मन्त्री नरहरीको काठको नाक

Narahari Acharyaनेपाली भाषमा एउटा मिठो उखान छ “धानको कडकरी सहजै चिन्न सकिन्छ तर मान्छेको कडकरी त्यो ब्यक्तिका दुइ चार कृयाकलाप नहेरीकन चिन्न सकिन्न ।” हो यो उखान अहिले राम्रोसंग साबित भएको छ मन्त्री नरहरी आचार्यको सवालमा ।
नरहरि आचार्यलाई हामी नेपालीहरुले बौद्धिक, भद्र र सामान्य जीवनशैली अपनाउने नेताका रूपमा चिन्ने गर्दथ्यौं ।  उनले अहिलेसम्म बनाएको छवि पनि यही नै हो । तर, उनले जुन छवि निर्माण गरेका थिए, त्यो नितान्त नक्कली, ढोंगी र कपटपूर्ण रहेको रहस्य उनि मन्त्री भएपछि उद्घाटित भएको छ ।
वर्तमान सरकारमा कानुन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका आचार्यले अहिले दुई पल्ट आफ्नो सक्कली नाक काटेर काठको नक्कली नाक हालेका छन् । उनले आफ्नो सिलित्त परेको राम्रो नाक काटेर  आफ्नो छविलाई धूमिल मात्र तुल्याएनन्, पदीय हैसियतको दुरुपयोग गरेको आरोपसमेत झेल्नुपरिरहेको छ उनलाई अहिले । यो त उनको ब्यक्तिगत कुरा भयो । उनको यो अबिबेकी कामले सिंगो न्यायपरिषद् नै विवादको भुमरीमा फसेको छ ।  कानुनमन्त्रीको हैसियतले न्यायपरिषद्को सदस्य रहेका आचार्यले सुझबुझको सहारा लिएर आफ्नो नाक सम्हाल्ने प्रयत्न गरेको भए भ्रष्ट छवि भएका न्यायाधीश पुनरावेदनको न्यायाधीशमा सिफारिस हुने थिएनन् । तर, भ्रष्ट छवि भएका न्यायाधीशलाई काखमा राख्ने र वरिष्ठ एवम् इमानदार न्यायाधीशलाई पाखा लगाउने उद्देश्यले सिफारिस गरिएपछि यतिखेर सिंगो न्यायपरिषद् नै विवादको भुमरीमा फसेको हो  र आचार्य स्वयं पनि अहिले आफ्नो बचाउमा तीव्र रूपले लागेका छन् ।
आचार्यले कुन मोह वा बाध्यतामा परेर भ्रष्ट न्यायाधीशलाई सिफारिस गरी न्यायपरिषद्लाई नै बिटुलो तुल्याउने कार्य गरे ?  यो  रहस्यको खोजी गर्नु पर्ने छ । त्यस्तै, कानुनमन्त्री भएपछि आचार्यले माओवादीलाई सहज हुने एउटा कार्य गरेर अर्को गल्ती गरेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन पारित गर्ने क्रममा उनले माओवादीलाई अधिक गुन लगाउने चेष्टा गरेका छन् ।
नेपाली जनताले बाह्य रूपमा राम्रा छवि बनाएका व्यक्तिहरू सत्तामा पुगेभने मुलुकका लागि हित हुने काम गर्ने छन् भनि आशा गरेका थिए । तर यस्ता ब्यत्तिहरु पनि  कति घिनलाग्दा कार्य गर्न राजी हुँदा रहेछन् र उनीहरूको नक्कली चरित्र कसरी उदांगो हुनपुग्दो रहेछ भन्ने एउटा विशिष्ट उदाहरण अहिले मन्त्री आचार्यको सवालमा  लागू भएको छ । कुनै बेला, कांग्रेसले संवैधानिक राजतन्त्रको बाटोबाट विचलित नहुने संकल्प लिइरहेका बेला गणतन्त्रको नारा उराल्ने आचार्यजस्ता व्यक्तिको नक्कली स्वरूप बेलैमा उदांगिएको नै राम्रो हो । जसले नेपाली जनतालाइ सतर्क हुन मौका दिने छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *