछ । सायद मजस्तै बाबा बनेर हिँडेमा उनी पनि सत्य बोल्न सक्छन् कि ?’ रामदेवले प्रमुख सत्तारुढ घटक कंग्रेस पार्टीप्रति पनि आक्रामक शब्द प्रहार गरे । उनले कंग्रेस (आई) लाई खानदानी पार्टीको संज्ञा दिँदै त्यो पार्टीका जरा हल्लिइसकेको पनि बताए ।
त्यसअघि गृहसचिव आरके सिंहले रामदेव र उनका समर्थकले जुनसुकै अवस्थामा पनि स्टेडियम खाली गर्नुपर्ने चेतावनी दिएका थिए । त्यसलगत्तै रामदेवले १५ अगस्तमा अम्बेडकर स्टेडियममा राष्ट्रिय झन्डा गाड्ने आफ्नो हठ त्यागेका थिए । रामदेव र उनका अनेक समर्थकलाई दिल्ली प्रहरीले सोमबार दिउँसो पक्राउ गरी अम्बेडकर स्टेडियम लगेको थियो । लगत्तै रामदेवका समर्थक पनि हजारौँको संख्यामा स्टेडियम पुगेका थिए । उनीहरूलाई सोमबार अबेर साँझ रिहा गरेको जानकारी दिइएको भए पनि रामदेव र उनका समर्थकले स्टेडियम छाड्न मानेका थिएनन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *