यो मैले मेरो मनमै राख्ने कुरा हो

-शशी पौडेल
काम गर्ने दौरानमा कमी कमजोरीहरु हुनु कसैको लागि पनि कुनै अस्वाभाविक कुरा होईन । तर कहिलेकाहीँ नीति, नियम र कानुनको पूर्ण अवलम्वन गर्दै इमान्दारीपूर्वक काम गर्दा पनि पाइने अनायसको अपजसले मन कुडिएर आउँदो रहेछ ।
उक्त कुरा चार बर्षदेखि बेलायतमा नेपालको तर्फबाट कुटनीतिक नियोगमा उप नियोग प्रमुख अर्थात दोस्रो वरियताका व्यक्तिका रुपमा कार्यरत झविन्द्र अर्यालले एक प्रंसगमा भनेका हुन् । हुन त उनी यी चार बर्षमा झण्डै आधा जसो समय कार्यवाहक राजदूत भएरै चलाए । एक अध्ययनशील, सहयागी, मृदुभाषी झविन्द्र बेलायवासी नेपालीहरुका माझ लोकप्रिय र सुपरिचित छन् ।
नेपालको परराष्ट्र मन्त्रलयमा कुटनीतिक अधिकृतको रुपमा बि. सं. २०४५ सालमा प्रवेश गरी साउदी अरेबीया, बेल्जियम र बेलायत गरी एक दशक भन्दा बढी समय कुटनीतिक नियोगमा काम गरिसकेका झविन्द्रले साउदी अरबको एउटा घटना कुनै प्रसंग चल्दा दोह¥याउन मन पराउछन् । उनले घटना यसरी शुरु गर्दछन्– घटना यस्तै १९९५ को अन्त तिरको हो । म साउदी अरेबियामा कार्यरत थिएँ । साउदी अरेबियामा काम गर्न जाने नेपालीहरुको सँख्यामा दिनानुदिन बृद्घि भैरहेको थियो । एकदिन अचानक त्यहा“को सरिया उच्च अदालत (पुनरावेदन तह) बाट राजदूतावास कार्यालयको प्रतिनिधिलाई बोलावट आयो  । एकजना रोल्पा घर भएका अत्यन्त सिधा बुढामगर नाम गरेका व्यक्ति लागू पदार्थको केशमा पक्राउ परी अनुसन्धान र तल्लो तहको अदालतबाट मृत्यदण्डको सजाय पाएका रहेछन् । उनी छुट्टीमा नेपाल घर गएका बेला हात काटेछन् र त्यो काटेको घाउमा गा“जाको पात मिचेर लगाएर रगत बसाएका रहेछन् । अनि उनले अलिकति पात आफ्नो पर्समा राखेका रहेछन् । त्यो पर्स सहित उनी साउदी अरेयिबा आई पुगेछन् । साउदीमा उनलाई गा“जा ओसार पसार गर्ने भनेर पक्डेछन् र सुनुवाई हुदै जाँदा मृत्यु दण्डको सजाय सुनाएछन् । मृत्युदण्डको सजाय सुनाए पछि मृत्युदण्डको फैसला अनुमोदन गरी कार्यान्वयन गर्ने पुनरावेदन अदालतको न्यायधिशलाई लागेमा सजाय दिनुभन्दा दुई दिन अघि पछिल्लो सोधपुछ गर्ने चलन रहेछ । ती बुढा मगरले आफ्नो बयान दिँदा हात काटेकोमा लगाउन औषधीको रुपमा गाँजा प्रयोग गरेको तर आपूmले पिउने पनि हैन र यो बेच्न पनि हैन भनी यथार्थ बयान दिएका रहेछन् । त्यही बयान अनुरुप मृत्युदण्डको अन्तिम घोषणा गर्ने न्यायधीशले मलाई सोध्यो– के तिमीहरुको मुलकमा गा“जा औषधीको रुपमा प्रयोग गर्ने गर्दछौं ? मलाई झ्वाट्टै यदि मैले हो भन्यो भने यसको ज्यान बचिहाल्छ कि भन्ने लाग्यो र मैले पनि हो भने । न्यायधीशले उसले दिएको बयान मलाई पढेर सुनायो । मैले पनि हो ठीक हो भने । मेरो त्यो भनाईले उसको भोली पल्ट हुने शीरच्छेदन गरी दिईने मृत्युदण्ड टर्यो र केही दिनपछि उसलाई घर पठाई दिए । सा“चो अर्थमा गा“जा त्यो काम लाग्छ भन्ने मलाई थाहा थिएन तर मैले यदि उसको बयानलाई सर्मथन गरे भने एउटा निरपराध युवा नेपालीको ज्यान अनाहकमा जानबाट बच्छ भन्ने लाग्यो । मलाई के पनि विश्वास लाग्यो भने यदि उसले व्यापार गर्ने भए आफ्नो पर्समा २÷४ वटा गा“जाको पात लिएर हिड्ने नै थिएन । यो उसले भनेको ठीक हुनु पर्छ भन्ने पूर्ण विश्वास पनि लाग्यो । मेरो एउटा बयानले कसैले ज्यान बचाउन पाएकोमा म आज पनि हर्षित छु ।
साउदी अरेबियामा र बेल्जियममा रह“दा राजदूत नारायण शम्शेर थापाको निकै प्रसंसा गर्न मन पराउछन् झविन्द्र । सब भन्दा मन नमिलेको र काम गर्न गाह्रो भएको राजदूत को हो नी भन्दा उनी यो मैले मेरो मनमै राख्ने कुरा हो सबैलाई सुनाउने कुरा हैन । त्यसमाथि पनि पत्रकारहरुलाई अरे बाबा यस्तो कुरा गर्न हुन्न भनेर तर्के ।
चार बर्ष बेलायत बस्दा मैले बेलायतवासीका लागि यो काम गरे भनेर गर्व गर्ने खालको काम के के भए ? उनी भन्दछन् मैले नियमित काम बाहेक अड्डामा सुचारु रुपले संचालन हुने गरी कम्यूनिकेशनको मितव्ययी एवं प्रभावकारी व्यवस्था गर्न सफल भए । यहा“ सम्म की दूतावासको टेलिफोन प्रणाली, वेवसाईट समेत व्यवस्थित थिएन म आउदा । तर अब कमसेकम टेलिफोनबाट, इन्टरनेटबाट एम्वेसीमा सहजै सम्पर्क गर्न सकिने, सेवा ग्राहीलाई आवश्यक पर्ने महत्वपूर्ण सवै सूचनाहरु (नागरिक वडापत्र तयार गरी) दूतावासको वेवसाईटमा राखी नियमित अद्यावधिक गर्ने व्यबस्था गरँे । नेपालमा सचिवसंग मैले नै कुरा गरेर सहमति र स्रोतको व्यवस्था गरी काम गर्न सफल भएँ । एम्वेसीको इन्फरमेशन अपडेट छ अहिले । अर्को महत्वपूर्ण कुरा मैले नेपाली कम्यूनिटीबाट जुन निरन्तर माया र सद्भाव पाएँ त्यसले मलाई के भन्छ भने मैले केही काम गरेको रहेछु र त्यो नै मेरो सवैभन्दा ठूलो कमाई हो वेलायत वस्दाको ।
२०१५ सालमा गुल्मी जिल्लाको एक विकट क्षेत्र सिर्सेनीमा जन्मेका झविन्द्रले काठमाण्डौंबाट वी.एल. (कानुन), वी. ए. (अर्थशास्त्र) एंव एम.ए. (राजनैतिक शास्त्र) सम्म गरेर सन् १९८९÷९० मा संयुक्त अधिराज्यको अक्सफोर्ड विश्वविद्यालयबाट डिप्लोमा ईन डिप्लोमेटिक स्टडिजको डिग्रि समेत हासिल गरेका छन् । जागीर खान उनले २०४२ सालमा शुरु गरेर तीनबर्षपछि उनी परराष्ट्र मन्त्रालयको शाखा अधिकृत बनेछन् । अक्सफोर्डको अध्ययन सकेपछि उनका आ“खा जेट विमानको शिट तिर पुगेछन् । पहिलो उडानले भने उनलाई प्रथम स्टप साउदी अरेबीयामा राख्यो र दोस्रो उडान बेल्जियम, जहा“ युरोपियन यूनियनको राजधानी रहेको छ । तेस्रो पटक उनी अलिटाढा बेलायती टापुमा । आफ्नो बेलायतको ४ वर्षे कार्यकाल सकेर १३ जुलाई २०११ मा नेपाल फर्के पछि फेरी पूर्व पश्चिम उत्तर दक्षिण कता लाग्ने हुन् उनलाई थाहा छैन रे ?

मेरो अध्ययन र जागिरे जीवनका केही क्षणहरु
                                                                                                                झविन्द्रप्रसाद अर्याल
                                                                                                                हालः परराष्ट्र मन्त्रालय
Buro 81 Nepalसमयको चक्र बिस्तारै घुमेजस्तो अनुभव भएतापनि, हामी ८१ जना साथीहरुले सेवा प्रवेश गरी एकै लर्को स्टाफ कलेजको तालिम लिएर बिभिन्न मन्त्रालय विभागतिर लागेको २४ वर्ष लागेको पाउँदा, यसको गति तीव्र नै रहेछ भन्ने महसुश भयो । बाल्यकालमा स्कूल जाँदा होस वा उच्चशिक्षा अध्ययन या जागिरको खोजी गर्दासम्म पनि भविष्यमा म के गर्छु वा के हुन्छु भन्ने एकिन गर्छु भन्नु शायद कसैको पनि वसको बिषय हुदैन जस्तो लाग्छ । यसको निक्र्यौल समय र प्रारव्धले गर्दो रहेछ ।
एक दिन निम्नमाध्यमिक बिद्यालयमा पढाउँदा मेरा एक जना शिक्षकले हामी सबै विद्यार्थीहरुलाई एक एक गरी तिमी ठूलो भएपछि के हुने बिचार छ भन भन्न थाल्नु भयो । धेरैले डाक्टर, इन्जिनियर हुने भने, केहीले साहू (व्यापारी) बन्ने भने अरुले थाहा छैन भने । मेरो जवाफ पनि त्यही पछिल्लो समूहमा परेको मलाई अहिले पनि ताजै सम्झनाछ । थाहा छैन भनेपनि मलाई त्यस प्रश्नले धेरै पछिसम्म पनि जवाफ खोज्न कर गर्दै रह्यो । म जन्मे हुर्केको तत्कालिन दुर्गम ग्रामिण परिवेशमा डाक्टर वा इन्जिनियर बन्ने भन्ने कुरा निकै ठूलो मानिन्थ्यो ।

एस एल सी पास गरेपछि काठमाडौमा कलेज भर्ना हुन आएँ । ती शिक्षकले सोधेको प्रश्न र अधिकांश साथीहरुले ठूलो मान्छे हुन डाक्टर, इन्जिनियर हुने भनेको बिषयमा मेरो पनि मन केन्द्रीत भयो । भर्नाको लागि लिईने परीक्षामा म चिकित्साशास्त्र, इन्जिनियरीङ्ग र बिज्ञान विषयमा मात्र सामेल भएको थिँं तर कुनैमा पनि मेरो नाम निस्केन र पछि नेपाल ल क्याम्पसमा भर्ना पाएर स्नातकसम्म कानुन पढेँ । अव मेरो स्वाभाविक ईच्छा थियो कानुन अधिकृत, सरकारी वकिल वा कानुनी अभ्यासबाट पछि वरिष्ट वकिल वा न्यायाधिश बन्ने । पढाई सकेपछि आफ्नै क्षेत्रमा अघिबढ्न खोज्ने चाहना हुनु आफ्नो ठाउँमा स्वाभाविकै भएपनि जीवन निर्वाहको लागि रोजगारी बाध्यात्मक आवश्यकता थियो । लोक सेवा आयोगले मलाई वकिल वा न्यायाधिशको मार्ग नभै कुटनैतिक बाटोतर्पm सोझ्याईदिएको त मेरा व्यूरो ८१ नेपालका संपूर्ण मित्रहरुलाई विदितै छ । यस अघि म नायव सुव्वाको पदमा ३ बर्ष काम गरीसकेको थिए ।
परराष्ट्र मन्त्रालयमा प्रवेश गरेपछि मैले हालसम्म करिव सबै महाशाखाहरुमा काम गर्नुको साथै नेपाली राजदूतावासहरु साउदी अरेवीया, बेल्जियम र संयुक्त अधिराज्य गरी ३ मुलुकहरु र त्यहाँबाट सहप्रमाणित भएका मुलुकहरुमा काम गर्ने अवसर पाएँ । वेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट एकवर्षे कूटनैतिक तालिमलिने अवसर पनि मैले पाएँ । यसबाट मैले के अनुभव गरेंभने मलाई कहींपनि आफ्नो कार्य सम्पादनमा असहजता, विषम भौगोलिक र सांस्कृतिक अवस्थाको असुविधा एवं कूटनैतिक दुनियाँमा घुलमिल हुनमा असहजताको महसुुस गर्नु परेन । त्यसैले समय र परिस्थितिले डोर्याएको बाटोलाई खुसिसाथ आत्मदेखिस्वीकार गरी यात्रा गरेमा कठीन मार्ग पनि स्वतः सहज बन्न जान्छ भन्ने मेरो आफ्नो व्यक्तिगत धारणा छ । ५० डिग्रीभन्दा पनि बढि तापक्रम हुने साउदी अरेवियाको बिशाल मरुभूमि जहाँ घरबाट बाहिर निस्कदा हरेक महिलाले बुर्का लगाउनु पर्छ, धर्म, संस्कृति र भाषा बिछट्टै फरक छ, मनोरन्जन र आमोद प्रमोदको कमै व्यबस्था छ, यस्तो ठांउँको बसाई सहजै अनुमान गर्न सकिन्छ ।
तर म र मेरो परिवारको कुनै पनि प्रकारको गुनासो साउदी  बसाईको बारेमा रहेन । बरु रोजगारीको सिलसिलामा त्यहाँ पुगेको ठूलो नेपाली समुदाय त्यस ताका (सन् १९८४¬–९७) मा ७०¬–८० हजार नेपालीहरु केही औलामा गन्न सकिने मात्र दक्ष जनशक्तिको रुपमा थिए भने बाँकी सामान्य अदक्ष कामदारको रुपमा कार्यरत थिए । अहिले केही परिवर्तन आएको हुन सक्छ ।
आफ्नो घर खेत अथवा आमा वा श्रीमतीका गहना बेचेर भए पनि रोजगारीका लागि अरव आउनेहरुका सपना पैसा कमाएर ऋण तिर्ने, घर जग्गा जोड्ने, छोराछोरीलाई राम्रो शिक्षा दिने र सुखमय परिवार बनाउने हुनु स्वभाविकै हो, तर विडम्वना कति कामै पाउँदैनन्, पाउनेले भने जति तलव पाउँदैनन्, कोही मालिकको दुव्र्यवहारले असह्य पीडा भई भाग्दा अध्यागमन जेलमा दिन बिताउन बाध्य हुन्छन् । कतिपय खासगरी महिलाहरु यौन दुराचारको शिकार हुन्छन् भने कतिपयले ५० डिग्रीको खुला घाममा दैनिक १२ देखि १४ घण्टा कठोर कामको कारण होला अचेत भई होस नखुल्ने, अकास्मात स्वासप्रस्वास बन्द हुने वा हृदयघात हुने हुनाले ज्यान गुमाउन पुग्छन् । कतिपयको आफ्नो घरको अवस्था कार्यस्थलमा भएको विषम परिस्थितिलाई सहन गर्ने क्षमताको अभावले आत्महत्या गर्ने समेतका दुःखद घटनाहरु घट्छन् ।
सेवा नै धर्म हो भन्ने मूल मन्त्र बनाएर यस्ता दुःख र पीडामा रहेका व्यक्तिहरुलाई अफिसियल र व्यक्तिगत रुपमा सहयोग पुर्याउन पाउँदा मलाई अत्यन्त खुशी र आनन्द लाग्थ्यो । साउदी अरेवियाबाट त्यतिबेला खाडी क्षेत्रका अन्य नौ मुलुक पनि हेर्नु पर्दथ्र्यो । सिमित श्रोत र साधनबाट पनि सक्दो सहयोग नेपाली समूदायलाई पुर्याउन पाएकोमा संतुष्टि मिल्छ ।
आफूले गरेका काममध्येमा सबभन्दा आनन्द दिने एउटा अविष्मरणीय घटना थियो, रोल्पाका एक जना बूढा मगर लागू औषधीसम्बन्धी मुद्दामा सरिया अदालतबाट पाएको मृत्युदण्डको अन्तिम फैसला अघिको सुनुवाईमा दूतावासका प्रतिनिधिको रुपमा म गवाहीमा उपस्थित भएर दिएको पुष्ट्याइबाट मृत्युदण्ड हुनबाट बँचेको जानकारी अदालतबाट प्राप्त हँुदा । उनले विदामा नेपाल आएको बेलामा हात काटेर औषधिको रुपमा गाँजाका हरिया पात निचोरेर लगाएका रहेछन् र बचेको पात फेरि लगाउन पर्समा राखेका र विर्सेर साउदी फर्कदा साथैमा आएछ । शरीर जाँच गर्दा भेटिएको एकदुई पात गाँजाले पनि त्यहाँको कानूनअनुसार मृत्युदण्ड हुन्छ र अन्तिम फैसला भएपछिको पहिलो शुक्रबार ठूलो मस्जिदको अगाडिको खुला मैदानको सवै मानिसको अगाडि टाउको काटेर प्राणदण्ड दिईन्छ ।
उच्च सरिया अदालतका वरिष्ठ न्यायाधिशले अन्तिम मृत्युदण्डको फैसला सुनाउनु पूर्व अभियुक्तको वयानको पुनः पुष्टि गर्न मलाई राज्यको प्रतिनिधिको रुपमा तथ्य बुझ्नको लागि बोलाएका थिए। म अरेवी भाषाका अनुवादक लिएर गएको थिएँ । ती मुख्य न्यायधिशले करिव आधाघण्टा मुद्दाको अवस्था, कानुनी व्यवस्था र हुने सजाय बारेमा अनुवादक मार्फत सुनाए । ती अभियुक्त बुढा मगरलाई भेट्न र लागेको कुरा सोध्न अनुमति दिए । ती मृत्युको घण्टी छिट्टै बज्ने भयले गलित, त्रसित, पूर्ण रुपले निराश भई साग जस्तै भएका रहेछन् । मैले उनलाई आफ्नो परिचय दिएर भने नआत्तिनुस मैले तपाईको मुद्दा राम्ररी बुझँे, तपाईंलाई केही हुँदैन, छिट्टै छोडिदिन्छ भन्दा उनले कत्ति पत्याएनन् र पटक पटक बेसुर जस्तो अवस्थामा भने मलाई कहिले काट्छ ? उनले यस उच्च अदालतसम्म आउँदा अनुसन्धानको सिलसिलामा करिव १ वर्ष विताई सकेका रहेछन् । उनको त्यो मलिन र भयभित अनुहार, उनकै आशा र भरोसामा बाँचेका रोल्पामा बस्ने परिवारको अवस्था गहिरिएर नियाल्दा मलाई अत्यन्त पीडा बोध भयो र कसरी उनको जीवन बचाउन सकिएला भन्ने लाग्यो । अभियुक्तसँगको भेटघाट, सोधपुछ र दोभासेमार्फत फाइल अध्ययनको समय वितेपछि करिव १ घण्टामा ती न्यायाधिशले मलाई एउटा मात्र प्रश्नको छोटो र स्पष्ट जवाफ दिन भने जो मैले दोभाषे मार्फत सुने । म सँगै जाने दोभाषे अरेवी उनको मातृ भाषा भएपनि अंग्रेजीमा त्यति दक्खल थिएन । त्यसैले मैले न्यायाधिसको प्रश्न र मेरो जवाफको राम्ररी अनुवाद गर्नु भनी सचेत गराएँ । न्यायधिशको प्रश्न थियो “नेपालमा गाँजा काटेको घाउमा औषधिको रुपमा लगाउँछन् कि लगाउँदैनन्?” गाँजा काटेको घाउमा औषधि हुन्छ वा हुँदैन मलाई पनि थाहा थिएन तर मेरो मनमा एउटै कुरा मात्र घुमिरहेको थियो, त्यो हो कसरी विश्वासयोग्य जवाफ दिएर त्यो व्यक्तिको जीवन बचाउने । तल्ला अदालतहरुले दिएको मृत्युदण्डको फैसला, अभियुक्तको बयान तथा मेरो गवाही वा पुष्ट्याइको आधारमा त्यो उच्च न्यायालयको न्यायधिशले त्यो विचराको जीवनदान दिने वा भोलि शुक्रबार (त्यो बिहिबारको दिन थियो) को दिन ग्राण्डमस्क अगाडिको खुला आँगनमा मध्यान्हको प्राथनासभा पछि शीरच्छेदन गरिने संगीन अपराधीको सूचीमा नाम चढाउने भन्ने यक्ष प्रश्नहरु थिए । साउदी अरेवियामा लागू औषधि, बलात्कार र ज्यान जस्ता मुद्दाका अपराधीलाई मृत्युदण्ड दिने कानुन छ । ती न्यायधिशले अभियुक्त र आफ्ना सवै सहयोगीहरुलाई ती कागजपत्र, मुद्दाको मिसिल, सवै लिएर अर्को कोठामा जाने आदेश दिए । अब म, दोभाषे र ती न्यायाधिशमात्र त्यो ठूलो वातानुकूलित कोठामा थियौं । न्यायाधिश अब मेरो जवाफको प्रतिक्षामा थियो । मेरो आँखा वरिपरि त्यो निरीह अभियुक्तको तस्वीर घुमिरहेको थियो । मेरो जवाफ पूर्ण र सन्तोषजनक भएर तल्लो अदालतको फैसला उल्ट्याउने स्वविवेकीय अधिकार न्यायाधिशले प्रयोग गर्ला अथवा नगर्ला भन्ने पीरलोले म गम्भीर तवरले विचार मग्न थिएँ । न्यायाधिश अरेवी भाषामा बोले र दोभाषेले मलाई हेर्दै भन्यो जवाफ दिने समय सुरु भयो । नेपालमा गाँजा काटेको घाउँमा औषधिको रुपमा प्रयोग हुन्छ, त्यसमाथि पनि यो अभियुक्त नेपालको अति दुर्गम पहाडी जिल्लाको मान्छे हो, त्यो ठाउँमा चिकित्सक र आधुनिक औषधि अत्यन्त कम उपलब्ध छ । त्यसैले गाँजा लगायत अन्य जडिबुटी र आयुर्वेदिक औषधिमा नै भर पर्नुपर्दछ । साथै, त्यस क्षेत्रमा गाँजा, जताततै प्रसस्त मात्रमा खेति नै नगरे पनि पाईने वनस्पति भएको कुरा मैले उनलाई वताएँे । उनले यो कुरा ध्यानपूर्वक सुनेर एउटा खैरो रंगको कागजमा लेख्दै गए । त्यसपछि अरु केही थप भन्नु छ कि भनी मलाई सोधे । मैले अरेवी नबुझ्ने र उनले अंग्रेजी नबुझ्ने हुँदा सवै कुरा दोभाषे मार्फत् भैरहेका छन् । यसमा मैले थपेँ यदि अभियुक्तको लागू औषधि सेवन गर्ने वा वेचविखन गर्ने मनसाय भएको भए यति सानो अनुपात वा कम मात्रा बोकेर हिड्ने थिएन । त्यसैले यो उसको मनसाययुक्त अपराध नभएको तर्फ सम्मानित न्यायालयका न्यायाधिश महोदयको ध्यानाकर्षण गर्न चाहन्छु भनेँ । बरु १० जना अपराधिले छूट पाउन तर एकजना पनि निरपराधिले सजाय पाउनु हुदैन भन्ने कानूनको सर्वमान्य सिद्घान्त श्रीमानलाई अवगतै छ भनी आफ्नो तर्क राख्ने मौका पाएँ । यतिबेला मलाई कानूनको बिद्यार्थी हुँदा भविष्यमा वरिष्ट बकिल भएर सर्वोच्च अदालतसम्म वहस गरुँला भन्ने अभिलाषा एक दिन भएपनि प्रयोगमा ल्याउन पाएकोमा पनि संतोष लाग्यो । त्यसपछि ती न्यायमूर्तिले मलाई अदालतको आग्रह स्वीकारी, आफ्नो समय दिई जवाफ दिएकोमा धन्यवाद दिए । दोभाषे र म दूतावास फक्र्यौ । दोभाषेले मेरो जवाफ र अन्य सान्दर्भिक तर्कहरु अन्यन्त प्रभावकारी भएकोले न्यायधिश सकारात्मक तवरमा प्रभावित भएको पाएको बतायो तर त्यहाँको कठोर कानुनी व्यवस्था बुझेको उसले अभियुक्तको पक्षमा परिणाम आउनेमा कमै आशा गर्न सकिने बतायो । उसको जीवन के होला भन्ने खुल्दुली रहिरह्यो । शुक्रबार काटिने अपराधीहरुको राष्ट्रियता तथा नाम शनिबारको पत्रिकामा आएपछि मात्र थाहा हुन्थ्यो । त्यो सुनुवाई पछिको शनिबार उसको नाम परेन । अलिकता आशा लाग्यो सफाई पायो कि भनेर । अदालतको फैसला बारेमा जानकारी लिन त्यति सजिलै पहुँच हुँदैन्थ्यो । सुनुवाईको ६ दिन पछि निजले सफाई पाएर नेपाल पठाइएको खवर दूतावासलाई अदालतले नै गर्यो । यस खबरले मेरो सत्प्रयास सफल भएको मलाई अनुभूत भयो र अत्यन्त खुशी र आनन्द लाग्यो ।
साउदी अरेवियाको कार्यकाल सकेर परराष्ट्र मन्त्रालयमा आई करिव ४ वर्ष काम गरेपछि मेरो नेपाली राजदूतावास बेल्जियमा सरुवा भयो । त्यहाँ फ्रेन्च भाषाको प्रभाव थियो । सरकारी पत्राचार त्यसैमा हुन्थ्यो । कुटनैतिक सेवामा विदेशी भाषाको विशेष महत्व हुन्छ । भाषा जानेमा पत्राचार, कुराकानी गर्न र स्थानीय प्रचलन, संस्कृति शीघ्र बुझ्न सजिलो हुन्छ । मैलै ३ वर्ष ब्रसेल्स बस्दा अफिस समयपछि भाषास्कुलमा पढेर सामान्य पत्राचार बुझ्ने र काम चलाउ फ्रेन्च भाषा बोल्ने भएँ । यसले मलाई फ्रेन्च भाषा बोलिने क्षेत्र र मुलुकमा धेरै सजिलो पार्यो । बेल्जियममा फ्रेन्च, फ्लेमिस र जर्मन गरी ३ वटा सरकारी मान्यता प्राप्त भाषा छन् । बढी कारोवार फ्रेन्च भाषामै हुन्छ ।
त्यसपछि म फेरि परराष्ट्र मन्त्रालय आएर करिब ३ वर्ष काम गरी बेलायत अर्थात संयुक्त अधिराज्यमा सरुवा भएँ । अंग्रेजी भाषी मुलुक हुनाले त्यहाँ काम गर्न र समाजमा घुलमिल हुनमा कुनै समस्या भएन । बेल्जियम र बेलायत दुवै मुलुकका अन्य संस्कृति, व्यवहार र मौसम मिल्दा जुल्दा रहेछन् । जाडोमा अन्यन्त जाडो हुने र गर्मी, र घाम लाग्ने समय अत्यन्त कम हुने त्यहाँका विशेषता रहेछन् । ४ वर्षे कार्यकाल पुरा गरेर फेरि व्युरो ८१ का मित्रहरुसँग भेट र जमघटमा सामेल हुन आएको छु । साउदी अरेबीयाको मरुभूमिको ५० डिग्रीको गर्मी र ब्रसेल्स एवं लण्डनको माईनस १५।२० डिग्री सम्मको जाडोको अनुभव सरकारी कामको सिलसिलामा गरियो ।

अन्त्यमा, यो हाम्रो व्यूरो ८१ को समूहलाई संस्थागत बनाउने काममा हामी मध्यका बढी सक्रिय साथीहरुको योगदान अत्यन्तै सराहनीयछ । यसले हामीलाई बाचुञ्जेल मित्रवत बन्धुत्वको भावनाले गोलवद्ध गर्न सकोस् भन्ने कुरामा हामी सबैले अथक प्रयास र शुभेच्छा राखौं भन्दै मेरा केही शव्दहरु यही अन्त्य गर्दछु।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *