६० बर्ष यताको ठूलो खाद्य संकट

शशी पौडेल
अफ्रिकाका विभिन्न मुलुकहरुमा गत केही दिन देखि दर्जनौं वच्चाहरुको भोकमरीबाट मृत्यु भएको समाचार प्रकाशमा आएको छ । संयुक्त राष्ट्र संघका अनुसार अफ्रिकाका विभिन्न शरणार्थी क्याम्पमा खासगरी  बाल मृत्युदर बढेको जनाएको छ । लगभग एघार मिलियन महिला एंव पुरुषहरु अहिले विश्वका विभिन्न शरणार्थी क्याम्पमा पुग्नुपर्ने अवस्थामा रहेका छन् ।
यसरी एकठाउ“बाट अर्को ठाउ“मा शरणार्थी हुनजाने क्रममा समेत लामो पैदल यात्रा गर्नुपर्ने र पैदल यात्रामा खाद्य पदार्थ प्राप्त नहुदा हुने मृत्युमा समेत वृद्धी भएको संयुक्त राष्ट्र संघ मानवअधिकार एंव शरणार्थी शाखाले बताएको छ ।
केही समय पहिले अफ्रिकामा खासगरी बालवच्चाहरुको ठूलो तान्निएको पेट र ठूलाठूला  आ“खा भएको देखिन्थ्यो । उक्त दृश्यबाट ती वालवच्चाहरु भोखले अत्तालिएका छन् भन्ने सहजै बुझ्न सकिन्थ्यो । तर यताका दिनहरुमा भने तीनै मुलुकहरुमा बावुआमाले आफ्नो पेटलाई डोरीले बाधेर अलि अलि भएको खाना आफ्ना वालवच्चालाई दिन थालेका छन् । जसका कारण अर्को समस्या उत्पन्न भएको कुरा एक्सन एडले बताएको छ । एक्सन एडका अनुसार वावुआमाले प्रतिदिन पेटको डोरी कस्दै जाने र केही भएको वालवच्चाहरुलाई मात्र खान दिदा आमाबावुको मृत्यु भै वच्चालाई हेर्ने, स्याहार्ने व्यक्ति नहुदा वच्चाहरुको पनि पछि मृत्यु हुने गरेको बताउछ ।
२०१० को तुलनामा यसबर्ष सम्पूर्ण प्रकारका खाद्यवस्तुको मूल्य १५ प्रतिशत देखि २०० प्रतिशत सम्म वृद्धि भएको छ । अझ कतिपय स्थानमा त खाद्यवस्तु महंगो मूल्यमा समेत उपलब्ध नभएबाट भोकमरी आएको संयुक्त राष्ट्र संघको एक रिपोर्टमा जनाइएको छ । एक रिपोर्टकाा अनुसार  गतवर्ष वंगलादेशमा एक कामदार खाना किन्ने पैसा नभएकाले पेटमा इट्टा राखेर सुतिरहेको बेला एक पुलको मुनी मृत्यु भएको समाचार प्रकाशमा आएको थियो ।
त्यस्तै एक्सन एडले भोकका कारणले जीवन मृत्युसंग संघर्ष गरिरहेकी एक महिलाको प्रसंगमा भन्छ–तिनले हरेक दिन डोरी आफ्नो पेटमा बा“धेर सुत्ने गर्थिन् । पेटमा डोरी कसेर सुत्नुको अर्थ भोक महसुुस नहोस् भनेर हो । तर केही दिन पछि उनी मरिन् ।
यो बर्ष युनिसेफले विश्वमा सवभन्दा ठूलो मानवीय संकट आईपरेको बताएको छ । विगत ६० बर्षयताको अहिलेको यो खाद्यसंकट सबभन्दा ठूलो रहेको छ । यसो हुनुको मुख्य कारण खाद्य उत्पादनमा ह्रास आएकोले हो । अफ्रिकाको सोमालियामा लगभग तीन मिलियन जनसंख्या खाद्य पदार्थ वाह्य सहयोगमा निर्भर छन् भने इथियोपियामा लगभग साढे चार मिलियन जनसंख्या भोकभरीको मारमा रहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार त्यसमध्य साढेतीन मिलियन जनसंख्याको भोकबाट मृत्यु हुनसक्ने वताइएको छ । इथियोपियाको सेभ द चिल्ड्रेन भन्छ अहिलेको यो भुखभरी विश्वमा देखा परेको सबभन्दा नराम्रो संकट मध्यको एक हो । जुन विश्वमा लामो समय देखि थिएन ।

Bookmark the permalink.

One Response to ६० बर्ष यताको ठूलो खाद्य संकट

Leave a Reply

Your email address will not be published. Required fields are marked *