एउटै ब्यक्तिले गरे ११५ औ पटक रक्तदान

223208_1751851155835_8313612_n– सुजन पराजुली,लण्डन ,
बस्तु वा साधन कही कतैबाट परिपूर्ती गर्न सकिन्छ तर मानव जीबन यदि एक पटक नष्ट भयो भने त्यो परिपुर्ती गर्न सम्भव छैन । त्यसैले यदि आफुलाइ वढी हुने वा दिएर पनि आफुलाइ कमि नहुने अर्थात पुन परिपूर्ती हुने र त्यसरी गरेको दानले अरुको जीवन बचाउन सकिन्छ भने त्यसो गर्नु धर्म हो भन्ने हाम्रो परम्परा छ । समय र मानव सभ्यताको बिकाश हुदै जाँदा मानिसहरुले यो धर्म बिर्षदै गएको आभाष हुन्थ्यो । तर अर्कोतिर बिज्ञान र प्रबिधीको बिकाशसंगै औषधोपचारको पनि बिकाश हुदै गयो । जसले गर्दा मानिसलाइ पुरानो धर्महुने भनी अरुको सहयोग नगरे पनि मानव जिम्मेवारीबोधका कारण कही कतै असल, मानव जीबन जोगाउने काममा नेपालीहरु पनि सक्रीय हुदै आइरहेका छन् ।
हो हामी नेपालीहरु गरीव छौ, जसका कारणले संसारका यत्रतत्र छरिएर रहेका पनि छौं । आफुले सक्दो मातृभूमीकालागि पनि योगदान गर्दै आइरहेका छौं । त्यती मात्र नभएर हामी नेपालीहरु कुनै राज्यको सिमा भित्र पनि केन्द्रित छैनौं । त्यसैले चाहे बेलायत, चाहे अमेरिका वा अन्य मुलुक होस्, नेपाली नेपालीबीच मात्र होइन अरुहरुको सहयोगमा पनि लागीरहन्छौं । त्यसको एउटा उदाहरण भर्खरै बेलायतमा नेपलिज ब्लड डोनर्स युके गठन  भएको छ ।
रक्तदानकालागि विश्वव्यापी अभियानलाई थप उर्जा दिन अमेरिकाबाट लण्डन आएका इन्टरन्यासनल नेपलिज ब्लड डोनर्सका अध्यक्ष अर्जुन प्रसाद मैनालीले ११५ औ पटक रक्तदान गरेका छन । हालै लण्डनमा नवगठित नेप्लिज ब्लड डोनर्स युकेको एक भेलामा बोल्दै मैनालीले अमेरिकी नेपाली समुदायमा रक्तदानको उल्लेखनिय सफलता पछी विश्वव्यापी रुपमा रक्तदान कार्यक्रम बढीरहेको बेला बेलायतको नेपाली समुदायमा सफल हुन सके मात्र अरु देशहरुका लागि सकारात्मक सन्देश जाने बताए । संस्थाको उद्घाटन गर्दै मैनालीले संस्थाको उत्तरोतर प्रगतीको कामना गर्दै १०००(एक हजार) अमेरिकन डलर संस्थाका अध्यक्षलाई हस्तान्तरण गरे । सोही अबसरमा संस्थाका अध्यक्ष एभरेष्ट गौतम र उनकी पत्नी रिता गौतमले विवाह बन्धनमा बाधिएको १०औं बर्ष गाठको अबसरमा भोजभतेर गर्ने खर्चको करिब एकलाख रुपैया संस्थालाई हस्तान्तरण गर्ने बताए । यसैगरी संस्थाको उतरोत्तर प्रगतीको कामना गर्दै राजु आचार्यले रु चालिश हजार  ४०,०००० दिने भएका छन ।
बिभिन्न क्षेत्रमा उल्लेखनीय सेवा गरेका बिशिष्ठ व्यक्तिहरु ,एन.आर.एनएका अन्तरास्ट्रिय अध्यक्ष शेष घले, कार्यबाहक नेपाली राजदूत तेज बहादुर छेत्री, बिबिसी का  पत्रकार भगिरथ योगीको उपस्थितीमा भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एभरेष्ट गौतमले संस्था स्थापना गर्नुको उद्देश्य प्रकाश पार्दै रक्तदानका लागि जनचेतना जगाउनु, प्रोत्साहन गर्नु अनि रक्तदानका लागि बढी भन्दा बढी सहभागिता गराउनु संस्थाको लक्ष्य रहेको बताए ।
यस्तै गरी नबगठित सस्था नेप्लिज ब्लड डोनर्स युकेले आयोजना गरेको रक्तदान कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेको राष्ट्रिय सम्योजक मिलन शर्माले बताए ।
अमेरिकी नेपालि समुदायमा २००९ मै ब्लड डोनर्स अफ अमेरिका स्थापना भै सकेको छ। नेपालमा रक्तदाता र रक्तदान गर्ने संस्थाहरुलाई समन्वय गरि ब्लड डोनर्स एसोसियसन अफ नेपाल १९९० मा गठन भएको थियो, त्यस पछि युथ फर ब्लड, नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन भएका छन्। नेपाली बसोबास गरिरहेका १७ देशहरुमा बिभिन्न नेपालि संघ संस्थाहरुले रक्तदान कार्यक्रम गर्दै आएका छन् । विश्वको कुनै पनि भागमा नियमित रक्तदान गर्न, गराउन, सहयोग तथा उत्प्रेरणा गर्ने उद्धेश्यले अर्जुन प्रसाद मैनालीको अध्यक्षतामा इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स गठन भएको थियो । अध्यक्ष मैनालीको ११६ औ पटक रक्तदान कार्यक्रम यही आउदो मे ९ तारिखका दिन बर्मुडामा हुने भएको छ ।
बेलायतमा रहेर बिभिन्न पेशा साथै सामाजिक कार्यमा संलग्न युवा युवतीहरुको सकृयतामा नेपलिज ब्लड डोनर्स युके गठन गरिएको हो । भेलाले एभरेष्ट गौतमको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती गठन गरेको छ । नबगठीत समितिको उपाध्यक्षमा बबी लामा , महासचिबमा प्रसुना कंडेल ,सचिब सुजन पराजुली ,कोषाध्यक्षमा राजु आचार्य ,सह कोषाअध्यक्षमा बाचस्पती रेग्मी रहेका छन । यस्तैगरी सदस्यहरुमा श्रेया पौडेल,राजु ढकाल ,कृष्णा बिष्ट , अजय भट्टराई , दुर्गा गुरुङ , श्रद्दा गुरुङ , सन्जीव तिमील्सिना , दीपक गुरुङ र शिव भण्डारी रहेका छन ।
समितीले सल्लाहाकारमा कुल आचार्य , चिरन्जिबी ढकाल, सुर्य गुरुङ ,रामशरण सिम्खडा,अर्जुन गौतम ,कृष्ण भट्ट , कमल भण्डारीलाई नियुक्त गरेको छ भने मिडिया सम्योजक नबिन पोख्रेल,र कानुनी सल्लाहाकारमा राजु थापालाई चयन गरेको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *