बेलायतले एउटा चुनौती पार गर्यो

United Kingdom-शशी पौडेल
जहाँ कृया हुन्छ त्यहाँ प्रतिकृया आउछ । यसैले होला भर्खरै सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालको जनमतसंग्रहबारे बिश्वब्यापी रुपमा प्रतिकृयाहरु आए । अठारौं, उन्नइसौं र बिशौं सताब्दीको अघिल्लो आधा भागसम्म बिश्वको एकचौथाइ भूभागमा राज्य गरेको बेलायत झण्डै आफैले फुटाएर सानो टुक्रा बनाएको बंगलादेश जत्रै सानो बन्ने अवस्था आएको थियो । तर असिना पसिना, दुख र कष्टकासाथ यसपालीलाइ भने त्यो समस्याबाट मुक्त भएको छ । बेलायत आफ्ना कोलनी मुलुकहरु फुटाएर छोड्दा उनिहरुलाइ कस्तो चोट लाग्यो होला भन्ने कुराको अनुभव अहिले आएर बेलायतले स्वयं अनुभव गर्ने मौका पायो । बेलायतले बीशौं सताब्दीको मध्यभागमा आफ्ना कोलनी मुलुकलाइ लगाएको घाउ अहिलेसम्म पनि ताजा छन् ।
स्कटलैण्डलाइ स्वतन्त्र राज्य हुनु पर्छ भन्ने बिबाद जव बेलायतले आफ्ना बिभिन्न कोलनी छोड्न थाल्यो त्यतिबेला देखिनै उठेको हो । तर यस सवालमा सक्रीय हने ब्यक्तिको अभाव थियो । त्यो अभावको पूर्ती त्यहाका मुख्यमन्त्री एवं स्कटिश नेशनल पार्टीका नेता अलेक्स सालमण्डले गरेका थिए । संयुक्त अधिराज्य बेलायतको बिगत तीनसय सातबर्ष देखिको एकतामाथि प्रश्न उठाएर स्कटलैण्डलाइ स्वतन्त्र राज्य बनाउनु पर्छ भन्ने सवालमा त्यहाका मुख्यमन्त्री अलेक्स सालमण्ड सक्रीय भएपछि बेलायती सरकारले जनमतसंग्रह गराउने भनी सम्झौता गरेको थियो । सोही सम्झौता अनुरुप जनमतसंग्रहमा स्कटलैण्ड स्वतन्त्र राज्य हुनेकि बेलायतकै एउटा राज्यका रुपमा रहिरहने भन्ने प्रश्न माथि जनमतसंग्रह गरिएको थियो । जनमतसंग्रहले स्कटलैण्ड बेलायतकै एकभाग रहिरहनुपर्छ भन्ने पक्षमा बहुमत प्राप्त गरी बेलायतको राष्ट्रिय एकतामा बलियो खम्बा गाडेको छ ।
लण्डनमा जन्मे पनि स्कटलैण्डको आबर्डिन बिश्वबिद्यालयमा अध्ययन गरेका भूतपुर्व चान्सलर आलिस्टर डार्लिंगलाइ बेलायत एकताको पक्षमा निर्वाचन प्रचार प्रसारका प्रमुख बनाएर जिम्मेवारी दिए । उनी एडिनबरा दक्षिणका सांसद पनि भएकाले बेलायतका तीनवटै ठुलापार्टीहरुले उनलाइ यो जिम्मेवारी दिएका थिए । दुबै पक्ष बिगत एकबर्ष देखिनै सक्रीय प्रचार प्रसारमा लागे । यहाँसम्मकी संचारसाधनहरुले अलेक्स सालमण्ड भर्सेज आलिस्टर डार्लिंग भनेर प्रचार प्रसार समेत गरे । प्रचार प्रसारक्रममा अगस्तको पहिलो हप्तासम्म आइपुग्दा स्कटलैण्ड स्वतन्त्रताको पक्षमा पल्ला गरुंगो हुनपुग्यो । बेलायतका प्रधानमन्त्री एवं कन्जरभेटिभ पार्टीका नेता डेबिड क्यामरुन आफै सक्रीय प्रचार प्रसारमा लागे । यस्तै लेबरपार्टीका नेता एवं बिपक्षी दलका नेता एड मिलिब्याण्ड पनि सक्रयि भए तरपनि स्कटलैण्डका जनताको मनोबिज्ञानमा परिवर्तन ल्याउन सकेनन् । यहाँ सम्मकि प्रधानमन्त्री डेबिड क्यामरुनले “यदि तपाइहरुले म प्रधानमन्त्री भएको मन पराउनुहुन्न र त्यसकारणले स्कटलैण्ड स्वतन्त्र राज्य हुनुपर्छ भन्नुभएको हो भने म पद छोड्न तयार छु” सम्म भने ।  तर पनि अवस्थामा सुधार आएन । बेलायत एकताको पक्षमा अवस्था झिनो देखिएपछि बेलायतको सत्ताधारी कन्जभेटिभ पार्टी, सरकार साझेदारी लिबडेम पार्टी र प्रमुख प्रतिपक्षी लेबरपार्टीको संयुक्त चाहानामा पूर्व प्रधानमन्त्री गोर्डोन ब्राउनलाइ जनमतसंग्रह निर्बाचनमा सक्रीय गराउने निर्णय गरी सेप्टेम्बरको पहिलो हप्ता देखि गोर्डोन ब्राउन सक्रीय भए । जनमतसंग्रहमा थोरै प्रतिशतले फरक भएपनि बेलायत एकताको पक्षमा बहुमत आयो । यो जनमतसंग्रहमा पूर्व प्रधानमन्त्री टोनी ल्बेयर र बर्तमान उप प्रधानमन्त्री निक ल्केग र उनको पार्टी खासै संलग्न भएनन् । यद्यपी टोनी ल्बेयर स्कटलैण्डकै  एडिनबरामा जन्मेका हुन् । किनभने टोनी ल्बेयर स्कटलैण्डका जनताबीच प्रिय छैनन् । निक ल्केग यसैपनि स्कटलैण्डमा अप्रिय छन् ।
हो बेलायतको एतिहाँसलाइ कोट्ट्याउने हो भने, बिश्वका अन्य मुलुक जहाँ जहाँ बेलायतको साम्राज्य अर्थात कोलनी थियो त्यहाँ त्यहाँ बेलायतले ठुलो अन्याय गरेको छ । यस्ता मुलुक कमै छन् जहाँ बेलायतले राज्य गरेको थियो, त्यो मुलुक छोड्नु पर्दा त्यो मुलुकलाइ टुक्रा नपारेको होस् । यदि टुक्रा पारेको छैन भने त्यहाँ त्यहाँ जातीय, धार्मीक र रंगभेदको बिषालु द्धन्द्ध घुसाएर छोडेकाले कतिपय मुलुकहरु आजपनि द्धन्द्धरत छन् । र आफ्नै रगतका भाइ भाइबीच काटमार भैरहेको छ । बेलायतले रोपेको रंगभेदको बिउको कारणले दक्षिण अफ्रिकामा रंगभेद बिरुद्धको आन्दोलन गर्दा नेलशन मण्डेलाले झण्डै तीन दशक जेलजीबन बिताउनु परेको थियो । भारत हामीले देखिरहेका छौं, तीन टुक्रा पारेर छोड्यो । आजको पाकिस्थान, बंगलादेश र भारत बेलायती साम्राज्य त्यहाँ आउनु अघि र बेलायतले त्यहाँ राज्य गर्दासम्म एउटै मुलुक थिए । १९४७ मा भारतको कोलनी छोड्दा बेलायतले यी एउटै भारतलाइ तीन टुक्रामा बिभाजन गरेर छोडेको हो ।
अरुलाइ टुक्रा टुक्रा पार्दा कस्ता पिडो हुदो रहेछ भन्ने कुरा बेलायती साम्राज्यले अहिले आफै भोगीरहेको छ । बिगत दुइबर्ष अघि फकलैण्डको बिबादले पनि कम पिडा दिएन । र अहिले स्कटलैण्डको स्वतन्त्रताको प्रश्नमा गरिएको जनमतसंग्रह ।
बिश्व ल्गोबलाइजेशनले संसारका भौगोलिक सिमाहरु पार गरेर एकैठाँउमा ल्याइरहेको बर्तमान अबस्थामा मुलुक छुट्ट्याएर राज गर्न चाहने अलेक्स सालमोन्ड जस्ता संकुचित बिचार भएका ब्यक्तिहरुकालागि स्कटलैण्ड स्वतन्त्रताका सवालमा गरिएको जनमतसंग्रहले एक चुनैती दिएको छ । साथै  बेलायती र पश्चिमेली साम्राज्य जसले दुइचार सय डलरको चेक लेखेर गरीब समुदायबीच बाँडेर धर्म परिवर्तन गराउछन् र  समाज फुटाउने काम गरिरहेका छन् उनिहरुकालागि पनि यो एक चुनौती हुने छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *