एमाले सच्चा र असली लोकतन्त्रवादी

कुनै एउटा पार्टी अध्यक्षले आफ्नो पार्टी चिर्बाचनमा पहिलो शक्ति हुने आशा गर्नु नितान्त स्वाभाबिक हो । तर आफुलाइ प्रजातान्त्रिक पार्टीको बरिष्ट नेता भनाउन मन पराउने ब्यक्तिले निर्बाचनबाट डराएर निर्बाचनको मिती तोक्न आत्तिन नपर्ने भन्दै जनता भड्काउने प्रबृत्ति भने स्वीकार योग्य नहुने भन्दा अत्युक्ति हुने छैन ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आसन्न संविधान सभा निर्वाचनपछि आफ्नो पार्टी सबैभन्दा ठूलो शक्तिका रुपमा उदय हुने दावी गरेका छन् ।
बीसौं मदन आश्रित दिवसका अवसरमा पार्टी मुख्याल बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले निर्वँचनबाट एमाले पहिलो पार्टी बन्ने दावी गरेका हुन् । अघिल्लो निर्वाचनमा एमाओवादीले जितेकै कारण संविधान बन्न नसकेको आरोप लगाउँदै खनालले संविधान निर्माणका लागि पनि एमाले विजय हुनै पर्ने उल्लेख गरे । उनले निर्वाचनका लागि पार्टी नेता तथा कार्यकर्तालाई तयार हुन निर्देशन दिए । नेपालको कम्युनिष्ट आन्दोलनमा स्व। भण्डारी र आश्रितको ठूलो योगदान रहेको उल्लेख गर्दै खनालले यी दुई नेताकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आईपुगेको बताए । उनले जनताको बहुदलीय जनबादलाई कार्यान्वयन गर्दै पार्टी अगाडि बढ्ने धारणा राखे

यहाँ गुरु भट्टराइदारा संकर पोखरलको फेसबुक स्टाटसमा गरेको कमेन्ट प्रासंगिक भएकाले प्रस्तुत गरेके छु
गुरु भट्टराइ लेख्छन् – “घटनाक्रमको बिस्लेशनकै आधारमा भन्ने हो भने मदन भण्डारीले कलकत्ता भएको विश्व कम्युनिष्ट सम्मेलनमा पूँजीवादसँग प्रतिस्पर्धा गर्ने जबजको बिचार प्रस्तुत गरेपछी र जनताको उर्लदो भेलबाट जसरी तात्कालिन समयमा विश्व पुजिबादिहरुमा कम्पन आयो, त्यसै बेला पस्चिमा शक्ती र भारतले उनको हत्या गर्यो र त्यसको दुई बर्ष पछी माओवादीको जन्म गराइयो। माओवादी उद्गमको धरातल, युध अवधिमा उनका कृयाकलाप, भारत बाट हात हतियार, गोलाबारुद आयात, अनी भारतकै सुरक्षामा बसेर नेपालमा गरीबका छोराछोरिलाई नेपालीको घाँटी रेट्ने उध्योगमा लगाउने माओवादीको आजको भारत र अमेरिका मोहले स्पस्ट पारेका छन, भण्डारीको हत्या र माओवादीको उद्गम एकै ठाउबाट भएको थियो भन्ने कुरा बुझ्न कुनै गाहरो पर्दैन । त्यतिमात्र कहाँ हो र पछी मदन भन्डारीका सवारी चालक लामालाई तिनै माओवादीले मार्नु यसको थप प्रमाण हो।”

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्टहरु सच्चा र असली लोकतन्त्रवादी शक्ति भएको बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले लोकतान्त्रिक शक्तिको नेतृत्व आफूहरुले गरेको बताए । उनले लोकतन्त्र रक्षाका लागि एमालेले ठूलो भूमिका खेल्नु पर्ने समेत बताए ।
उनले एमाओवादी मदन भण्डारीकै बाटो समातेर जनताको बहुदलीय जनवादमा आएको दाबी गरे । ‘एमाओवादी ढिलोचाँडो मदन भण्डारीकै बाटोमा आएको छ’ उनले भने ।
मंसिर महिनामा संविधानसभाको चुनाव गर्नै पर्ने उनको भनाई थियो । ‘निर्वाचनका विरुद्ध कुनै पनि बहानाबाजी चल्दैन,’ उनले भने, ‘असन्तुष्ट दलहरुसँग वार्ता गरेर चुनावमा सहभागी गराउनु पर्छ ।’
अर्कोतिर निर्काचनबाट डराएर नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अहिले नै संविधान सभा निर्वाचनको मिति तोक्न आवश्यक नभएको बताएका छन् ।
प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता देउवाले निर्वाचन हुनुभन्दा तीन महिना अघि मात्र मिति घोषणा गर्नुपर्ने धारणा व्यक्त गरे । अहिले नै मिति घोषणा हुँदा निर्वाचन बढी खर्चिलो हुने देउवाको टिप्पणि थियो ।
थ्रेसहोल्डका बारेमा पत्रकारले राखेको जिज्ञासामा देउवाले भने, ‘थ्रेसहोल्ड महत्वपुर्ण होइन, अहिले संविधानसभाको चुनाव महत्वपुर्ण भएकोले आन्दोलनरत पार्टीहरुका मागलाई सम्वोधन गरेर सबै सहभागि हुने बातावरण बनाउनुपर्छ ।’
प्रमुख चार दलको सिफारिसमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गरिएकाले विरोध गर्नुको कुनै तुक नरहेको स्पष्ट पारे ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *