संबाद

कवियत्री आचार्य प्रभा

लौ !  अब त साम्य भो होला भनेर चुप लागेकी त फेरी पो झन् के ‘ के सुनिन्छ बा !!!!!!!! अब नलेखी भो त हामी लाटा कलमकर्मीले ??????????  यो इेमेलको देन रह्यो यो गजल उमार्न ।मेरो काम त लेख्ने मात्र ।  मलाई झगडामा फँस्नु छैन । अनेसासको हित सम्झने बस । इेमेल जे देखेँ, देख्नसाथ यस्तै लेखेँ एउटा गजल ।

– आचार्य प्रभा

टाउकेहरु लड्दै गर्छन् ,हामी लेख्न छाड्दैनौं
गिद्दे आँखा ढुकुटीमा हामी कैल्यै गाड्दैनौँ । 

ऐलेसम्म हामी भने अन्धोसरी रहेछौं
सोझा हामी साहित्यलाई कहिले नि भाँड्दैनौँ ।

साहित्य नै सिरिखुरी सम्पत्ति थ्यो लेखकको
साहित्यको इेतिहास बिद्रोही भइे फाड्दैनौँ ।

लेखन धर्म नछाडी नै हामी अघी बढ्नेछौं
साहित्यको मह पनि लोभी बनी काड्दैनौँ ।

सच्चा मन लगाएर ऐलेसम्म लेखियो
चाकरी र चाप्लुसीमा हामी हात माड्दैनौँ ।

रचना जुलाइे १७/ १२

Bookmark the permalink.

4 Responses to संबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *