“समाचार” बन्द – बाप सेर तो बेटा सवासेर

एनेकपा माओबादीका अध्यक्ष प्रचण्डलाइ अहिले उपरोक्त अनुभूती भैरहेको हुनु पर्छ । उनले देनिक पत्रिका समाचारका, प्रधानसम्पादक तथा वाइसिएलका उपत्यका सह–इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखालाइ दिएको एक करोड रुपियाँ प्रचण्डले मेसोनै नपाइ हजम भएको छ ।  किम कर्तब्यबिमुढ भएका प्रचण्डले एक दिन ‘पत्रिकामा पैसा हाल्यो, अन्तिममा केही न केही, बालुवामा पानी हाले जस्तो ।’ भन्दै लेघ्रो तानेछन् । यसरी माओवादी अध्यक्ष प्रचण्डले ओठ लेप्य्राएको भोलिपल्टै उनी निकटको दैनिक पत्रिका ‘समाचार’ बजारमा आउन छाडेको छ ।

‘सर्पलाई दूध खुवाएर पालेजस्तो रहेछ’ भन्दै सरापेको भोलिपल्ट पत्रिका बन्द हुनुको कारण प्रचण्डको अभिब्यक्तिनै थियो भन्ने कुरा भने दैनिक पत्रिका ‘समाचार’ का सम्पादक निर्मल ज्ञवाली स्विकार्दैनन् । बरु, पार्टीसम्बद्ध केही पत्रकारको नराम्रो नजर पर्दा आफूहरू रेटानमा परेको उनले स्वीकार्छन् । हुन पनि, ताम्सालिङ इन्चार्ज अग्निप्रसाद सापकोटाले क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा पहिला महिमाबाट अलग्गिएका बलराम थापा, पुत्र दीपक सापकोटा सहितको टिम बनाउने तयारी गरेका थिए । यसबीच, प्रधानसम्पादक तथा वाइसिएलका उपत्यका सह–इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले पत्रिका प्रकाशनपूर्व प्रचण्डबाट लगेको एक करोडको हिसाब नदिएको आरोप हेडक्वार्टरले उनीहरूमाथि लगाएको छ ।
उनीहरू त्यसअघि ‘लालरक्षक मासिक’ निकाल्थे । पहिला बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य र अहिले पार्टी पोलिटब्युरो सदस्य हरिबोल गजुरेलका पिए रमेश गुरागाइंको नाममा दर्ता रहेको ‘समाचार’ को टिमसहित शरद्, सरल सहयात्रीलगायतले भृकुटीमण्डप प्लेनममा लडाकुको रकममा हेडक्वार्टरले भ्रष्टाचार गरेको कुरा उठाएकोलाई हेडक्वार्टर (प्रचण्ड) ले अर्को अर्थमा बुझेको माओवादीस्रोतले जनाएको छ । ‘उनीहरूले पहिला समग्रमा कुरा उठाए, तर अन्तिममा प्रचण्डले खाएको पैसा देखाऊ भनेर बार्गेनिङ गरे’
प्रचण्डको बुझाई सुनाउंदै स्रोतले भन्यो, ‘यसपछि यो बालुवामा पानी हालेबाहेक केही रहेनछ भन्ने भयो ।’ शरद्लाई हेडक्वार्टरमा बसेका लडाकुको पैसा खाएको र सरलले चन्दन तस्करी गरेको आरोप हेडक्वार्टरले लगाउंदै आएको छ । तर यसको पुष्टि भने भएको छैन । स्रोतका अनुसार प्रचण्डका निकटस्थ मानिने अग्निले योजनामा सफल नभएपछि ‘लेख्ने ढंग नभएकालाई कसरी पैसा र पत्रिका जिम्मा लाउने ’ भन्दै प्रचण्डलाई उकासेका थिए ।
प्रचण्डले पनि ‘बरु एबिसीले राम्रो ग¥यो । त्यसलाई एक करोड पनि दिएको होइन । तर, पत्रिकामा हालेको पैसा बालुवामा पानी हालेजस्तो भयो’ भन्दै अग्नीको कुरामा समर्थन जनाएका थिए । आफुले पैसा लगानी गर्नु भन्दा कान्तिपुर सहितका सबै मेडियालाई तर्साएर मिडिया हाउसहरु ठीक पार्ने रणनीति नै हालका लागि उपयुक्त हुने आशय प्रचण्डले व्यक्त गरेको स्रोत बताउंछ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *