राष्ट्रिय अस्मितामा गम्भीर आघात !

–भीम रावल
असामान्य अवस्था
देशमा जनप्रतिधि संस्था छैन, निर्वाचनको टुंगो छैन, बजेट चार महिने काम चलाउ र सरकार ठेगान नभएको काम चलाउ मात्र छ । संविधान नै अन्तरिम छ । शान्ति प्रक्रिया पूरा भएको छैन । नयाँ संविधान निर्माण कार्य अवरुद्ध भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तहरु छैनन्, कार्यवाहक प्रमुख आयुक्तबाट काम चलिरहेको निर्वाचन आयोग केही समय पछि आयुक्तविहीन बन्दै छ । लोकसेवा आयोगमा अध्यक्ष नभएको धेरै भइसक्यो । सर्वोच्च अदालतका न्यायाधीशहरु मध्ये कतिको पदावधि छिटै समाप्त हुँदैछ । स्थानीय निकायको निर्वाचन नभएर जनता जनप्रतिनिधि विहीन भएको झण्डै १५ वर्ष भइसक्यो । विदेश सम्बन्ध कूटनीतिक मान्यता र मर्यादाको बाटोबाट विचलित हुँदै गइरहेको छ । राज्यका प्रत्येक निकाय र अंगहरु दिनप्रतिदिन कमजोर, निरिह र दिशाहीन बन्दै गइरहेका छन् । Continue reading

मुठभेड र द्वन्द्वको कुचक्र कस्को लागि ?

–भीम रावल
द्वन्द्व कस्को हितमा?
राज्य र सरकार संचालन गर्नेहरुको पहिलो दायित्व देशको अस्मिताको रक्षा गर्दै जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउनु हो । समाजमा उत्पन्न हुने अन्तरविरोध र राजनीतिक मतभेदहरुलाई व्यवस्थापन गरेर आर्थिक समृद्धिबाट जनताको जीवन सुखमय बनाउन हरसम्भव प्रयास गर्नु सरकारको कर्तब्य हो । तर बिडम्बना, नेपालमा एनेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारले प्रधानमन्त्रीको सरकारी निवासबाट आफुसंग असहत राजनीतिक दलहरुको ‘भण्डाफोर’ गर्दै जनताबाट ‘विस्थापित गर्न’ ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ को घोषणा गरेको छ । विस्तृत शान्ति सम्झौता र त्यसपछिका अनेकौं सहमति तथा २०६८ साल कार्तिकमा गरिएको सात बुँदे, २०६९ साल वैशाखमा भएको पाँच बुँदे र जेठ २ गते गरिएको महत्वपूर्ण सहमतिलाई लत्याउँदै देशमा मुठभेड र द्वन्द्वको अर्को श्रृंखला शुरु गर्ने दुस्प्रयास गरिएको छ । Continue reading

ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?

Greece Olympia

– शशी पौडेल
ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो ।
ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल बेलायतको राजधानी लण्डनमा यही जुलाइ र अगस्तमा हुन गैरहेको छ । Continue reading

एड मिलिल्याण्डलाई खुला पत्र

– शशी पौडेल
लेबर पार्टीको महाअधिवेशनबाट पार्टी नेताको पदमा विजयी भएकोमा बधाई ।
पार्टी नेताको उम्मेदवारको रुपमा प्रचारप्रसार क्रममा तिमीले आफुलाई परिवर्तनको उम्मेद्वार भनेर घोषणा ग¥यौं । तिमीले नया“ लेबर पार्टी अब नया“ पुस्ताले जिम्मा लिइएको छ भन्यौं । त्यतीबेला लाग्यो, कुरा ठिकै ग¥यौं होला परिवर्तन हुन्छकी भन्ने आशा हर बेलायतीले गरेका थिए, तर यी सबै कुरा विश्वास गर्न निर्वाचन प्रचार गर्ने क्रममा भाषण गरेर मात्रै पुग्दैन । सत्य कुरा के हो भने टोनी बेल्यरको पालादेखि पार्टी प“ुजीवादतिर लम्केको हो । पार्टी पुनः समाजवादी प्रजातन्त्र तर्फ फर्किन हचुवा भाषणले मात्र प्रयाप्त छैन । तिमीले आफ्नो प्रतिवद्धता भाषणमा पनि प्रयाप्त विश्वास दिलाउन सकेनौं कि भन्ने मेरो विश्वास रहेको छ । निर्वाचन प्रचार क्रममा तिमीहरु दुई भाई, दुई ध्रुव भएर सिंग जुधाएको देखे पछि मलाई लेबर पार्टी भित्र गहिरिन मन लाग्यो । खोज्दै जाने क्रममा तिमीहरुको पार्टी १९१८ मा प्रतिपादित घोषणा पत्र हातमा प¥यो । सिडनी वेबले प्रस्तुत गरेको र लेबर पार्टीले १९१८ मा स्वीकार गरेको घोषणा पत्रको चौथो बु“दामा लेबर पार्टीको मुल उद्देश्य यसरी प्रस्तुत गरिएको रहेछ । Continue reading

अमेरिका यात्राको उपलव्धी ?

  • शशी पौडेल

हुन त बेलायतमा हामी नेपालीहरुका लागि राजनीति भनेको सुत्दा घुर्नुसरह बाहेक अन्य हुने छैन । हरेक हप्ता ढोका भित्र खुत्रुक्क छिर्ने पत्रिकाको लिफामा खोलेर बाहिर झिकेर हेर्नुको एउटै मात्र कारण प्रायः हुन सक्छ । हाम्रा सयभन्दा बढी बेलायतमा रहेका संगठनहरु मध्य  कसले कहाँ के गरे भनेर हेर्ने । तर राजनीतिको जकेट  भिर्ने जमर्को गरेकाहरुका लागि भने गत हप्ता साँचो अर्थमा निराशाजनक वितेको हुनुपर्छ । Continue reading

सत्तासिनवीच खैलाबैला

शशी पौडेल

खै त त्यो खुसी ?

बेलायतमा गत मइ महिनाको पहिलो हप्ता सम्पन्न स्थानीय निर्वाचनको परिणमले सत्तामा बसिरहेका दुबै पर्टीहरु कन्जरभेटिभ र लिवरल डेमोक्रेटिक पार्टी भित्र खैलाबैला परेको छ । निर्बाचनको परिणाम प्रतिशतको आधारमा सवभन्दा बढी लिवडेम पराजीत भएको छ भने मिलीजुलि सरकारको दाजूको भूमिका निर्बाह गर्दैै आएको कन्जरभेटिभ पार्टी पनि कम पराजय भएन । Continue reading

तिब्बत आन्दोलनलाई हेर्ने आ“खा वहुआयामिक हुनुपर्छ

शशी पौडेल
वुद्ध धर्मका धर्मगुरु दलाइ लामालाई अमेरिकी एंव पश्चिमेली शक्तिहरुले तिब्बतको सिमित घेरा भित्रको चीन विरोधी राजनीतिमा सक्रीय गराउदै आए । दलाई लामालाई मात्र तिव्वतको नेता बनाई चीन विरोधी राजनीतिमा सक्रीय गराउनु उनको अपमान हो । उनी त अलास्का देखि दक्षिण अफ्रिका सम्म र जापान देखि अष्ट्रेलिया सम्म, समग्र विश्वमा बस्ने रहने मानव जातीका आदर पुरुष हुन् र विश्वमा छरिएर रहेका वुद्ध धर्मावलम्वीहरुका धर्म गुरु हुन् । गत बर्ष देखि वल्ल दलाई लामाले आफ्नो जिम्मेवारी तिव्वतको मात्र नभै समग्र विश्वको हो भन्ने बुझेको अनुभूति भएको छ । अव उनले चीन विरोधी राजनीतिक जिम्मेवारी आपूmले नलिने निर्णय गरेका छन् । Continue reading

अन्याएका बिरुद्ध जुध्नु प्राणी जगतको मनोबिज्ञान हो

शशी पौडेल
संसारको राजनितीक एवं सामाजिक परिवर्तनमा बिशेष गरेर बिद्यार्थी वर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । त्यस पछि मजदूर र किसान बर्ग । कुनै पनि काम एउटा बर्गले शूरु नगरे सम्म अगाडी बढ्दैन । राजनितीक एवं सामाजिक परिवर्तनका निम्ति गरिने आन्दोलन प्रायजसो बिद्यार्थी वर्गबाटै शूरु भएको पाइन्छ । यदि सामाजिक यथार्थताका गतिमान तरंग बुझ्ने शासकहरुले शासन गरेको खण्डमा जोसुकैबाट शुरु गरिएको भएपनि आन्दोलनहरु कामयाव हुन्छन् । तर यदि शासकहरु दृष्टिबिहिन भैदिए भने आन्दोलन, संघर्ष वा बिद्रोहले कुनै माने राख्दैन । बरु नरसंहार हुने सम्भावनाहरु रहन्छ त्यसैले आन्दोलनकारीहरु आफू शहीद हुन सक्ने मनोेबिज्ञानले समेत प्रेरित भएको हुनु पर्दछ । Continue reading

२५५६ औं बुद्ध जयन्ती

Gautam Buddha-शशी पौडेल

‘जसले मेरो शरीरलाई चिन्दछ, त्यसले मलाई चिन्दैन । जसले मेरो सिद्धान्त अथवा शिक्षालाई चिन्दछ, उसले नै मलाई चिन्दछ ।’ उक्त कुरा गौतम बुद्धले निर्वाणका बेला आफ्ना शिष्य भिक्षुहरुलाई भनेका हुन् । यसै प्रसंगमा बुद्धले एउटा अर्को कुरा थपेको पाइन्छ । ‘शरीरलाई पात्र मानौं र यसलाई ज्ञानले भरे पछि बुद्ध भयो ।’ Continue reading

विवादित एनएचएस रिर्फम

 – शशि पौडेल

बेलायती वर्तमान सरकारका संशोधन नवीकरण एवं पुनः निर्माण गर्ने कार्यक्रमहरुमध्ये सबैभन्दा विवादित रहेको राष्ट्रिय स्वास्थ्य सेवाको संशोधन गर्ने प्रस्तावमाथि प्रधानमन्त्री डेविड क्यामरुनले अन्ततः टिप्पणी गरेका छन् । हुनत राष्ट्रिय स्वास्थ्य सेवालाई संशोधन गर्नुपर्छ भन्ने प्रस्ताव झण्डै २५ वर्षअघि पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको पालादेखि आएको हो र लेडी थ्याचरले नै यसको प्राइभेटाइजेसन सुरु गरेकी थिइन् । थ्याचरपछिको कन्जरभेटिभ पार्टीको नेतृत्वमा गठित सरकार जोन मेजरको पालामा यसलाई निरन्तरता दिइए पनि थ्याचरको योजनाअनुरुप प्रस्तावित सुधार अगाडि बढ्न सकेन । Continue reading