राष्ट्रिय मुस्लिम आयोगद्धारा हड्ताल नगर्न आग्रह

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष मोहम्मद निर्दाश अलिले एक बक्तब्य जारी गरी मुस्लिम समुदायको महत्वपुर्ण पर्व रमजान भरी विभिन्न संघ–संस्था, नागरिक समाज, राजनितीक दलका भातृ संगठनहरुलाई वन्द हड्ताल चक्काजाम नगर्न अपिल गरेको छ ।

राष्ट्रिय मुस्लिम आयोगद्धारा प्रेसित अपीलमा भनिएको छ ।
नेपालीहरुमा वहुजातिय, वहुभाषिक र विभिन्न धर्म मान्नेहरुको आ–आफ्नै रितीरिवाज, रहन–सहन परम्पराहरु तथा धार्मिक मुल्य र मान्यताहरु छन । त्यसैले नेपाललाई वहुजाति, वहुभाषिक र वहु धार्मिक मुलुक हो भनेर विश्वमा चिनाउन पाइएका छौ । परापुर्व कालदेखीनै विभिन्न धर्मालम्विहरु आपसी धार्मिक सहिष्णुता कायम राखी आफ्ना धार्मिक मान्यताहरुलाई आत्मसाथ गर्दै आएका छन ।
मुस्लिम समुदाय तथा इस्लाम धर्मालम्विहरुको महान पर्व रमजान चलिरहेको छ । श्रावण ७ गते देखी शुरु भएको यो पर्व भदौ ७ गते सम्म धुमधामका साथ मनाईन्छ । रमजान , इदुल फितरको उपलक्ष्यमा सम्पुर्ण मुस्लिम समुदाय, नेपाली आमावुवा दिदी वहिनीहरुमा राष्ट्यि मुस्लिम आयोगको तर्फवाट इद मुवारक (शुभकामना) व्यक्त गर्न चाहन्छु ।
मुस्लिम जनसमुदाय एवं सम्पुर्ण नेपाली जनसमुदायहरुमा सुःख, शान्ति, संमृद्धि एवं उत्तोरत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछु । विदितै छ राष्ट्रिय मुस्लिम आयोग मुस्लिम समुदायको भाषा, धर्म, संस्कृति, रहनसहन एंव अन्य अवस्थाका बारेमा स्पष्ट पार्दै आवश्यक निति नियम निर्माण प्रकृयामा सहयोग पुग्ने र पु¥याउने सोचमा साथ गठन भएको हो ।
मुस्लिम समुदायको महत्वपुर्ण पर्वमा विभिन्न संघ–संस्था, नागरिक समाज, राजनितीक दलका भातृ संगठनहरुलाई वन्द हड्ताल चक्काजान नगरिदिनुभई सहयोग गरिदिनु हुन आयोग अपिल गर्दछ । साथै यो पर्वले धार्मीक एकता सद्भाव तथा विभिन्न धर्मालम्वीहरुमा धार्मिक, सामाजिक, राजनैतिक एवं राष्ट्यि भावनामा सम्मुनत उन्नती गर्नेछ , कामना गर्दछु ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *