कम्पास कन्फरेन्स

– शशी पौडेल
“ल्बु लेवर” का मुख्य चिन्तक माउरिश ग्लासमानले गत बर्ष एक भव्य कम्पास कनफरेन्सका लागि वातावरण तयार पारी दिए । उक्त कम्पास कन्फरेन्समा झण्डै एकसय बुद्धिजिवी एंव मजदुर नेताहरुले भाग लिएका थिए । राजनैतिक चिन्तकहरुले भाग लिए । कन्फरेन्समा भैरहेको बेला लाग्थ्यो बेलायतमा अब केही परिवर्तन हुने छ ।
निल लाउसन कम्पासका अध्यक्ष एंव जर्मन सोसल डेमोक्रेटिक पार्टीका महासचिव आन्द्रेआ नाइलेस, बेलायती एकमात्र ग्रिन पार्टीका संसद कारोलाइन लुकास समेत गरी ९० जनाले आ–आफ्नो कार्यपत्र प्रस्तुत् गरेका थिए ।
“असल सभ्यता बनाऔं” बिषयमा कार्यपत्र प्रस्तुत गर्न कन्फरेन्सलाई ४० शेसनमा विभाजन गरिएको थियो ।
कन्फरेन्सको निष्कर्ष प्लानेट नष्ट हुदैछ । गरीब अझ गरीब हुदैछन् । राजनीतिज्ञहरुले कुनै रेस्पोन्स गर्दैनन् । त्यसैले विश्वमा असल सभ्यता निर्माण गर्नका निम्ति लोकतन्त्रको मूल्य र मान्यताप्रति ध्यान दिनु पर्छ । समानता र आत्मनिर्भरताको बिकाश गराउनु पर्छ । भन्ने रहेको थियो । यस्तै हामी बसेको विश्वमा सर्वसाधारण जनताको सपना, आशा र आवश्यकता के हो ? कसैले सोच्ने फुर्सद राख्दैनन् । हामीले जनताको आवश्यकता पहिलो प्राथमिकता हो कि यो व्रह्माण्डको नाफा पहिलो प्राथमिकता हो भन्ने कुराप्रति ध्यान पु¥याउनु पर्छ । हामी भन्छौ जनताको आवश्यकता पहिलो प्राथमिकता हो तर पंूजीवादीहरु भन्छन् यो व्रह्माण्डको नाफा पहिलो प्राथमिकता हो । उनीहरुको यो सोचाइ परिवर्तन हुनु पर्छ । कन्फरेन्सको महत्वपूर्ण निचोड थियो ।
असल सभ्यताले हामीलाई कस्तो खालको राजनीति, अर्थतन्त्र वा परिवर्तनले हाम्रो आवश्यकता पुरा गर्ने छ । र कस्तो परिवर्तनले मात्र हामी हाम्रो हातमुख जोर्न सक्षम हुने छौं भन्ने कुरा बताउने छ । अनि असल सभ्यताले हामीलाई भन्ने छ कि हामीले कस्तो राजनीति गर्नु पर्छ । कस्तो प्रकारको एकता हामीले गर्नु आवश्यक छ यदि हामी राजनीतिक पार्टी र समाजबीच एकता गर्नु पर्दा । यस प्रकारको कन्फरेन्सले मुलुकको आमूल परिवर्तनमा सघाउ पु¥याउने छ ।
पूंजीवादीहरु भन्ने गर्छन् कि अब विश्वबाट समाजवाद टाढा भाग्यो । त्यो होइन त्यो त उनीहरुले बुझ्नमा गल्ती गरेका छन् । पूंजीवादमा अहिले आर्थिकमंदी आएको छ । यही बेला हो हामीले यिनका विरुद्ध सामाजिक र आर्थिक विकल्प तयार पार्ने । कम्पास कन्फरेन्सको उद्देश्य विश्वका प्रगतिशील राजनैतिक पार्टी एंव दलहरुलाई एउटा मंचमा ल्याउने, समूहको विकास गर्ने, सम्पूर्ण मजदुर संगठनहरुलाई एउटा टेवलमा ल्याउने, राजनैतिक एंव आर्थिक चिन्तक संघसंस्थालाई सक्रिय बनाउने एनजीओ, बौद्धिक समाज, चिन्तक एंव सिभिल समाज भित्र रहेका आन्दोलित समूदायलाई सक्रिय बनाउने र आन्दोलित बनाउने रहेको थियो ।
कन्फरेन्सले बेलायती कन–डम मिलिजुली सरकारलाई चेतावनी दिन सफल भएको छ भने प्रतिपक्षमा बसेको लेवर पार्टीलाई पनि पुरानो लेवरमा नफर्किकन मुलुकको आवश्यकता पुरा गर्न नसकिने सन्देश दिन सपल भएको छ ।
कन्फरेन्सले न्यूलेवर पार्टी भित्र १९९० देखि देखा परेका कमजोरीहरुलाई पनि खोज्ने काम ग¥यो भने पार्टी भित्रको र पार्टी पोलिसी भित्रको कमीकमजोरीका बारेमा समेत प्रश्न उठेको थियो ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *