चुनावी वहस

Campaigns and Election-शशी पौडेल
मैले बेलायतबाट ल्याएका पुस्तकहरु र मेरा केही नोटहरु भएको कागजको बक्सा खोल्ने फुर्सद बल्ल पाँए । बक्सा खोल्ना साथै २०१० साल मइ महिनाका टिपोटहरुमा मेरा आँखा पुगे । २०१० सालको मइ महिनामा भएको बेलायतको आम चुनाबका बेला  वेलायती मेडिया आइटिभीले वेलायतका प्रमुख तीन पार्टीका नेताहरुको खुल्ला वहस प्रस्तुत गरेको थियो । डेढ घण्टासम्म भएको यस प्रकारको वहस वेलायतको राजनीतिक इतिहासमा पहिलो  थियो । अमेरिकामा भने १९६० देखिनै यसप्रकारको बहस हुने गरेको छ र अमेरिकी नागरिकहरु मात्र हैन विश्वभरका नागरिकहरुले यसलाई अत्यन्त चासो पूर्वक हेर्नै गरेका छन् । त्यतिबेलाका सत्ताधारी पार्टीका नेता एंव प्रधानमन्त्री गोर्डोन व्राउन, त्यतिबेलाका विपक्षी कन्जरभेटिभ पार्टीका नेता डेविड क्यामरोन(हाल प्रधानमन्त्री) एंव लिवरल डेमेक्रेटिक पार्टीका नेता निक ल्केग (हालका उप प्रधानमन्त्री) वहसमा सामेल थिए । वहसमा व्राउनको दायातिर निकल्केग उभिएका थिए भने वायातिर डेवड क्यामरोन । हुनत वेलायतमा अन्य पार्टीहरु पनि निर्वाचनमा सहभागी भएका थिए । जस्तै ग्रिन पार्टी, राजनीति, अर्थतन्त्र र समाजका सबै व्यवस्थालाई प्राकृतिक वातावरणको शुद्धी विना हुन सक्तैन भन्ने सिद्धान्त लिएर ८० को दशकको अन्त्यतिर देखि राजनीतिमा हुम्मिएको छ । अनि अर्को पार्टी व्रिटिश नेशनल पार्टीका नामले चुनावी वजारमा उभिएको छ । जसको सिद्धान्त छोटो  शव्दमा भन्दा “वेलायत वेलायतीहरुका लागि हो ” भन्ने नारा रहेको छ । यस्तै गरी कम्युनिस्ट पार्टी अफ व्रिटेन, सोसालिष्ट पार्टी, युकिप आदि रहेका छन् । यी साना पार्टीहरले वेलायतको समग्र राजनीतिमा एक प्रकारको महत्व राखे पनि सरकार निर्माण वा सरकार परिवर्तन गराउन सक्ने क्षमता राख्दैनन् । त्यसैले होला यी साना पार्टीहरुलाई उक्त वहसमा सहभागी गराइएको थिएन । अमेरिका र जर्मनीमा पनि सरकार निर्माण र फेरवदलमा विशेष महत्व राख्ने पार्टीहरुलाई मात्र खुल्ला वहसमा सहभागी गराइने प्रचलन देखिएको छ । यद्यपी तीन ठूला पार्टीको खुल्ला वहस भईरहेको वेला वेलायती अर्को टि.भी च्यानलले ग्रिन पार्टी नेतृ कारोलाइन लुकास (युरोपियन पार्लामेन्ट सदस्य ) संग अन्तवार्ता गरिरहेको थियो । टि.भी च्यानलका यो प्रतिस्पर्धा चाही दर्शकहरुका लागि त्यती सहज अवस्था थिएन । किन भने एउटा कार्यक्रम हेर्दा अर्को कार्यक्रम छुट्ने ।
खुल्ला वहस फाइदा वा वेफाइदा
यस प्रकारको बहस टेलिभिजनबाट हुनुमा थुप्रै फाइदा र केही बेफाइदाहरु पनि छन् । प्रत्येक्ष राष्ट्रपतिको निर्वाचन हुने मूलुकहरुमा यसले असाध्यै महत्व राख्दछ । जस्तै यस प्रकारको बहस सबभन्दा  चर्चित भएको १९८० को अमेरिकी राष्ट्रपति निर्वाचनको क्रममा भएको वहस हो । जहा“ दुई हस्ती रोनाल्ड रेगन र जीमी कार्टरको थियो । र विश्वका झण्डै नौ करोड मान्छेले त्यो वहस पच्छ्याएका थिए । तर २१ औ दशकको शुरुवाट भने अमेरिकामा दर्शकको संख्या घटेको पाईन्छ । १९९८ मा जर्मन चान्सलरको निर्वाचनमा यस्तै त्रिपक्षिय वहस भएको थियो । जुन लगभग चार करोड जर्मनीहरले पच्छ्याएको थिए । दोस्रो विश्वयुद्ध पछिको इतिहासमै त्यतिबेला सबभन्दा बढी जर्मनहरु भोट हाल्न पुगेका थिए ।
वेलायतको प्रसंगमा झण्डै ३५ प्रतिशत वेलायतीहरुले राजनीति वा निर्वाचनसंग सरोकार राख्न नचाहने अप्रमाणित तथ्याङ्क छ । यस्तो अवस्थामा टेलिभिजनबाट दिईने यस प्रकारको वहसले जनतालाई निर्वाचन प्रति जागरुक गराउन मद्दत गर्दछ ।  इमान्दार भएर भन्ने हो भने वेलायत जस्तो विकसित मुलुक जसलाई प्रजातन्त्रको जननी भनिन्छ र विश्वमै यहाँको संचार साधन उपमाको रुपमा लिईन्छ । यस्तो ठाउँमा केही लाख जनता छन् जसलाई यहाँको प्र.मं को नाम समेत थाहा छैन । त्यसैले यो कार्य धेरै पहिले शुरु हुनुपर्ने थियो तर पनि अझै ढिलो भएको छैन । जुन कार्यले  जनता र नेतावीचको सम्बन्ध नजिक्याउने पुलको काम गर्ने छ ।
अर्को पक्ष भनेको वेलायतमा जनताले भोट दिंदा पार्टीका लागि भोट दिनुको वदला एउटा व्यक्तिलाई  छान्नु पर्ने हुन्छ  त्यसैले   राजनीतिक सिद्दान्त, मान्यता, मर्म र घोषणा–पत्र विरुद्ध व्यक्ति अग्रपंक्तिमा  उभिन्छ । (फस्ट पाष्ट द पोष्ट) । यस्तो अवस्थामा निज व्यक्तिले यदि आफ्नो क्षेत्रबाट निर्वाचनमा पराजय भयो भने पार्टी माथि अप्रत्याशित समस्या आइपर्छ । संगसंगै फेरी कुन व्यक्तिको अनुहारमा कति क्रिम पाउडर लगाएको छ, कपाल कसरी कोरेको छ र कस्तो र कुन मूल्यको सुट लगाएको छ भन्ने खालको राजनीतिमा सिने सेलिव्रेटी कल्चरको विकास हुन सक्छ । संचारसाधनले यस कुरामा ध्यान पु¥याउनु पर्छ ।  र नैतिक जिम्मेवारी लिनुपर्ने हुन्छ । एउटा उदाहरण लिउँ केही समय अघि बेलायतका भूतपूर्व प्रमं गोर्डन व्राउनलाई एउटा टेली शो मा वोलाईयो र उनलाई “तपाईले प्लेनको टवाइलेटमा यौन कार्य गर्नुभएको छ कि छैन” भनेर सोधियो । त्यसैलै संचारसाधन संचालकहरले प्रस्तोताहरुलाई अनुशासनमा राख्न सक्नुपर्छ । यस भित्र पनि आफना नियम र अनुशासन हुनपर्छ ।
छापा टयावलोइटहरु
केही वेलायती न्यूजपेपर र खास गरी टयावलोइटहरुले निश्पक्ष समाचार संप्रेषण गरेको पाइदैन । वरु उनीहरुले राजनीतिज्ञका नितान्त व्यक्तिगत जीवनसंग सम्बन्धित कुराहरु अगाडि ल्याएको पाइन्छ । खासगरी निर्वाचनका वेला राजनीतिक पार्टीहरुको विभिन्न विषयमा प्रस्तुत गरिएको घोषणा–पत्रलाई अघि सारेर समीक्षा गर्नुपर्ने वेला हो । तर त्यसो नगरी केही ट्यावलोइटहरुले राजनीतिज्ञका व्यक्तिगत र शारिरिक एपियरेन्स परिवर्तनलाई अघि सार्ने गर्दछन् । त्यती मात्र नभएर  ट्यावलोइटहरुले पार्टीलाई गर्ने फण्डिङ सार्वजनिक रुपमा परिवर्तन गरेको छ । त्यसैले ट्यावलोइटहरुले प्रोफेसनालिजम मेनटेन गरेको पाइदैन । हुन सक्छ यी पत्रिकाहरुले आफ्ना पाठक नजिक्याउने उद्देश्यले यसो गरिएको हो तर यसले पहिलो पटक मतदान वुथमा उभिने व्यक्तिलाई प्रश्ट र निश्पक्ष मतदान गर्न पूर्ण तस्वीर तयार हुन सक्तदैन ।
एउटा उदाहरण केही समय अघि भएको नेशनल रेल र व्रिटिश एयरवेजको हडतालको वेला, हडताल गरीनुको कुनै खास कारण नै नखुलाई वा अनुसन्धान नै नगरी एउटा कुनै पार्टीको कारण यस्तो भएको हो भनेर वेलायतका विभिन्न टयावलोइटहरुले समाचार सम्प्रेषण गरी नितान्त एउटा राजनीतिक पार्टीलाई दोष दिइयो । अनि अर्को घटना केही महिना अघिको कुरा हो  प्रधानमन्त्री डेबिड क्यामरुनले २०१३सालको अन्ततिर ब्रसेल्समा पूर्बी युरोपबाट धेरै कामदारहरु बेलायत आएर रोजगारी भेट्टाएकाले  बेलायतको अर्थतन्त्रमा समेत टेवा पुर्याएको तर्क गरेका थिए । उक्त भाषण पछि बेलायतका छापाहरु घुंडा धसेर उनको बिरोधमा उत्रिए । जस्तै डेली टेलीग्राफ, टाइम्स, डेली मेल र यहाँ सम्मकि बीबीसीले समेत उनको बिरोधमा उत्रिए । संचार साधनबाट आएको यो बिरोधको सामना उनले गर्न सकेनन् र युरोपियन युनियनको सवालमा उनी एकसय अस्सी डिग्री परिवर्तन भए । त्यस प्रकारका समाचार सम्प्रेषणले एउटा पंतीलाई फाईदा र अर्को पंतीलाई नोक्सान पु¥याउने ध्यय राखेको हुन्छ । जहाँ निश्पक्ष समिक्षाको अभावै देखियो । आशा गरौं बेलायती मेडियाहरुले खास गरी ट्यावलोइटहरुले आगामी निर्वाचनको विषयलाइ लिएर आफ्नो पब्लिक रेस्पोन्सीविलीटी र इन्फुलुइन्सीङ पावरलाइ जिम्मेवारीपूर्ण ढंगले आवश्यकता अनुसार ग्रहण गर्न सकुन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *