गेँडी

 
अ.ने.सा.स.को मोहले आफुलाई पनि केही हदसम्म तानेको थियो र परदेशको ब्यस्ततामा पनि यस्को सेवामा लाग्ने अभिप्रायले आजीवन सदस्य बनियो र लेखनमा अझ लागि परियो तर अब अ.ने.सा.स.ले त टुहुरा नै पार्ला जस्तो छाँट छ त ! त्यही पिरमा केही गेँडीको श्रीजना गरेँ । मैले भावनामा उतारे जस्तै अ.ने.सा.स पक्कै नबन्ने आशाको साथमा । यहाँहरु के भन्नु हुन्छ ? मैले जतिपनी रचेका अनेसासप्रतिका भावनामा एकतर्फिलाई मात्र दोष लगाउँने मनशाय भने पक्कै होईन,बस श्रीजना मार्फत झक्झकाउँने अभीष्ट मात्र हो । म पनि यही दुईभित्र अवश्य पर्न सक्छु ।

– Prabha Acharya

 गेँडी
अ.ने.सा.स अब चैं टुक्रिएला जस्तो छ
साहित्यको चाल् पनि हेर अब यस्तो छ
आयो कुदिन,
जाने भयो अब सुदिन ………../
 
साहित्यको भण्डार सबैले नै भर्नुछ
अमर् कृति छाडेर लेखकले मर्नुछ
हल्ला नगर,
झगडाको बिउ नछर ………./
 
लेख्ने काम छाडेर नेता जस्तै भइयो
झगडामा फँसेर खोलै खोला गइयो
अब के होला?,
साहित्यले आकाश् के छोला…….. ? 
 
लेखक् मन नमिल्दा अधोगती चाल भो 
साहित्यिक घर नि गोठको झैँ हाल भो
यस्तो चाहिन्न ,
कबि भन्न अब पाइन्न ……/ 
 
उदाहरण कबिकै बरिष्ठमा देखिन्थ्यो
साहित्यमा डुबेर संसार नै लेखिन्थ्यो
मन मर्‍यो नि,
लेखकको चैन हर्‍यो नि ………./ 
 
RACHANA JULY -10 /12 RECENT

Bookmark the permalink.

One Response to गेँडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *