डायमण्ड जुबलीको पार्टी सुरु

बेलायती रानीको राज्याभिषेकको डायमण्ड जुबलीका बेला अर्थात यो सप्ताहअन्त झण्डै एक बिलियन पौण्ड बराबरको खाना, प्यय पदार्थ र रंगीचंगी बनाउने डेकोरेशनका सामानहरु बिक्रिहुने बताइएको छ । लण्डनका दशहजार सडकहरुमा मनाइने डायमण्ड जुबलीमा ब्यपारीहरुका खाध्यान्न गोदाम, प्यय पदार्थका गोदाम रित्तिने मात्र नभै  डेकोरेशनका सामान उत्पादन गर्नेहरुका लागि पनि भ्याइ नभ्याइ भएको छ ।
लण्डन एवं बेलायतका अन्य ठूला शहरहरुमा आजैबाट पार्टीहरु सुरुभै मंगलबार सम्म रहने छ । यी पाँच दिनमा बेलायतभर आठसय तेइस मिलियन बराबरको खाना मात्र बिक्रीहुने अनुमान गरिएको छ भने एक बिलियन बराबरको प्यय पदार्थ ।
बिशौं लाख ब्यक्तिहरु पवहरुमा जानेछन् । यही सप्ताहाअन्तमा २०१२को युरो फुटबल कपको सुरुको  मैत्रीपूर्ण खेल पनि हुदै गरेकाले पवहरु पनि खचाखच भरिने छन् ।
दुइकरोड भन्दा बढी बेलायतीहरुले यो सप्ताहाअन्त पार्टी गर्नका निन्ति कामबाट बिदा बसेको कुरा एक तथ्याङ्कले बताएको छ । कामबाट बिदा लिइ घर बसेका ब्यक्तिहरुले सरदर ५८५ पौण्ड पार्टी खर्च छुटट्याएको बताइएको छ । सुपरमार्केट डट कम का अनुसार बेलायती जनतालाइ अहिले पार्टी फिबर लागेको छ । जसका कारण पार्टीकै निम्ति मात्र अनलाइन ब्यापार पनि झण्डै १,०७ मिलियन भएको बताइएको छ ।
बेलायतबाट प्रकाशित एक दैनिकले बेलायतका लागि राजतन्त्रले राम्रो गरेको छ कि छैन भन्ने प्रश्नमा गरेको सर्भे अनुसार ६९ प्रतिशतले राजतन्त्रका कारण बेलायत राम्रो भएको बताउछन् । २२प्रतिशतले राजतन्त्रको आबश्यक नभएको बताउछन् । ९ प्रतिशत जनताले आफुलाइ थाहा नभएको बताउछन् ।
सोही प्रकाशनको अर्को सर्भे अनुसार ४८ प्रतिशतले नाती विलिआमलाइ श्रीपेंच दिनु पर्ने मत राख्दछन् भने ३९ प्रतिशतले छोरा चाल्र्सलाइ । अर्को १० प्रतिशत चाहीं बेलायत रिपब्लीक हुनु पर्ने मान्यता राख्दछन् । तीन प्रतिशतले थाहा नभएको बताउछन् ।
अर्को श्रोत भने डायमण्ड जुबलीले राष्ट्रिय ढुकुटी भने ख्वात्तै रित्तिने बताउछ । गत बर्ष विलियामको बिबाहमा राष्ट्रिय खर्च र उद्योग धन्दाहरु एकहप्ता बन्द भएको कारणले ३० बिलियन नोक्सान भएको बताइएको थियो । यस्तै यसपाली डायमण्ड जुबलीमा त्यसको चारगुना बढी खर्च हुने अनुमान गरिएको छ ।
तर पनि बेलायतीहरुको राजतन्त्र प्रतिको मोह भने बढ्दो रहेको पाइएको छ । मैले यस सन्दर्भमा यस अगाडिका यस्तै प्रकारका पर्वहरुमा के कस्ता अवस्था थिए भनेर पत्ता लगाउने कोशिश गरेको थिएं । दश वर्ष अघि भएको गोल्डेन जुब्लीका बेला ५४ प्रतिशत जनताले बेलायतलाइ राजतन्त्र  अपरिहार्य भएको बताएका थिए भने गत बर्ष विलियम र केटको बिबाहका बेला गरिएको सर्भेमा यसको संख्या ६२ प्रतिशत पुगेको थियो । २२प्रतिशतले राजतन्त्रको बिश्वास नगर्ने पाइएको थियो भने १० प्रतिशत भने राजतन्त्रको पूर्ण अन्त्य हुनु पर्ने मान्यता राख्दछन् । १९९२ मा गरिएको यस्तै प्रकारको सर्भेबाट झण्डै २२ प्रतिशतले  राजतन्त्रको पूर्ण अन्त्य चाहेको कुरा प्रकाशमा आएको थियो ।
जे सुकै भएपनि रानी एलिजाबेथ द्धीतीयको शेख पछि नाती विलियाम राजा बन्ने कुरा प्राय निश्चित देखिएको ट किन भने विलियाम कि आमा डायनाको मृत्यु पछि राजकुमार चार्लसले बेलायती जनताबीच लोकपृयता गुमाउदै आइरहेका छन् । अर्कोतिर चार्लसकि पत्नी कामिलाले जनताबाट कहिल्यै समर्थन प्राप्त गर्न सकिनन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *