“बाबुरामले जस्तो बोरामा पैसा लगेर खन्याउनुपर्यो”

haribol-gajurel1एमाओबादीका नेता हरिबोल गजुरेलले डा. बाबुराम भट्टराइलाइ बोरामा पैसा लगेर आफ्नो जिल्लामा खन्याएको आरोप लगाएका छन् । सर्पले मात्र सर्पको खुट्टा देख्छ भनेजस्तै माओबादी नेता गलुरेलले अर्का माओबादी नेता डा भट्टराइले गरेको काम देखेका हुन् सायद । यस्तै उनले उनि भन्दा वरिष्ठ माओबादी नेता सि पी गजुरेललाइ जनताको टेलिफोन नउठाएको आरोप समेत लगाएका छन् ।
एमाओवादीभित्र एकले अर्को गुटका नेतालाई खुईल्याउन कतिसम्म तल गिर्दारहेछन् भन्ने उदाहरण हो यो एउटा । यतिखेर अध्यक्ष पुष्पकमल दाहालका दाहिने हात मानिने नेता हरिबोल गजुरेलले यस्तो निचता देखाएका हुन् । सिन्धुलीको १९औं जिल्ला परिषद्मा भाग लिन गत हप्ता सिन्धुली पुगेका गजुरेलले एक कार्यक्रमममा आफ्नै पार्टीका नेता बाबुराम भट्टराईको सक्दो हुर्मत लिए ।
क्षेत्र नं ३ बाट सभासद् बनेका गजुरेलले भट्टराईमाथि लगाएको आरोप सुनेर प्रमुख अतिथि सहरी विकास मन्त्री नारायण खड्का, एमाले सभासद् गणेश पहाडी, कांग्रेसका सभासद् मोहन बराल मात्र होइन, कार्यक्रम आयोजक स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी केशव आचार्यलगायतले समेत आश्चर्य मानेर खास् खुस् गरेका थिए । परिषद्लाई सम्बोधन गर्दै गजुरेलले सुरुमा त नातामा नजिकैका दाजुभाइ पर्ने उनकै पार्टीका पुराना नेता सीपी गजुरेललाई तथानाम गाली गरे । ‘पहिले यही सदरमुकाम पर्ने क्षेत्र नं २ बाट सीपीलाई जनताले जिताए, उनले केही गर्छन् कि भन्ने जनताले ठूलो आशा पनि गरेका थिए, तर विकासका काम गर्नु त परको कुरा उनले जनताको फोनसम्म उठाएनन्’– उनले भने ।
त्यसछि उनी बाबुराममाथि खनिन थालेका थिए । आफ्नो क्षेत्रमा समस्या बग्रेल्ती रहेको प्रसंग उल्लेख गर्दै उनले भने– ‘म ती समस्या समाधान गर्न प्रयत्नरत छु, तर गाह्रो रहेछ, कि त बाबुरामले जस्तो बोरामा पैसा लगेर क्षेत्रमा पैसा खन्याउनुपर्यो ।’
संविधानसभामा पार्टी तेस्रो स्थानमा पुगेपछि जिल्लामा हुने कार्यक्रमको पोर्टफोलियोमा पनि पछाडि परेका उनी त्यसकै कारण नगरपरिषद्को बैठकमा भने उपस्थित भएका थिएनन् ।
अरुलाइ चोर औंला देखाउदा अरु तीनवटा औंला आफैतिर सोझिएको हुन्छ भन्ने कुरा बिचरा हरिबोललाइ ज्ञान रहेनछ । त्यति मात्र नभएर आफ्नै धोती फुस्केको पनि थाहा पाएनन् । बाबुरामले जस्तै पैसा बोरामा हालेर जिल्लामा खन्याउनु पर्ने तर्क राख्नुको अर्थ सोझै मलाइ भ्रष्टाचार गर्ने ठाँउका राख भनेको हो भन्ने बुझ्न कठिन परेन । यस्तै उनले समस्या बग्रेल्ती भएको तर समाधान गर्न गाहारो भएको कुरा आफैले स्वीकारि सकेका छन् । यसरी आफ्नै आँग कन्याएर आफ्नै आंगमा छारो हाल्ने नेताहरुको बिश्वास कतिदिन गरिरहने ?

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *