ऐतिहासिक पाल्पा अर्गली दरबार सौचालयमा परिणत

Argali Darbarपाल्पा समाचारदाता ,पाल्पा
पाल्पा, असार २२ गते । पाल्पा सदरमुकाम तानसेनबाट झण्डै २५ किलोमिटर उत्तर पश्चिममा रहेको ऐतिहासिक अर्गली दरबार उचित संरक्षणको अभावमा सौंचालयको रुपमा परिणत भएको छ । पबित्र तीर्थ स्थल रुरु क्षेत्रमा रहेको उक्त दरवार वर्षौदेखि वेवारिसे अबस्थामा रहेको छ ।
तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणले १९९७ सालमा १० वर्ष लगाएर उक्त दरबारको निर्माण गरेका थिए । दैनिक रुरु क्षेत्रमा तिर्थ बर्त गर्न जाने राजश्री महाराज भएर बस्ने योजनाका साथ उनले अर्गली दरवार निर्माण गरेको किंवदन्तीमा उल्लेख छ । उक्त दरबारको निर्माणपछि झण्डै ५ वर्र्षसम्म जुद्ध शमशेर सोही दरवारमा बसेका थिए । पछि देश व्यापी रुपमा राणा शासन बिरुद्व आन्दोलन चर्किएपछि जुद्ध शमशेरले दरबारको स्वामित्व आफ्नी छोरी जनकराज्य लक्ष्मी ९मिश्रीमैया० लाई हस्तान्तरण गरिदिएर भारतको देराहदुन तर्फ लागेको किव्दन्ती छ ।
Judda samsher Ranaशासनशैली र षड्यन्त्र सबै कुराबाट बिरक्त भएका जुद्ध शमशेर धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण स्थान रोजेर अर्गली आएर दरबार निर्माण गरी बसेका थिए । त्यहाँ रहँदा उनले सिंचाईका लागि कुलो, खानेपानीका लागि पाइप र बत्तीका लागि जनेरेटरको व्यवस्था मिलाएका थिए । जुद्धशमशेरले दरबारमा रहँदा गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा दैनिक स्नान गर्ने र ऋषिकेश मन्दिरमा पुजाआजा गर्ने गर्दथे । दरबारभित्र फलामका पाता ठोकिएका भित्ता सहित ढुकुटी, बाथरुम, बैठककक्ष, पल्टन, सुसारे लगायतका कक्षहरु रहेका थिए । राणा त्यहाँबाट हिँडेपछि दरबार लगायतको जग्गाको हेरबिचार भएन, जग्गाहरु किनबेच हुन थाल्यो । त्यसमध्ये केहि भाग त्रिभुवन उच्च माध्यमिक विद्यालयले खरिद गरेर उच्च शिक्षा प्रदान गरिरहेको छ । दरबारमा बचेका भागहरु भग्नाबसेसको अवस्थामा मात्र सिमित छन् । इट्टा, झ्याल, कोठाका भागहरु एकपछि अर्को गर्दै हराइरहेकाछन् । दिसा पिसाव र फोहरका कारण दरबारभित्र पसिसक्नु छैन ।
अर्गली गाविस वडा नं। ६ को कित्ता नं। ३४१ मा ११ रोपनी १२ आना २ पैसा १ दाम क्षेत्रफल समेटिएको दरबारको स्वामित्वबारे पछिल्लो समय बिवाद बढेको छ । मालपोत कार्यालय पाल्पामा रहेको तथ्यांक अनुसार सो जग्गा जुद्धशमशेरकी छोरीले जनकराज्य लक्ष्मीले २०५८ साल जेठ १ गते अधिकृत वारेसनामा गरि आफ्नो नाती सञ्जय बिक्रम शाहको नाममा पास गरेकि थिइन् । आफ्नो स्वामित्वमा आएको दरबार सञ्जयले २०६२ साउन ५ गते आफ्नी श्रीमति पुनमको नाममा नामसारी गरिदिएका हुन् । २०६२ सालकै माघ १८ गते  नेकपा माओवादीको आक्रमणबाट पाल्पा दरबारमा रहेका मालपोत सम्वन्धी सम्पूर्ण कागजातहरु जलेर नष्ट भए । त्यसको मौका छोपेर फेरि जनकराज्य लक्ष्मीले अधिकृत वारेसनामा बदर गराएको प्रमाण ल्याएर २०६३ साल माघ १४ गते पुनः दरबार मेरो नाममा फिर्ता भयो भन्दै श्रेष्ता कायम गराई आफै तिरो तिरेर २०६४ पुस ९ गते जिटी टे«डर्स एण्ड हाउजिंग कम्पनी प्रालि पुल्चोक ललितपुरको नाममा १५ लाख रुपियाँमा बिक्री गरिन् ।
यतिबेला दरबार मेरो नाममा हो भन्नेहरु दुई पक्ष छन् । एकापक्ष पुनम शाह र अर्को पक्ष हाउजिंग कम्पनी । पाल्पा आक्रमणका बेला सबै स्रेस्ता जलेकोले झुक्याएर जनकराज्यलक्ष्मीले दोहोरो पास गराएको जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमुख ठाकुर प्रसाद सिग्देलले जानकारी दिए । एकपटक सञ्जयलाई दिइसकेको जग्गा सञ्जयले पुनः पुनमको नाममा बिक्री गरिसकेपछि मात्रै अधिकृत वारेसनामा बदर गरि बिक्री गर्नु नै गैरकानुनी भएको उनको जिकिर थियो । उनले भने “हामीले दुबै पक्षलाई प्रमाणसहित मालपोतमा हाजिर हुन निर्देशन दिइसकेका छौं ।”
नेकपा एमाले पाल्पाको फेसबुकबाट

Bookmark the permalink.

One Response to ऐतिहासिक पाल्पा अर्गली दरबार सौचालयमा परिणत

Leave a Reply

Your email address will not be published. Required fields are marked *