जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने धम्की

सम्मान शब्दलाइ सन्धी बिक्षेद गरेर हेर्ने हो भने सम + मान = सम्मान,आदर, इज्जत, मतलव एक अर्का प्रति बराबर मान, आदर, इज्जत   भन्ने बुझिन्छ । यदि रामले श्यामलाइ तपाइ भन्छ भने श्यामले पनि रामलाइ तपाइ भन्नु पर्दछ । तर बेलायतले अन्य मुलुकहरु प्रति हिजो जुन हेपाहा ब्यबहार गथ्र्यो आज पनि त्यही ब्यबहार गर्र्ने बानी छोडेको  छैन । यसको ज्योलन्त उदाहरण हो  बेलायतस्थित इक्वेडर दूतावासमा शरण लिएका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने भनी दिएको  धम्की ।

इक्वेडरका विदेशमन्त्री रिकार्डो पटिनोले  हालै जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने धम्की बेलायतले दिएको खुलासा गरेका छन् । बेलायतले दिएको यसप्रकारको चेतावनीले बिश्व राजनैतिक बृत्तमा बेलायतको कुटनैतिक मर्यादा माथि प्रश्न चिन्ह खडा भएको छ ।
दूतावास परिसरलाई सम्बन्धित राष्ट्रको सार्वभौम भूमिसरह मान्ने गरिन्छ । तर, दूतावास परिसरभित्रै प्रवेश गरेर असान्जलाई पक्राउ गर्ने चेतावनी बेलायत सरकारले दिएको आरोप लागेपछि घटनाप्रति सर्वत्र चासो बढेको छ । करिब दुई महिनाअघिदेखि असान्जले इक्वेडर दूतावासमा शरण लिएका छन् ।
इक्वेडरका वामपन्थी राष्ट्रपति राफेल कोरियले ‘अभिव्यक्तिको स्वतन्त्रताका वकालतकर्ता’ असान्जमाथिको अत्याचार रोक्न उनलाई आश्रय दिएको बताएका थिए । यद्यपि, बेलायत र अन्तर्राष्ट्रिय जगत्मा प्रचलित कानुनी व्यवस्थालाई पनि इक्वेडरले सम्मान गर्ने उनले प्रस्ट पारेका थिए ।
तर, इक्वेडरले बुधबार कूटनीतिक शिष्टाचारयुक्त भाषा प्रयोग नगरीकन कडा शब्दमा बेलायतमाथि आरोप लगाएको हो । असान्जलाई बेलायत सरकारको जिम्मा नलगाए उनलाई पक्राउ गर्न दूतावासभित्रै प्रवेश गर्ने चेतावनी बेलायतले दिएको इक्वेडरका विदेशमन्त्री रिकार्डो पटिनोले बताए । जबरजस्ती दूतावास प्रवेश गरिए यसलाई ‘शत्रुतापूर्ण र असहनीय’ कार्यको संज्ञा दिइने बताउँदै उनले यसबाट इक्वेडरले आफ्नो सार्वभौमिकताको ठाडो उल्लंघन भएको निष्कर्ष निकाल्ने प्रस्ट पारे । यस्तो अवस्था आए कूटनीतिक शक्तिको अधिकतम प्रयोग गरी बेलायती कदमविरुद्ध जाइलाग्ने चेतावनीसमेत उनले दिए ।
स्विडेन सरकारले असान्जलाई सुपुर्दगी गर्न बेलायतसँग माग गर्दै आएको छ । सुपुर्दगी हुने डरले अस्ट्रेलियाली नागरिक असान्जले बेलायतस्थित इक्वेडर दूतावासमा शरण लिँदै आएका छन् ।
केही दिनअघि बेलायतले विदेशी राष्ट्रका दूतावास भवनको कूटनीतिक हैसियत खारेज गर्ने अधिकार १९८७ को बेलायती कानुनले प्रदान गरेको बताउँदै यही अधिकार प्रयोग गरी इक्वेडर दूतावासमा आश्रय लिएका असान्लाई पक्राउ गर्ने सन्देश दिएको थियो ।
विश्वभर रहेका अमेरिकी कूटनीतिक नियोगले अमेरिकी विदेश मन्त्रालयसँग पत्राचार गरेका असंख्य पत्र ‘ह्याक’ गरी असान्जको वेबसाइट विकिलिक्सले सार्वजनिक गरेको थियो । त्यसलगत्तै अमेरिकी प्रभावमा स्विडेनको एक अदालतमा असान्जविरुद्ध बलात्कारको मुद्दा दायर भएको बताइन्छ । सोही मुद्दामाथिको सुनुवाइका लागि स्विडेनले असान्जलाई सुपुर्दगी गर्न बेलायतसँग माग गरेपछि इक्वेडर दूतावासभित्र प्रवेश गरेरै भए पनि असान्जलाई पक्राउ गर्ने चेतावनी बेलायतले दिएको हो ।
बेलायती विदेश मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा इक्वेडर सरकारलाई चेतावनी नदिएको बताए । बेलायती कानुनबारे इक्वेडरलाई अवगत गराउने काम मात्रै आफूहरूले गरेको उनले प्रस्ट पारे ।

Bookmark the permalink.

One Response to जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने धम्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *