शेरको भारतमा मेजमानी, शुशिल र राच चिन्तित

यसै पनि नेपाली कांग्रेस भित्र देखिएका तीन गुट मध्यको एउटा गुटका नेतालाइ भारतले निम्त्याउदा अर्को गुट ससंकित हुनु स्वाभाबिकै हो ।  कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाको भारत भ्रमणलाई लिएर पार्टी सभापति सुशिल कोइराला र उपसभापति रामचन्द्र पौडेल संशकित भएको समाचार कान्तिपुरले खुलासा गरेको छ  । ६ दिने भ्रमणमा आइतबार त्यसतर्फ प्रस्थान गरेका देउवालाई भारत सरकारले उच्च स्थान दिनुका पछि भावी प्रधानमन्त्रीको रुपमा उभ्याउन सक्ने संभावनाबाट कोइराला र पौडेल संशिकत बन्न पुगेका हुन् ।  भारतको इसारामा नाच्न नचाहेकै कारण  कोइराला र पौडेल नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार बनाइएर पनि प्रधानमन्त्री हुन नसकेको बुझाई पार्टीभित्र छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको तुलनामा देउवाको भ्रमणलाई बढी महत्व दिनुको पछि पनि भारतले भविष्यमा प्रधानमन्त्रीका रुपमा “एक्सपोज” गर्न खोजेको चिसो कोइराला र पौडेललाई परेको छ । जुन स्वाभाबिकै पनि हो । हिजो कार्टर सेन्टरका नजिक रहेका शेर बहादुर देउवा अहिले कति छिटो भारतको पुरा खान पुगे । नेपाली राजनितीको बिडम्बना यो पनि हो ।  “अहिले जुन प्राथमिकताका साथ देउवाजीलाई भ्रमणमा बोलाएको छ, यो सभापतिलाई मात्रै नभएर कोइराला परिवारलाई अपमान गर्न खोजिएको हो” भारत मामिलाका जानकार समेत रहेका कोइराला निकट एक केन्द्रीय सदस्यको हवाला दिदै कान्तिपुरले लेख्दछ “भारतले बोलाउन नखोजेकै भन्ने त होइन । तर,  कोइरालाले दक्षिण छिमिकीलाई चित्त बुझाउन सक्नु भएन । त्यसैको परिणाम अहिले भारतले देखाईदिएको हो ।”  सभापति निर्वाचित भएपछि भारतसंगको सम्वन्ध सुमधुर बनाउने प्रयास कोइरालाले पनि नगरेका होइनन् । सभापति भएपछिको पहिलो भ्रमणमा कोइरालालाई पनि भारत सरकारले यस्तै उच्च स्थान दिएको थियो । तर, कोइराला संघियताको मुद्दामा भारतसंग एकमत हुन सकेनन् । खासगी वीरगंजमा भारतीय कन्सुलर एसडी मेहताले एक मधेश एक प्रदेशको पक्षमा दिएको अभिव्यक्तीप्रति कोइरालाले खेद व्यक्त गरेका हुन् । जसबाट भारत बढीनै चिढियो ।

यो पनि हेर्नुहोस्  https://www.theglobal.co.uk/2012/09/1410

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *