बिदेशीएका नेपालीलाइ सम्पर्कमा ल्याउने जमर्को: एन् आर एन् ए

शशी पौडेल

मानव सभ्यताको थालनीदेखिनै मानव जाती एक ठाउँबाट अर्को ठाउँमा कामको खोजीमा जाने, वसाई सर्ने  हुदै रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउँबाट अर्को ठाउँ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै शिवले गोमालाई विवाह गरेर अर्कै ठाउँमा बसाई बसाएको । रामचन्द्रहरुको १४ वर्षसम्मको बनबास आदि आदि ।

उता क्रिश्चियन धर्मबारे बाइबलमका कुरा गर्यौभने पनि बाइबलको प्रमुख कथाका पात्र नै जेसु क्रिष्ट, म्यारी र जोसेफ रहेका छन् । कथालाई गहिरिएर पढ्ने हो भने जोसेफ र म्यारी भाग्न बाध्य भएको बुझिन्छ । रातारात भाग्दा अहिलेको इजरायलको राजधानी जेरुसलम र हेवरोनको वीचमा पर्ने वेथलेहेम पुग्दा अचानक बच्चा जन्मेको भन्ने बुझ्न गाह्रो पर्दैन र त्यो बच्चा जेसु हुन् भन्ने बुझिन्छ ।

त्यस्तै नेपालको सन्दर्भमा पनि नेपालबाट नेपालीहरु रोजगारको खोजीमा कहिलेबाट भारत तीर लाग्न थालेका हुन निश्चित तिथी मिति पाउन कठिन पर्ने छ । तथापी सत्य के हो भने मानव सभ्यताको विकाससँग सँगै मानव जाती एक ठाउँबाट अर्को ठाउँमा चर्न जाने परम्परा रहँदै आयो । यस क्रममा कतिपय त्यतै बसेर पुस्तौ गुजारे कतिपय २÷४ वर्ष पछि मुलुक अर्थात् जन्मस्थल फर्किने गर्दछन् तर पनि उनीहरुको नजिकत्व जन्मस्थल हुने गरेको पाइन्छ । मध्ययुगमा यो परम्पराले अझ तिव्र गति लिएको पाइन्छ।

एघारौं शताब्दीमा रोमको सभ्यताको विकासले गति लिइसकेको थियो । त्यहाँका युद्ध नायक एवं इसाई धर्मावलम्बीहरु संसार चाहार्न थाले । इतिहासमा पाइए अनुसार उनीहरुको एउटा जत्था अहिलेको प्यालेस्टाइन पुगे । समुद्रको किनार आवत जावत गर्न सजिलो र युद्ध गर्दा लुक्ने भाग्ने र आक्रमण गर्न समेत अनुकूल देखेर त्यसलाई कब्जा गरे र आजसम्म पनि त्यहाँ युद्ध सकिएको छैन । यस अर्थमा मानव सभ्यताको हलचलले सधै भरी सकारात्मक कार्य मात्र गरेको छ भन्न मिल्दैन ।

सभ्यताको हलचलको अर्को पाटो यसरी शुरु हुन्छ । इजरायलका यहुदीहरु विश्वभर छरिन थाले । उनीहरुको ठूलो संख्या जर्मनीमा गएर बस्यो । आज हामीले बैंक मार्फत पैसाको कारोबार गर्छौ । इजरायलबाट जर्मनी आएर बसेका एक रोटशिल्ड नामक यहुदीले बैंङकिङ सिष्टम चलाउन शुरु गरेका हुन् ।

भारत बाहेक नेपाल बाहिर जाने अर्थात सात समुन्द्र पारी जाने प्रसंग उठायौ र नेपाल बाहिर नेपालीहरुको संगठित हुने चाहनाको पृष्ठभुमी खोतल्ने प्रयास गर्यौ भने बेलायती भूमीमा पहिलो पाइला टेक्ने नेपाली तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणा मानिन्छन् भने स्थाइ बसोबास गर्ने उद्धेश्यले काम गर्ने अनुमती लिएर बेलायत छिर्ने पहिलो ब्यक्ति कृष्ण बहादुर थापा मानिन्छन् । उनि साढे पाँच दशक अघि १९६७ मा बेलायत छिरेका थिए । तर त्यस अधिनै अस्थाइ रुपमै भएपनि बेलायत आइ बसोबास गरेका नेपालीहरुलाइ संगठित गर्ने उद्धेश्यले गठन गरिएको  नेपाल बाहिर युरोपमा नेपालीहरुको पहिलो संगठन यतिज द नेपाली एशोसियसन इन द युके हो । यतिज द नेपाली एशोसियसन इन द युके १९६० मा स्वर्गिय राजा बिरेन्द्र बीर बिक्रम शाह एवं भुत पूर्व मन्त्री पशुपति शंशेर राणाहरुको सक्रीयतामा बेलायतमा गठन गरिएको थियो । त्यतिबेला उनिहरु बिद्यार्थीका रुपमा बेलायत रहेका थिए ।

दोस्रो बिश्वयुद्ध पछि मानब सभ्यताको हलचल संसार भर भैरहेको थियो, त्यो अबस्थामा नेपाल पनि अछुत रहने कुरै भएन । बिश्व मानब सभ्यताको हलचलसंगै नेपालीहरु पनि भारत बाहेक अन्यत्र पनि जान थाले, त्यसक्रममा नेपालीहरुका लागि सात समुन्द्र पारीका बाटाहरु पनि खुल्यो र बेलायतमा नेपालीहरुको संख्या एक दुइ हुदै बढ्न थाल्यो । यति गठन भएको लगभग १५ बर्ष पछि यो संगठनको नाम नेपालीमा नामाकरण गर्नु पर्ने महशुस गरि यसको नाम यति नेपाली एशोसिएशन भनि परिवर्तन गरियो । अहिले यो संगठनले पाँच दशक पार गरिरहदा बेलायतमा नेपालीहरुको संस्था मात्र तीनसय नाघेको छ भने नेपालीहरुको संख्या दुइलाख नागेको छ ।

यस्तै जर्मनीबाट नेपाल टुरिस्टका रुपमा जाने पहिलो ब्यक्तिको हुन् यसमा बिबाद रहेको छ । कतिपयले कार्ल हागेनबेक भन्ने गर्छन् तर कहि कतै तथ्य भने भेटिएको छैन । हुनसक्छ उनका छोरा अर्थात हागेनबेकका नयाँ पुस्ता नेपाल पुगेको हुन सक्छ किनभने जर्मनीको ह्यामबर्ग शहरमा एउटा प्रशिघ्द जनाबर पार्क अर्थात चिडियाखाना छ र यस चिडियाखानालाइ हागेनबेक टियरपार्क भनिन्छ । त्यहाँ भित्र एउटा अति शुन्दर नेपाली मन्दिर छ । भनिन्छ उक्त मन्दिरमा रहेका मुर्ती र बास्तुकला नेपालबाट ल्यइएको हो । त्यति मात्र नभएर उक्त मन्दिर निर्मामाण गराउन कारीगरहरु पनि नेपालबाटै ल्याइएको थियो ।

नेपाल र जर्मनी बीचको मैत्री सम्बन्ध चाही १९५८ देखी भएको हो । अर्थात नेपाल संयुक्त राष्ट्र्संघको सदस्य भएपछि मात्र भएको हुनुपर्छ । त्यस पछि जर्मन नागरिकमध्य पहिलो पटक सगरमाथाको टुप्पोमा पुग्ने जर्मन नमगरिक भने हानेलोरे स्मत्ज हुन् ।

स्व राजा महेन्द्रको पालामा नेपाल राष्ट्र्संघको सदस्य भएपछि नेपाल र जर्मनीबीच कुटनीतिक सम्बन्ध शुरु भएको हो । त्यस पछि फाट्ट फुट्ट नेपालीहरु समुन्द्र पारी जाने र फर्किने भएको पाइन्छ । १९९० भन्दा पहिले जर्मनीमा फाट्ट फुट्ट नेपालीहरु आएको र बसाइ गरेको भएपनि १९९०मा जर्मन सरकारले ३ महिनाका लागि टुरिष्ट भिषा खोले पछि नेपालीहरु आउने गरेका हुन् । यहाँसम्मकी केही नेपालीहरुले तीनमहिने खुला सिमाको उपयोग गर्दै जर्मनीको  बाटो हुदै जापान जानेहरु पनि १९९० तीर यो पंतीकारले समुह समुहमा फ्रांकफोर्टमा भेटेको थियो । १९९० देखि १९९३ सम्म जर्मनी नेपालीहरुकालागि एकप्रकारको ट्र्न्जिट जस्तै थियो । जर्मनीको बाटो हुदै युके फ्रान्स एबं अन्य मुलुकमा जाने गर्थे । १९९४ पछि भने जर्मन सरकारले भिषा लाग‘ गरिदिए पछि अलि अप्ठारो पर्न गएको हो । तैपनि जर्मनी आउने क्रम भने घटेन ।

२००३ ताका सही मिती तिथी थाहा भएन रस्सामा बस्ने भीम उदास, उपेन्द्र महतो, जीबा लामिछाने लगाएतका अगुवाहरुले गैर आवासीय नेपालीहरुको संगठन गठन गरेपछि जर्मनीमा राम थापा, दिनेश मानन्धरको पहलमा र दिल गुरुंग संस्थापक अध्यक्ष्य रही पहिलो पटक गठन भयो ।

हरेक बस्तुमा द्धन्द भएझै एन् आर एन् ए  पनि द्धन्द रहित रहन सकेन । चाहे राम्रो चाहनाले होस् चाहे चिन्तन र बिचारको भिन्नताले होस्, द्धन्द हुनु स्वाभाबिक हो तर द्धन्द स्वस्थ्यकर र समालोचक हुनु जरुरी हुन्छ । हुन पनि हो एउटा संस्था भनेको बिभिन्न चिन्तन, बिचार एवं फरक फरक अनुभव संगालेका ब्यक्तिहरुको जमघट हो र हरेक ब्यक्तिको सबभन्दा असल र इमान्दार शिक्षक भनेको उसको आफ्नो अनुभव हो । सोही आफुले बिश्वास गरेको र असल ठानेको शिक्षकबाट आर्जन गरेको शिक्षा ब्याबहारमा लागु गर्न चाहनु सकारात्मक पक्ष हो तर आफुले आर्जन गरेको शिक्षा ब्यबहारमा लागु गर्दा अरुको अनुभवको कदर र आदर गर्न सक्नु र अरुको अनुभवलाइ धक्का पर्न नदिने कला सिक्नु जरुरी हुन्छ । यदि आफुले आफ्ना अधिकार र स्वतन्त्रता लागु गर्दा अरुलाइ धक्का पर्न गयो भने त्यहाँ बिबाद सुरु हुन्छ । बिबाद हुनु र बस्तु वा संघ संस्थामा द्धन्द हुनु फरक हो । जव द्धन्द बिबादमा परिणत हुन्छ तव समस्या हरु उत्पन्न हुन थाल्छन् । जव समस्या उत्पन्न हुन्छ तव दुबै पक्षलाइ नोक्सान हुन्छ । यस्तो अवस्थामा समय खेर नफालीकन बिबादको जरो पत्ता लगाएर समाधानको बाटो खोजीहाल्नु पर्दछ। सं

गठन भित्र केही द्धन्द्ध हुनु स्वभाबिकै हो । त्यो सकारात्मक पनि हो । एउटा भनाइ छ “ गुडीरहने ढुंगामा लेउ जम्मा हुदैन” । त्यस्तै सांगठनिक कार्यमा हुने द्धन्द्धले संगठनको बिकाशमानै टेवा पुर्याउंछ । संगठनलाइ खरो, ताजा र चलायमान बनाउछ भन्ने अर्थमा लिनु पर्दछ । निर्वाचन हुनु, निर्वाचनमा समुह समुहले उम्मेदवारी दिनु, द्धन्दी प्रतिद्धन्दी हुनु र हार जीत हुनु लोकतान्त्रिक प्रकृया हो । लोकतान्त्रिक प्रकृयाका आफ्नै सवल र दुर्बल पक्ष पनि हुन्छन् । हामीले जहिले पनि लोकतन्त्रका सवल पक्षलाइ अंगिकार गर्न सक्नु पर्दछ । र एन् आर एन् ए  भित्र पनि लोकतन्त्रको सवल पक्षलाइ नै संगठनको जीवन हो भनेर अगाडी बढ्न सक्नु पर्छ । म यो संगठनमा लाग्दा सामाजिक सेवा गर्ने प्रेरणाले नै लागेको हुं  भन्ने मान्यताले लागेको हुनु पर्छ । यदि कसैले इतिहाँस लेख्ने क्रममा इतिहाँस बंग्याउन वा इतिहाँसका पाना बिर्षन चाहान्छ भने त्यसले कतै आफु हिड्दै गरेको आफ्ना पाइला पनि मेटिने सम्भावना रहन्छ भन्ने बुझ्नु नितान्त जरुरी रहन्छ । (यो लेख मैले एन् आर एन् ए जर्मनीले आफ्नो स्मारिकामा प्रकाशन गर्नकालागि मागेकाले लेखेको हुँ ।)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *