आतंक: अनुत्तरित प्रश्न !

-शशी पौडेल,
संयुक्त राज्य अमेरिकाले वार अन टेरोर भनेर खाडी क्षेत्रमा युद्ध थाले यता साना वा ठुला आतंककारी हमला बिश्वका कुना कुनामा हुदै आइरहेका छन् । कहिले फ्रान्समा कहिले बेलायतमा, कहिले जर्मनीमा, कहिले बेलजियममा, कहिले अमेरिकामा कहिले कहाँ ? कही अंदा धुन्ध गाडी चलाएर त कहाँ अन्दा धुन्ध सामान ओसार पसार गर्ने ठुला गाडी मान्छेको भीड लागेको ठाँउमा गुडाएर, कही पेश्तोल ताकेर आदी आदी ।
तर महत्वपूशर्ण प्रश्न त केहो भने  आतंकको शुरु कहाँबाट भयो र मानिसले किन आतंक  गर्छन् ?
। जस्तै के यो आतंक मुसलमान र क्रिश्चियनबीचको लडाई हो त ? यदि त्यसो हो भने साँढेको जुधाई बाछाको मिचाई किन  ? अर्को प्रश्न उठ्योे हिन्दु र मुसलमान बीचको लडाइ हो त ? यसको पनि चित्तबुझ्दो उत्तर भेट्न सकिदैन । यद्यपि, हिन्दु र मुसलमान एक अर्कामा जानी दुश्मन भन्ठान्छन् । तेस्रो प्रश्न उठ्यो, वैभव आधुनिक रमझम र क्लासिकल कला र संस्कृति बीचको युद्ध हो ? यदि त्यसो हो भने मुसलमान समुदायभित्र पनि फिल्मी दुनियाँ छ । आधुनिकता छ र वैभव छ । आखिर यो के को रिसइवी हो । संसारका निरिह प्राणीले के बिराएका छन् र उनीहरुमाथि किन आक्रमण हुने गर्छ ? उत्तर सपाट छ, उनीहरुमाथि लक्षित गरेर आक्रमण गरिएको भए पनि यो चेतावनी अरु कसैलाई दिएको हुनुपर्छ । किनभने इतिहासले यस्तै भन्छ । अहिलेको इजरायल, प्यालेष्टाइन, सुरिया, असुरिया क्षेत्रमा बेला–बेलामा ईसाई र मुसलमान बीच झडपहरु भइरहन्थे । झडपको बीचमा यहुदीहरु पनि आउने गर्थे र यहुदीहरुले त्यसताका ताक परे तिवारी नत्र गोतामे गर्थे । जस्तो कि झडपमा इसाई बलियो देखे ईसाइको पक्ष लिने र मुसलमान बलियो देखे मुसलमानको पक्ष लिने । तर एघारौं
शताब्दीसम्म त्यति ठुला युद्ध भएको पाइदैन । जब एघारौं शताब्दीको अन्ततिर रोमका ईसाईहरु अर्थात इसाइ यद्धु नायकहरु संसार चहार्दै र ब्रम्हलुट गदै हिड्न थाले । संसार चहार्ने क्रममा उनीहरु अहिलेको इजरायल र प्यालेष्टाइन पुगे । तब उनीहरुले थाहा पाए कि त्यो एउटा खोचमा परेको समुद्रको तट हरतरहले युद्धकालागि उपयुक्त रहेछ । अन्य क्षेत्रमा आक्रमण गर्न र आक्रमण गरेपछि लुक्न र आवतजावत गर्न सजिलो क्षेत्र ठाने । यसरी प्यालेष्टाइन, अहिलेको इजरायललाई युद्ध क्षेत्र बनाउन आफ्नो कब्जामा लिए । त्यति मात्र होइन उनीहरुले त्यस क्षेत्रमा बसोबास गर्ने मुसलमानहरु कलाका असाध्य धनी ठाने । मुसलमानहरुको यो पक्षलाई ती युद्ध नायकहरुले इष्र्याको रुपमा हेर्न थाले । यसरी इस्लामिक धर्मालम्बी र पश्चिमेली इसाइ अथार्त रोमन सभ्यताबीच द्धन्द शरुु भयो । यसबीच धर्मको नाममा थुप्रै युद्धहरु भए । सत्रौं शताब्दीमा, किटरेरै भन्दा १६१८ देखी १६४८ सम्म तिसबर्ष  यद्धु भयो । यद्यपि यो धार्मिक युद्ध रोमन क्याथलिक र प्रोटेस्टेन्टबीच भएको थियो । ३० बर्षसम्म उक्त यद्धु को प्रकार पनि यस्तै थियो । लडाकुहरु अर्थात आतंककारीहरु मानिसहरुको समुहमा जाने जथाभावी मान्छे मार्ने । निर्दोषी  वा दोषी कुनै भेद नछुट्याउने । यसो गर्दा धर्मको रक्षाको निमित्त भन्ने गरिन्थ्यो । मुसलमानहरुले थुप्रै कुराहरु यसबाट पनि लिए सिके । आत्मघाती बम पड्काउन थाले । धर्मको रक्षाका नाममा आफ्नो आहुती दिन थाले ।
राजनीतिक विद्रोह र क्रान्तिबाट संसारमा थुप्रै परिवर्तनहरु भए । तर धार्मिक बिद्रोहको राँको कतै पनि निभेन, नत यसले संसारमा कुनै सकारात्मक परिवर्तन ल्याएको छ ।  लेवनान र प्यालेष्टाइनमा उठेको धार्मिक विद्रोहको राँकोले इजरायलबाट मुसलमानको बीउ पनि उडायो । अन्त त: बिसौं शताब्दीको मध्यतिर ‘इसरायल’ नामक एउटा छुट्टै राज्यको घोषणा भयो । इसरायल’  राज्य घोषणा भैसकेपछि झन् पश्चिमेली सरकारले द्धन्दको आगोमा घिउ थप्दै आउन थाले । भनाइको मतलब दुवैतर्फ हातहतियार उपलब्ध गराउन थाले । अरबीयन मुसलमानसंग पैसा लिएर र इसराली यहुदीहरुलाई योगदान दिएर । ताकी सुरक्षाका लागि भनिएका हातहतियार उठाउन् र युद्ध नरोकियोस् ।
इतिहासले भन्छः मुसलमानहरुले कहिल्यै पनि मित्रताका निम्ति हात बढाएनन् । इसाइहरुले पनि बढाएनन  । कसैले आफ्नो वैभवको हठ गरेर निचोर्ने प्रयास मात्र गरिरहेका छन् ।  त्यतिले मात्र नपुगेर  कसैलेत  आफुसंग भएको श्रोत र साधन बन्द गर्न  धम्की दिएर । यति नीच र तुच्छतापूर्ण ब्यवहार  एक आपसमा हनु थाल्यो कि आफ्नो कठपुतली  हुँदासम्म राम्रो र आदेश दिएअनुसार नाच्न छाडेमा नाच्ने मञ्च नै भत्काइदिने देखि लिएर तह लगाउनेसम्म काम हुँदै आए । बिसौं शतााब्दीको अन्तिम दशकको शुरुमा फेरी एकपटक पुरानो दुश्मनीपूर्ण व्यवहार खुलासा हुन थाल्यो । कुवेतमा उत्पादित इन्धन कुवेती जनतालाई समेत उपलब्ध नगराइकन टेक्सास
पु¥याउने चाहना बिफल हुने संकेत देखेपछि  इराकको तेलले लपेटिएको राज्यमा आगो लगाइयो । उक्त आगो अहिलेसम्म पनि इराक र अफगानिस्तानमा निभेको छैन र बेला बेलामा आतंककारी हमला हुने गरेका छन् ।
आतंक भनेको यस्तो चिज हो कि आतंक गराउनेहरु पनि आतंकित भएरै गगराँउछन् । आतकं गर्ने हरु पनि आतंकित भएर नै गर्ने हुन् । आतकंमा पर्ने व्यक्तिहरु त स्वतः  आतंकित हुने नै भए । युद्ध र आतंकले जित कसैको पनि हुदैन । यद्यपि लडाकुहरुले युद्ध जितेको अफवाह फैलाउन चाहन्छन  । कुनै पनि उद्देश्य प्राप्तिका निम्ति एक पक्षले अर्काे पक्षलाई आतंकित गराँउछ । दोस्रो विश्व युद्धअघि यस्तो अवस्था थियो कि जुलुस, नारा, बन्द र हड्ताल गरेर सरकार पक्षलाई आतंकित गराउने र आफ्नो उद्देश्य अनुसारको कदम चाल्ने । अशान्तिपूर्ण र हातहतियार सहितको युद्ध छोडेर नाराजुलु गर्ने परम्परा भारत स्वतन्त्रताका निम्ति भएका आन्दोलनहरुमा सफल भएको पाइन्छ । किनभने त्यतिबेला महात्मा गान्धीले हातहतियार सहितको क्षतबिक्षतको लडाई नलडेर शान्तिपूर्ण  लडाई लडन् सिकाए । यो पनि उनको अंग्रेज तर्फबाट भारतीय जनताको नृशंश हत्या भएको देखेर सकभर त्यस्तो नहोस भन्ने चाहना थियो,  यद्यपी त्यसो भनिए पनि उनको अर्को आशय चाँही अंग्रेज पक्षको पनि ठुलो नोक्सान नहोस भन्ने बुझ्न असजिलो छैन । जे होस यसको श्रेय उनलाई जान्छ । तर अर्काे पक्षको भनाई के छ भने इर्टंको जवाफ पत्थरले दिनपुर्छ  भन्ने । तर यसरी जवाफ दिंदा जसलाई जवाफ दिन खोजिएको हो उ चाँही उम्कने र निरिह, निर्दाेष जनताको हत्या हुने अवस्था हुन्छ । जसरी रामायणको कथामा रावणको शक्ति र सम्पत्तिको अहं र स्त्रीलिप्साका कारण हजारौं लंकाली जनताले ज्यान गुमाए । राजा वलीको हत्या भयो । न्याय र अन्यायको फैसला गर्ने अधिकार हामीलाई नभए पनि बली राजाको हत्यामा न्याय भएको देिखदैन । किन भने हनुमानलाइ हनुमानकै ठाँउमा राखेर रामचन्द्र बली राजाकहाँ गएर आफ्नो त्यहाँ आउनुको उद्धेश्य बताएको भए डिप्लोमेटिक ढंगले राजा बलीले पनि सिता खोज्न सघाउने थिए । सायद लंकामा त्यति धेरै नरहत्या हुने थिएन ।  त्यसरी नै सद्दाम हुसेनको पद र शक्तिको अहं, ओसामा बिन लादेनको सम्पत्ति र शक्तिको अहं र जर्ज बुशको राज्य शक्तिको अहंले आज विश्वलाई आतंकित बनाएको छ । लडाइका पक्ष बिपक्षले सर्वसाधारण जनतामाथि शक्तिको दुरुपयोग गरेर रगतको खोलो बगाएका छन् । यदि उनिहरुले यी इतिहाँसबाट सिकेर डिप्लोमेटिक उपायबाट समस्या समाधान तर्फ नलागेमा  उनीहरुलाई भविष्यले माफी दिने छैन ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *