साँच्ची भन्ने हो भने यी खेलाडी हिरोइन हुन्

सउदी अरबले पहिलो पटक ओलम्पीकमा भाग लिन दुइ महिला खेलाडीलाइ पठाएको थियो, उनिहरुलाइ राज्य स्तर र सामाजिक सतरमा नै सम्मान गरिनु पथ्र्यो तर त्यसो हुन सकेन । सम्मानको बदला उनिहरुले त्यहाँ अपमान खेपीरहेका छन् । एक समाचारका अनुसार ’ ओलम्पिकमा सहभागी भएलगत्तै ओलम्पीक दुइ महिला खेलाडीहरु   आलोचनाको पात्र बनेका छन् र  मानिसहरू उनीहरूलाई ‘ओलम्पिक खेलकुदका वेश्या’ भनिरहेका छन् ।

यसअघिका ओलम्पिक खेलकुद संस्करणमा साउदी अरबले कहिले पनि महिला खेलाडी भाग लिन नपठाएको पृष्ठभूमिमा ती दुवै खेलाडीको सहभागिता मात्रै पनि विश्वव्यापीरूपमा चर्चाको विषय बन्यो । उनीहरूले प्रतिस्पर्धा गरेका हरेक क्षणका तस्बिर विश्वभरका अखबारमा छापिए । तर साउदी अरबभित्रै रहेका मिडियाले भने यी खेलाडीलाई वास्ता नगरेको पाइएको छ ।
साउदी अरबले जुडो खेलाडी वोज्दान सहकार्नी र ८०० मिटरमा धाविका सारा अत्तरलाई लन्डन ओलम्पिक खेलकुदमा पठाएको थियो । सहकार्नी पहिलोचरणमै पराजित भइन् भने अत्तरले हिटचरणमा अन्तिम स्थान हासिल गरेकी थिइन् ।समाचारश्रोत एजेन्सीका  अनुसार  ‘यिनीहरूका बारेमा लेख्ने हामी मात्र हौँ,’ अंग्रेजी भाषाको पत्रिका साउदी गजेटका सम्पादक हाहेल्द अल माइनाले भने, ‘साँच्ची भन्ने हो भने यी खेलाडी हिरोइन हुन् । राज्यले तारिफ गर्नुपर्छ । तर, दुर्भाग्य † अरू मानिस (सञ्चारमाध्यम) सहमत नै छैनन् ।’ ओलम्पिकमा सहभागी भएलगत्तै यी दुवै खेलाडीको आलोचना गर्दै मानिसहरू उनीहरूलाई ‘ओलम्पिक खेलकुदका वेश्या’ भनिरहेका छन् ।
यसैकारण सहकार्नीका बुबाले साउदी अरबका आन्तरिक मन्त्रीसँग भेट गर्दै आफ्नी छोरीलाई त्यस्तो दुव्र्यवहार गर्नेविरुद्ध कारबाही गर्न माग गरेका छन् । साउदी अरबमा महिलाविरुद्ध दुव्र्यवहार गर्नेलाई १०० कोर्रा हान्नेसम्मको सजाय व्यवस्था छ । दुवै खेलाडी छनोटमा असफल भएपछि उनीहरूलाई वाइल्ड कार्डमार्फत सहभागी गराइएको थियो । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको दबाबपछि साउदी अरबले अन्तिम समयमा लन्डन ओलम्पिक खेलकुदमा महिला खेलाडी पठाएको थियो । साउदी अरबमा महिलाका सम्बन्धमा कठोर कानुन छ । त्यसैले पनि लन्डन ओलम्पिकमा साउदी अरबले महिला खेलाडी पठाएको विषय पनि शंकास्पदरूपमा हेरिएको छ । ‘साउदी अरबलाई एउटै मात्र डर थियो– महिला खेलाडीका कारण सहभागितामा प्रतिबन्ध नहोस् । यसैका लागि उनीहरूले यसो गरेका हुन् ।’ माइना भन्छन, ‘म स्वतन्त्र प्रेसमा विश्वास गर्छु तर यहाँ त्यस्तो केही पाइँदैन र पाइएको छैन जुन स्वतन्त्र प्रेसमा हामी अनुभव गर्छौं ।’ यसपटक साउदी अरब बाहेक कतार र ब्रुनाईले पनि ओलम्पिक्समा महिला खेलाडी पठाएका थिए । यस अर्थमा यी दुइ महिला खेलाडीहरुको सुरक्षको प्रश्न समेत खडा भएको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *