महासंघ लोकपृय हुदै

What is the great about Unity

-अनु उप्रेती

बेलायत स्थित नेपाली सँघ सँस्थाहरुको महासँघ निर्माणका लागि गठित नेपाली सँघ सँस्था समन्वय परिषद यू के मा थप सँस्थाहरुको समर्थन र सहभागिता वढेको छ।

स्थानिय acton  स्थित ABI College  मा बसेको कार्यसमितिको बैठकले कार्यगत बिषयहरुमा समिक्षा र छलफल गर्दै कार्यसमितिमा थप सदस्यहरु मनोनयन गरेको छ। जसअनुसार कोमल प्रसाद श्रेष्ठ मल्ल, एल एन पाण्डे, राजकुमार त्रिपाठी, खगेन्द्र पाठक, गोपी कृष्ण प्रसाइ, सनत कुमार गुरुङ, विकल आचार्य, दिलिप महासेठ, डा सुधा श्रेष्ठ, सुर्य नेवाङ, सुजित साह र युवराज सिंह छन् भने राजकुमार त्रिपाठीलाई प्रवक्ता तोकिएको छ ।

बैठकले आगामी 9th Dec  मा बस्ने अर्को बैठक सम्म वेलायतमा भएका संघ सँस्थाहरु सँग सम्पर्क र समर्थन बढाउने र तत्पश्चात सँस्थागत निर्णय पठाउन सम्बन्धित कार्यसमितिहरुमा आग्रह गर्ने सँघ सँस्थाहरुको निर्णय आएपछि बस्ने बैठकमा महासंघको स्वरुप र विधान मस्यौदा सम्बन्धी प्रक्रीया अगाडि बढाउने निर्णय गरेको छ।

बेलायतमा रहेका नेपालीहरुको सँस्थागत प्रतिनिधित्व दिने सम्पूर्ण सँस्थाहरुको सहभागिता रहेको यस्तो महासंघको आवश्यकता र औचित्य रहेको निष्कर्ष र जोड दिदै आजको बैठकमा थप सहभागिता र समर्थन राख्ने सँस्थाहरुमा नेपाली साहित्य विकास परिषद यू के , चार्टड एकाउन्टेन्ट संघ यू के, ठाँटी समाज यू के, नेपाली मधेसी संघ (दिलिप)  यू के , अन्तरास्ट्रिय नेपाली वाङमय प्रतिस्ठान यू के, नर्थ वेस्ट नेपाली कम्युनिटी र बिश्व हिन्दु महासंघ यूरोप शाखा यु के रहेका छन । भने अन्य थप छ वटा सँस्था हरुबाट शुभकामना पठाइएका छन। समन्वय परिषदको बैठक परिषदका अध्यक्ष सुरेश जुंग शाहको अध्यक्षतामा बसेको थियो ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *