फल्कलैण्ड टापु टेन्सन

– शशी पौडेल

Flag of Falkland

 फल्कलैण्ड टापु अब कसको हुने भन्ने प्रश्न बिश्वका राजनैतिक पण्डितहरुबीच बहस हुन थालेको छ । मुलुक  भित्रको आर्थिक अवस्था कमजोर भएर लरखराएको बेला  हिं¨ सकिए पनि हिं¨ बांधेको टालोमा गन्ध नहराएझै वेलायती साम्रज्यको ध¨ध¨ी अझै मेटिएको छैन । कुनै वेला एक चौथाइ विश्वको एक छत्र राज्य गरेको वेलायतले पछिल्लो पटक आफनो साम्रज्य टिकाउने युद्घ १९८२ मा गरेको थियो । अर्जेनटाइनका बिरुद्घ फल्कल्यण्ैड टापु हासिल गर्न ।
विश्वका बिभिन्न मुलुकहरुमा लादिएको बेलायती साम्रज्य प्रथम बिश्वयुद्घको अन्त्यसंगै अन्त हुन शुरु भएको हो । यसको पछिल्लो अन्त एक्काइसौ सताब्दीको पहिलो दशकको शुरुमा अर्थात २००२ साल देखि हं¨कं¨मा आएर टु¨िको भनिएपनि यसको अन्त अझै नभएको संकेत देखिएको छ । फल्कल्यण्ैड टापुको बिबाद र स्कटलैण्डको स्वतन्त्रताको माग । आफनै घरका छानो चिरा पार्नु पर्ने अवस्था आइरहेको बेला बेलायती पछिल्लो साम्रज्य फल्कल्यण्ैड टापुमा समस्या देखिएको छ । यद्यपि बेलायती राजकुमार बिलहेल्म केही हप्ताका लागि फल्कल्यण्ैड टापुमा छिट्टै पुग्दै छन् ।
फल्कल्यण्ैड टापुका सरकार प्मुख रोजर स्पिङ्कले भने अर्जेनटाइनाका हेलीकप्टरहरु फल्कल्यण्ैड टापुमाथि उडिरहेको देख्दा आफनो मुलुक स्वतन्त्रताको बाटो हिडीरहेको संकेत मिलेको कुरा अभिब्यक्त गरेका छन् । तर उता फल्कल्यण्ैड टापुमा बेलायती आर्मीको नेतृत्व गरेर बसेका ब्रिगेडियर कमान्डर विल अल्ड्र्ीजले भने यदि हाम्रो प्रमुख उद्येश्य अर्जेनटाइनाका सेना बिरुद्ध सुरक्षा गर्नु रहन्छ भने त्यसो गर्न अझै सक्षम रहने छौ । यद्यपी हामी १९८२को जस्तो बलियो अवस्थामा छैनौ भन्ने अभिब्यक्ति दिएका छन ।
झण्डै ३० वर्ष देखि फल्कल्यण्ैड टापुमा वेलायती आर्मीले पूर्ण कोलनी बनाउदै आएको छ । र त्यो सानो टापुलाइ ब्रिटीश ओभरसीज टेरीटोरी भनेर चिनिन्छ भने त्यहाको जनसंख्याको झण्डै ३० प्रतिशत संख्या बेलायतीहरुको रहेको छ । त्यहाका सैनिक बेलायती एमओडी अन्तरगत रहन्छन । जम्मा जम्मी ३१४० जनघनत्व रहेको फल्कल्यण्ैड टापुमा सेना र उनका परिवार समेत गरी एक हजार चारसय र छ सय शिभिल कर्मचारीहरु कर्यरत छन् । त्याहा लगभग ६२ प्रतिशत फल्कल्यण्ैड टापुका आदीबासी जनता बसोबमस गर्दछन । यसै कारण बेलायती राजकुमार बिलहेल्म केही हप्ताका लागि फल्कल्यण्ैड टापुमा हेलिकप्टर पाइलोटका रुपमा खटिएका हुन ।
ठीक यही बेला फल्कल्यण्ैड युद्धको ३० बर्षे वार्षिक समारोहमा बोल्दै अर्जेनटाइनाकी प्रसिडेन्ट क्रिस्टीने किर्सनरले फल्कल्यण्ैडको अस्तित्व, राष्ट्र्यिता, र राष्ट्र्यि स्वधिनताको प्रश्न उठाउदै  भन्छिन, म अव कसैलाइ पनि फल्कल्यण्ैडका अस्तित्व, राष्ट्र्यिता, र राष्ट्र्यि स्वधिनता माथी हस्तक्षेप गर्न दिने छैन ।
वेलायती साम्रज्यको ध¨ध¨ी र बिबादास्पद कुन मानेमा देखिन्छ भने एकातिर हामी  १९८२को जस्तो बलियो अवस्थामा छैनौ भन्ने  अर्को तिर सोही ब्यक्ति ब्रिगेडियर कमान्डर विल अल्ड्र्ीज भन्दछन फल्कल्यैण्ड कसैलाय दिनु पर्छ भन्ने अवस्था मैले देखेको छैन । तर पनि हामी आफनो पोजिशनमा बस्नु पर्छ । यदि अर्को सिन  देखियो भने हाम्र मुर्खता हुने छ ।
तर े फल्कल्यण्ैड युद्धताकाका बेलायती सेना प्रमुख जनरल सर माइकल ज्याक्सनले  यदि अब अर्जेनटाइनाले फल्कल्यण्ैडका लागि युद्ध गर्न चाहान्छ भने बेलायत अर्जेनटाइन बिरुद्ध युद्ध गन असम्भव देखेका छन । बेलायतबाट प्रकाशित एक दैनिकसंगको कुराकानीमा उनी भन्छन बेलायतको आर्थिक कमजोरीका कारण सैनिक क्षेत्र र सुरक्षामा खर्च कटौती गर्न पर्नुका काणि बेलायत बिगत ३० वर्षको तुलनामा निकै कमजोर बनेको छ । यदि अर्जेनटाइनाले फल्कल्यण्ैड चाहान्छ भने अब बेलायतका लागि असम्भव हुने छ ।
यथार्थ कुरा के हो भने फल्कल्यण्ैडको इतिहासका बारेका बिश्व जनसमुदाय त्यती बिज्ञ छैनन् जति अर्जेनटाइना र त्याहाका जनता छन । फल्कल्यण्ैडको इतिहास १९सौं सताब्दीको मध्य तिरबाट शुरु हुन्छ । र बेलायतले पछिल्लो पटक फल्कल्यण्ैड हात पारेको ३० वर्ष मात्र भएको छ । यो ३० वर्ष यताको बिश्वको बदलिदो आर्थिक अवस्थामा अर्जेनटाइनाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भयो । त्यसैले अर्जेनटाइनाले फल्कल्यण्ैड टापुको यथार्थ इतिहास त्यहाका जनता सामू पस्कन सफल हुने क्षमता राख्न सक्ने भयो ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *