आन्दोलन सत्ता परिवर्तन हैन, गलत नीतिका विरुद्ध लक्षित

–शशी पौडेल
‘शिक्षकहरुले विद्यार्थीहरुको उत्तेजना र मुडको सामना गर्नुपर्छ । उनीहरुको अध्ययन गर्ने अनिच्छाका विरुद्ध इच्छा जगाउनुपर्छ । तर सरकारी कर्मचारीहरुलाई उक्त समस्या पर्दैन । तै पनि उनीहरुलेभन्दा बढी हामीले धनी बैंकहरुलाई किन आफ्नो तलव र पेन्सनबाट कट्टा गरेर दिने अर्थात थोरै मूल्यमा बढी योगदान किन ?
उक्त प्रश्न गत हप्ता नेश्नल यूनियन अफ टियर्स र शिक्षकहरुको अर्को ठूलो संगठन (NASUWT)   को संयूक्त विज्ञप्तिमा गरिएको छ । . NUT / NASUWT बेलायतका सबभन्दा ठूला शिक्षक संगठनहरु मानिन्छन् । शिक्षक संगठनका उक्त विज्ञप्ति ठीक समयमा आएकोले यसको स्वागत गर्नुपर्ने वौद्धिक समुदायको टिप्पणी रहेको छ ।
विज्ञप्तिमा अब बेलायतमा शिक्षा क्षेत्रमा देखिएको शिक्षामन्त्री माइकल गोभ र प्रधानमन्त्री डेबिड क्यामरुनको गलत रवैयाकाबिरुद्ध संघर्ष गर्नुपर्ने आबश्यक भएकोे बताइएको छ ।
उनीहरुले आह्वान गरेको अक्टोबर २० तारिखका दिनको विरोध प्रदर्शनमा उपस्थित हुन शिक्षक एवं. समग्र जनसमुदायलाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जुन समुदायले बेलायतको समाजलाई शिक्षित गराउँछ र असल नागरिक, डाक्टर, इन्जिनियर एवं. राजनीतिज्ञ उत्पादन गर्छ त्यही समुदायमाथि गरिएको आक्रमणकाबिरुद्ध उभिनु सम्पूर्ण बेलायतीहरुको कर्तव्य हुनेछ ।’
गतबर्ष ३० जुनका दिन पनि एक बृहत  विरोध प्रर्दशन भएको थियो । उक्त बिरोध प्रदर्शन पाइरहेको सुविधा भन्दा बढी पाउने माग राखेर हैन, विशुद्ध राजनैतिक परिवर्तनका निम्ति पनि होइन र सुविधा सम्पन्न हुन अथवा खाइपाई आएको जागीरको तलव बढाइयोस् भनेर पनि हैन ।  बिरोध प्रर्दशन त आफूले उमेर छ“दा काम गरेर सरकारलाई धितो स्वरुप राख्न दिएको पेन्सीन कट्टा नगरियोस् भनेर हो । पाइआएको अन्य वेलफेयरमा कट्टा नगरियोस् भनेर हो । शिक्षालाई व्यापार गर्ने भा“डो नबनाइयोस् भनेर हो । उक्त जुलुस प्रर्दशन विगत नब्बे बर्षको सबभन्दा बृहत भएको अनुमान गरिएको छ ।
गतवर्ष मार्च २६ गते टियुसीले आव्ह्वान गरेको विरोध प्रर्दशनमा झण्डै आधा मिलियन बेलायतीहरुले लण्डनको सडक छापेका थिए । त्यति खेर कन्जरभेटिभ एंव लिवरल डेमोक्रेटहरुको मिलिजुली सरकारले विश्वविद्यालयको शुल्क बृद्धि गरेको र अन्य वेलफेयर कट्टा गरेको विरोधमा आव्ह्वान गरिएको थियो । त्यतिखेर जानकारी आए अनुसार चालिस अरब खर्च कटौती गरिएको थियो ।
आर्थिक मन्दी
आर्थिकमंदी बेलायतमा मात्र भएको हैन । यो विश्वव्यापी भएको छ । पूजीवादीहरुको गलत अर्थनीतिका कारण उत्पन्न आर्थिक मंदीबाट मुक्त हुन सर्वसाधारण गरीब जनताको पसिना निचोर्ने जुन काम हुन गैरहेको छ त्यसको विरुद्ध बेलायतका बिभिन्न संघसस्थामा आवद्ध शिक्षक, विद्यार्थी, लेक्चरर, प्रोफेसर, निजामती कर्मचारी, मजदुर एंव कामदार एक भएका थिए ।  बेलायत भरका तमाम स्कूलहरु बन्द भएका थिए । सरकारी कार्यलयहरु बन्द भएका थिए । उद्योगधन्दाहरु बन्द भएका थिए । तर बेलायती पूंजीवादी ट्यावलेइटस् एंव इलेक्ट्रोनिक मेडियाले भने यस्तो महत्वपूर्ण कुरालाई नजरअन्दाज गरेर आन्दोलित जनताको ध्यान अन्यत्र लैजाने कोशिष गरेका  थिए । यस्तै बेलायतमा एक दर्जन भन्दा बढी राजनैतिक चिन्तक (थिङ्क ट्याङ्क) हरुको संस्था रहेको छ । तर उनीहरु पनि यसवारे बोलिरहेका थिएनन् । के बेलायती पूंजीवादी एंव साम्राज्यवादीहरुको पिट्ठु बिबिसी लगायतका मेडिया जस्तै यी थिङ्क ट्याङ्क पनि उनीहरुबाटै संचालित हुन् ? के यिनीहरुलाई देश र देशमा हुन गइरहेको अवस्थाप्रति चिन्ता छैन ? के यिनीहरुलाई राजनैतिक दैनिकी (डे टु डे पोलिटिकल सिचुएशन) प्रति कुनै चासो छैन ? बेलायती जनताले अहिले यी प्रश्नको उत्तर खोजेका छन् ।
जनता विरुद्धको कदम
लेवर पार्टीको नेतृत्व टोनी ल्वेयरले लिएर पार्टीले गरेका प्राइभेटाइजेशन एंव आन्तरिक बजार व्यवस्थापनमा ल्याएको परिवर्तनले मुलुकमा वेरोजगारको संख्या बढाएको एंव गरीव र धनीबीचको खाडल झन भन्दा झन ठूलो हुदै गएको हो । लेवर पार्टीले मार्गरेट थेचरले शुरु गरेको राष्ट्रिय स्वास्थ्य सेवा, पोष्ट अफिस एंव लण्डन रेल सेवा प्राइभेटाइजेशन गर्न प्रतिवन्ध लगाउनु पर्नेमा उल्टै थेचरले शुरु गरेको कार्यलाई निरन्तरता दियो । जसका कारणले लेवर पार्टीको नेतृत्व र सर्वसाधारण जनताबीचको सम्वन्धको तार टुट्यो । यसैले बेलायत मात्र हैन सम्पूर्ण युरोपमा समाजवादी र सर्वसाधारण जनता, मजदुर, किसान, विद्यार्थी एंव शिक्षकको मास मुभमेन्टले नेतृत्व पाउन सकेन । अर्थात प्रगतिशील समुदाय कता कता आइसोलेट भएर बस्न पुग्यो ।
ग्रिसका आपूmलाई समाजवादी भन्न मन पराउने पूर्ब प्रधानमन्त्री जर्ज पापानड्रेउले शेक्सपियरको नाटकमा जस्तै पार्लामेन्टमा अरु एक चोटी आपूmलाई मौका दिनु पर्ने अनुरोध गर्दै थिए । तर उनको यो अनुरोधलाई विश्वका आपूmलाई मेडियाका मसिहा भन्नेहरुले भने देखाउने हिम्मत गरेनन् । एउटा अल जाजीराले भने भित्र ग्रिस प्रधानमन्त्री जर्जको यस प्रकारको अनुरोधका साथै उनका प्रहरीले खाली पेट लिएर कामको माग गर्दै जुलुसमा भाग लिने, युवाहरु माथि आशु ग्या“स र लाठी चार्ज गर्दै थियो ।
स्पेन र पोर्तुगलबाट पनि यस्तै मिल्दो जुल्दो स्टोरी पढ्ने मौका मिलिरहेकै छ । जहा“ समाजवादीहरुले कन्जरभेटिभ विरुद्ध निर्वाचन हारीरहेका छन् ।
हामीले बेलायतमा के अनुभव गरिरहेका छौ त ?  जताततै कट्टा, युवा वेराजगार, जसका कारण अपराध संख्यामा बृद्धि, यदि काम पाइहाले पनि छोटो समयका लागि, आधा दिनका लागि, निम्नतम वेतनका एंव असुरक्षित कामहरु ।
अर्कोतिर बेलायती सरकारको गलत शिक्षा एंव स्वास्थ्य नीतिका कारण समाज विभाजन हुदै गईरहेको छ । हुने खानेले पाउने स्वास्थ्य सेवा र नहुने अर्थात प्राइभेट विमा नहुनेले पाउने स्वास्थ्य सेवा समेतमा अन्तर रहेको छ । जव कि यस अघि विगत ६० बर्ष देखि समाजका सबै बर्ग तह र तप्काका समुदायले एउटै भा“डामा राष्ट्रिय बीमा तिर्ने गर्थे र स्वास्थ्य सेवामा त्यही भा“डाबाट सबै बर्ग तह र तप्काका लागि आवश्यकता अनुसार खर्चिने गर्दथ्यो । तर अहिले अस्पतालहरुलाई नाफा गर्ने संस्थाको रुपमा विकाश गर्दै गएकाले स्वास्थ्य सेवा महंगो मूल्यमा किन्नु पर्ने भएको हो । यस्तै शिक्षा क्षेत्रमा समेत गलत नीति लिएका कारणले सबैले शिक्षा सुलभ ढंगले प्राप्त गर्न सकिरहेका छैनन् । यस अघि सम्म यो भिन्नता विश्वविद्यालयमा बिशेष गरी थियो । हुन त तल्ला स्कूलहरु पनि प्राइभेट नभएका होइनन् तर सरकारी स्कूलमा पनि आफ्नो क्षमताले पढ्न सक्नेका लागि ए लेभल सम्म खासै रोकथुन लाग्थेन । तर अहिले माध्यमिक स्कूलमै हुने र नहुनेबीच बिभेद हुन थालेको छ । अझ शिक्षामन्त्री माइकल गोभको नया“ योजना अनुसार बिभिन्न ठाउ“का स्कूलहरुलाई एकअर्को स्कूल गा“सीदिने रहेको छ । जसले गर्दा दुरीका हिसावले समेत स्कूल रहेको स्थान टाढा र सार्वजनिक यातायात सेवाको खर्च बेहोर्न नसक्नेहरुले आफ्ना बालवच्चाहरुलाई १५ बर्ष पछि नै स्कूल छुटाउन बाध्य भएका छन् । यसरी कन्जरभेटिभ–लिवडेम मिलीजुली सरकारले सर्वसाधारण जनताको गास, वास, कपास, स्वास्थ्य र शिक्षा एक पछि अर्को गर्दै खोस्दै आइरहेका छन् । कन–डेमको यो धुत्र्याइलाई ढाडस दिन बिविसी टेलिभिजन, इन्डिपेन्डेन्ट, टेलिग्राफ, डेलिमेल, एक्प्रेस आदि समाचार पत्रहरुले नियमित रुपमा विश्व शक्तिको स्वरुप परिवर्तनसंग समाजवादको अन्त्य भएको भनेर लेख्दै आइरहेका छन् । तर उनीहरुले लोकतान्त्रिक समाजवादको सामान्य सिद्धान्त र यसको प्राथमिक अपीललाई बुझपचाएको बुझिन्छ । जन समुदायको आवश्यकता अनुसार समाजको निर्माण गर्नु पर्ने प्राथमिकतालाई कमसेकम संचारकर्मीले नविर्सिनु पर्ने हो । एकक्षेण उत्तर अफ्रिका र मध्यपूर्वलाई हेरौं । उत्तर अफ्रिका र मध्य पूर्वका ती जनता जसले ज्यानको बाजी लगाएर सडकमा उत्रेका छन् उनीहरुले राम्रो सुविधाजनक पसल, बजार वा बैंकको माग गरेका छैनन् उनीहरुले त आफ्नो सुरक्षाको माग गरेका छन्, एकछाक खान पाउने माग गरेका छन् । आफ्ना छोराछोरी सुरक्षित स्कूल जान पाउने माग गरेका छन् । उनीहरुले न्याय, स्वतन्त्रता मागेका छन् । अर्थतन्त्रमा वेलफेयरको माग गरेका छन् । समग्रतामा भन्दा उनीहरुले पूर्ण रुपमा काम गर्न पाउने मानवको नैसर्गिक अधिकारको माग गरेका छन् । यस्तै पर्सी  हुने आगामी अक्टोबरमा हुने आन्दोलनका पनि यिनै माग रहेका छन् । पाइआएको गास, वास, शिक्षा र स्वास्थ्य नखोसियोस् भन्ने माग रहेको छ । जो मानवजातीको नितान्त नैसिर्गिक अधिकार भित्र पर्दछ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *