के सिरियामा युद्ध हुनेनै हो ?

Syria warअहिले फेरी अमेरिका सिरिया बिरुद्ध युद्धको तयारीमा लागेको छ । युद्धको अन्त भनेको आखिर कसैको जीत होइन । बेलायती संसदको बहुमतले भने युद्ध नगर्ने निर्णय गर्यो । संसदको यो मत प्रधानमन्त्री डेबिड क्यामरोनका लागि भने चित्तबुझ्दो रहेन । उनको चित्त बुझोस् वा नबुझोस् प्रजातान्त्रिक मुलुकहरुमा बहुमतको निर्णय पालना गर्नै पर्छ । झण्डै डेड दशक अघि इराक र अफगानिस्थानको प्रश्नमा  बेलायती संसदले यसपाली जस्तै  प्रश्ट मत दिन नसक्दा ठुलो धन जनको क्ष्यति भयो । थुप्रै बेलायती आमाहरुको काख रित्तियो । यद्यपी बेलायती जनता अफगानिस्तान र इराक युद्धको विपक्षमा थिए । तर अन्तर्राष्ट्रिय चाहना भने बा“डिएको थियो । केहिको बेलायतले अमेरिकालाई सघाउनै पर्छ भन्ने धारण थियो भने केहिको धारणा इराक एवं अफ्गानिस्तान दुवै स्वतन्त्र एवम् स्वाभिमानी राष्ट्र« हुन्त्यहाँ कसलौई पनि दखलअन्दाज गर्ने अधिकार छैन भन्ने थियो । तेश्रो पक्ष चाही“ स्वाभिमान र स्वतन्त्र राष्ट्र भन्दैमा अन्य मुलुकमा आतंक मच्चाउन पाइदैन, त्यसैले पश्चिमेली राष्ट्रहरु एक हुनुपर्छ भन्ने थियो ।
यता संयुक्त राष्ट्र संघ किंकर्तब्यविमुढ भएर बस्यो । न त यसले युद्ध गर भन्न सक्यो न त रोक्न सक्यो । वार्सा सन्धि छिन्नभिन्न भइरहेको बेला समाजवादी शासन ब्यवस्था भएका पूर्वी यूरोपका मुलुकहरुमा नाटोको चहल पहल र अमेरीकी झण्डा फरफराइरहेको थियो । त्यहा“का जनताले रंगीन छापामा विज्ञापन देखेर खुल्ला रुपमा क्यामरा, भिडियो रेकर्ड आदी खरिद गर्न सक्ने देखेर समाजवादको विपक्षमा नारा जुलुस गरी समाजवादी सरकार ढाल्न सघाउ पु¥याए । सत्तरी बर्ष पाको सोभियत संघ विघटन भएको अवस्थामा नाटो र साम्राज्यवादी मुलुकहरुको उन्माद बढेको थियो । यस्तो अवस्थामा अमेरिकी तत्कालिन राष्ट्रपति जर्ज बुसस“ग बेलायती जोन मेजरले घाँटी जोड्न पुगे । त्रिपक्षीय संयन्त्र बन्यो । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र नाटो ।
युद्धमा केहि मुलुकहरुले भाग नलिने निर्णय गरे जस्तै जर्मनी, यसरी नब्बेको दशकमा इराक र अफ्गानिस्तानको विरोधमा जाइलाग्ने संयन्त्र तय भएको थियो ।
२००१ सालको सेप्टेम्वर ११ का दिन न्यूयोर्कस्थित ट्वीन टावरको विच भागवाट जेट विमान उड्न पुग्छ । अलकाइदाले यसको जिम्मेवारी लिएपछि इराकविरुद्ध अपरेसन सुरु भयो । हुन त इराक र इरानवीच १९८० देखि नै युद्ध शुरु भएको हो । खाडी युद्ध हुनमा पनि अमेरीकाको बद्नीयतपूर्ण भूमिका रहेको छ । इराकले इरानी सीमा क्षेत्रको आफ्नो हाताभित्रको जमिनबाट जब तेल उत्पादन गर्न शुरु  गर्न थाल्छ तब अमेरिकाले इरानलाई उस्काउन पुग्छ र भन्छ, इराकले यतिबेला तेल उत्पादन गरिरहेको क्षेत्र इराकको होइन उनीहरुले तिमीहरुको भुभाग कब्जा गरेका छन् । यसको विरोधमा उत्रनु पर्छ । यदि सहयोग चाहिए हामी छांै । तर एउटा शर्तमा– त्यस क्षेत्रबाट उत्पादित तेलको ६० प्रतिशत उत्पादन अमेरिकाले पाउनु पर्छ । र यसको मुल्य पनि हामी तोक्नछोंै । तत्कालिन इरानी राष्ट्रपति जो अमेरिकी भक्त थिए, अब्दल हसन बानीसादरले अमेरिकी शर्त मन्जुर गरे । युद्धको घोषणा भयो । उता शीतयुद्ध चलिरहेका बेला यसै पनि अमेरिका र सोभियत संघबीच खटपट थियो । अमेरिकाले खाडीक्षेत्रको तेल उत्पादनमा कब्जा गर्ने  अमेरिकीे चाहनाका कारण ८ बर्ष सम्म खाडी क्षेत्रमा बारुदको धुवां“ उडय,े लाखौ विधवा बने, लाखौ बालवच्चा टुहुरा बने । ८ बर्ष युद्धपछि इराकका सद्धाम हुसेन र इरानका अलि खुमिनीले शर्त मन्जुर गरे । वारुदका गोला उड्न छोडे तर दुई मुलुक विचको मनको द्वन्द्व कहिल्यै मेिटएन । पछि १९९१ मा इराकले कुवेत माथी आखं“ा गाड्यो । मुलुक सानो भए पनि कुवेतमा तेलको खानी ठूलो रहेको छ । अमेरिकी कुदृष्टि त्यहा“ पनि थियो । के निहु पाउ“ कनिका बुकाउ“ भने झै अमेरिका, बेलायत र नाटो इराक. विरुद्ध जाइलागे । ठूलो संख्यामा धनजनको नोक्सान भयो । सद्धाम हुसेन मारिए । यद्धुको नियम नै हो एउटाको जित र अर्काको हार भनिए पनि यथार्थमा जित कर्सको हुदैन , त्यसै भयो । उता यी मुलुक वीचको मनमुटाव र ८० को दशकमा टुहुरा भएको युवापंक्तिको मन जितेर अलकाइदाका ओसामा विन लादेनले उनीहरुलाई आफ्नो पक्षमा प्रयोग गर्न थाले । अलकाइदा दिन दुगुना रात चौगुना फैलिन थाल्यो । आफ्नो सञ्जाल अफ्रिकी केही मुस्लिम राज्यहरुदेखि लिएर मलेशीयासम्म फैलाउन पुग्यो । विन लादेनले आफु लुक्ने थलो अवस्थाअनुसार रोज्न थाल्यो । आफ्ना कार्यकर्तामध्ये कसैलाई बेलायत कसैलाई जर्मनी र कसैलाई अमेरिका विद्यार्थी बनाएर पठाउन थाले । यसरी तालिम प्राप्त विद्यार्थीहरुले सेप्टेम्वर ११, २००१ मा अमेरिकाको ट्वीन टावर हाने । बल्ल अमेरिकालाई थाहा भएको हुनुपर्छ कि डिभाइड एन्ड रुलले आफ्नै कस्तो हविगत गराउ“दो रहेछ भन्ने । त्यसपछि ‘वार अन टेरोर’ भन्ने नारासहित नाटो बन्दुक लिएर इराकको विरुद्ध जाइलाग्यो, उसलाई साथ दिनेहरुमा प्रमुख संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायत रहे । युद्धमा वास्तवमा कसैले पनि जित्दैन । इराकको युद्धमा इराकले त हा¥यो हा¥यो नाटोले पनि हा¥यो, हजारौ सेना गुमायो, खरवौ धुवा“मा फुकियो । त्यसपछि नाटो अफ्गानिस्तान पुग्यो, जर्ज बुसस“ग हिप जोडिएका टोनी ब्लेयर बुस जहा“ं पुग्छन् त्यहां“ पुग्ने नै भए । एउटा खुट्टा पुगेको ठाउ“ंमा अर्को खुट्टा पुग्नु स्वभाविकै हो । ब्लेयरले संसद सदस्यहरुको.कुरा समेत सुनेनन् । आफ्गानिस्तानमा झण्डै छ सय बेलायती सेना मारिइसक,े खरवांै खर्च  भयो । के अमेरिका सिरियामा पनि यस्तै चाहान्छ ?

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *