के बेलायतलाइ राजनैतिक बिकल्प चाहिएको हो ?

शशी पौडेल

गत सेप्टेम्बर र अक्टोबर महिना बेलायतका ठुला राजनैतिक पार्टीहरु आ आफ्ना बार्षिक सम्मेलनमा ब्यस्त रहे । मिलीजुली सरकारमा रहेका कन्जरभेटिभ पार्टी र लिब डेमबीच समेत केही मत भिन्नता देखिए भने बिपक्षीदल लेबर पार्टीसंग त यसै पनि राजनैतिक, आर्थिक र सैद्यान्तिक बिषमता रहेकै थियो । जे होस् उनिहरुका बार्षिक पात्रोमा उल्लेखित कामहरु भने सफलताका साथ सम्पन्न भए ।
सामान्यतया बेलायतका राजनैतिक पार्टीहरुका कार्ययोजनाहरुको इतिहाँस पल्टाउने हो भने, निर्बाचन पछिको दोस्रो बर्षको बार्षिक सम्मेलनमा आगामी निर्बाचनमा उठ्न सक्ने मुद्धाहरु के के हुन सक्छन् र त्यसलाइ राजनैतिक पार्टी र सरकारले कसरी ट्याकल गर्ने भन्ने बारे केन्द्रित भएको पाइन्छ । जुन छलफल वा बहस एवं त्यसबाट निस्केको परिणामले आगामी निर्वाचनमा कसलाइ भोट दिने भन्ने एक प्रकारको सोंच जनताले बनाउने गर्दथे । र आगामी निर्वाचनमा सम्भबत कुन पार्टी सरकारमा आउछ भन्ने सामान्य अनुमान लगाउन सकिने अवस्था रहन्थ्यो । जुन एक प्रकारको परम्परा जस्तै भैसकेको थियो बेलायती राजनितीमा । तर यसपालीको सरकारमा आसिन एवं बिपक्षि पार्टीहरुका बार्षिक सम्मेलनले त्यो परम्परा तोडेर एक अर्कामा आरोप प्रत्यारोपमा केन्द्रित रहे ।
२०१० सालमा निर्बाचित मिलीजुली सरकारले बिगत झण्डै आधा सताब्दी देखिको आर्थिक संरचनामा नयाँ परिबर्तन ल्याएको छ , झण्डै २५ वर्ष पछि यहाँको शिक्षा निती र परीक्षा प्रणाली बारे परिवर्तन ल्याउने भएको छ । बिश्वबिद्यालयको निती नियम र शुल्क परिबर्तनले यसपाली झण्डै बीस प्रतिशत बिश्व बिद्यालययका स्थान खाली रहेका छन् । १९४९ मा स्थापित राष्ट्रिय स्वास्थ्य सेबामा परिवर्तन ल्याएको छ । बीस वर्ष यता सव भन्दा बढी युवा बेरोजगार भएको कुरा मुलुकको तथ्याङ्कबाट देखिएको छ । युरोपियन युनियनसंगको सम्बन्ध चिसिएको छ । सरकारले ल्याएको बजेट कट्टा कार्यक्रमका कारण गरीव र धनीबीचको खाडल झन भन्दा झन गहिरो बन्दै गएको छ जसले गर्दा मध्ययम बर्ग प्राय नष्ट हुदै गैरहेको छ । मुलुकमा ३५ वर्ष पछि ठूला ठूला आन्दोलनहरु भएका छन् । गतवर्ष शिक्षक, बिद्यार्थी एवं मजदूर बर्ग लाखौंको संख्यामा सडकमा उत्रे । गत वर्ष मात्रै लुटपाटले मुलुक आक्रान्त बनेको थियो । उपरोक्त समस्याहरु सरकारको नेतृत्व गरिरहेका प्रधान मन्त्री डेबिड क्यामरुनको नजरबाट अलग रह्यो । बरु उनि त लेबर पार्टीलाइ आरोप लगाउनमा केन्द्रित रहे । उनका अनुसार बिगत १३ बर्ष देखि लेबर पार्टीले लगाएको ऋण अहिले कन्जरभेटिभ पार्टीले तिरिरहेको छ, बिगत १३ बर्ष देखि लेबर पार्टीले राष्ट्रिय स्वास्थ्ये सेवामा नल्याएको परिवर्तन कन्जरभेटिभ पार्टीले सुरु गरेको छ । बिगत २५ बर्ष देखिको शिक्षा निती एवं परीक्षा प्रणलीमा कन्जरभेटिभ पार्टीले सुधार सुरु गरेको छ । यसो भनिरहदा उनले के कुरा बिर्सिरहेका थिए भने यसबीच पटक पटक कन्जरभेटिभ पार्टी पनि सरकारमा थियो । आइरन लेडीका रुपमा परिचित मार्गरेट थ्याचर सरकारमा थिइन्, त्यस पछि जोन मेजर । आखिर उनिहरुले किन यी सबैमा परिवर्तन ल्याएनन् त ?
उता बिपक्षी दलका नेता एड मिलीब्याण्ड पनि आरोप प्रत्यारोपबाट मुक्त रहन सकेनन् । उनका अनुसार मिलीजुली सरकारले अहिले जे गरिरहेको छ त्यसले बेलायतको भबिश्यलाइ हित गर्दैन बरु अहित गर्ने छ । उनले प्रश्ट रुपमा कन्जरभेटिभ पार्टीले ल्याएको अर्थनितीमा सदाचारीताको बिरोध भने गरेनन् तर बजार भाउ महंगी, घरभाडामा महंगाइ एवं घर किन्न चाहनेहरुका लागि भएको महंगाइको बिरोध भने खुलेरै गरे । यी सबै कुराको दोषी कन्जरभेटिभ पार्टीलाइ ठह¥याए । यद्यपी उनले बेलायत एकताको एवं लेबर एक पार्टीको कुरा उठाए पनि त्यो एकता कुन शर्तमा हुने र कसरी सम्भव छ भन्ने कुराको बिकल्प चाहींं दिन सकेनन् । बिगत चारवर्ष अघि अमेरिकाको राष्ट्रपति पदको निर्बाचनमा बाराक ओबामाले हर भाषणमा परिवर्तनका मन्त्र जपेको कारण बिजयी भएका हुन् कि भन्ने मनोबिज्ञानले होला सायद एड मिलीब्याण्डले आफ्नो भाषणमा एक लेबर पार्टीको मन्त्र लगभग ४ दर्जन पटक जपेका थिए । राजनैतिक पर्यबेक्षकहरुलाइ उक्त कुरा अनुमान गर्न कुनै गाह्रो परेन । बिश्वबिद्यालयको शुल्कमा बृद्धी, राष्ट्रिय स्वास्थ्य सेवामा परिवर्तन एवं शिक्षा निती साथै परीक्षा प्रणालीमा हुन लागेको परिवर्तनका बारेमा उनले औपचारिकता निभाउन दुइ चार शब्द मात्र बोले भने उनि एक पार्टीमा केन्द्रित रहे । मानौ उनको पार्टी फुटेको छ र अव एक पार्टीले मात्र समस्या समाधान गर्ने छ ।
उनले बेलायतको युरोपियन युनियनसंगको सम्बन्ध चिसिएको बारे केही नबोल्नु पनि बेलायती जनताको युरोपियन युनियन प्रतिको धारणा बारे अनबिज्ञ भएर हो कि भन्ने अनुमान गर्न सकिन्छ । उनि प्रतिपक्षी दलका नेता निर्वाचित भएपछि उनको पार्टीले अन्तरराष्ट्रिय राजनिती प्रति गंभीर भएर चासो देखाएको पाइएको छैन । त्यतिमात्र नभएर स्कटलैण्ड स्वतन्त्रताका निम्ति हुन गैरहेको जनमत संग्रहकाबारेमा पनि उनि आफ्नो पार्टी सम्मेलनमा गंभीर भएको पाइएन । अर्थात उनले खुलेरै पक्ष वा बिपक्षमा बस्ने भन्ने निक्र्योल गरेको पाइएन । उनको यस प्रतिको प्रायः मौनताले समग्र लेबर पार्टीलाइ स्कटलैण्डको स्वतन्त्रताको सवालमा आगामी २०१४ सालमा हुन गइरहेको जनमत संग्रहमा प्रश्ट धारणा बनाउन समेत असहज भैरहेको कुरा लेबर पार्टीका अन्य नेताहरुले ब्यक्त गर्दै आइरहेका छन् ।
उनले राष्ट्रिय स्वास्थ्य सेवामा ल्याइएको परिवर्तन बारे पनि औपचारिकता निभाएर दुइ चार शब्द बोले पनि भित्री गाँठो सम्म पुगेर गाँठो फुकाउने प्रयास गरेनन् । जुन बेलायत र बेलायती जनताका लागि दुर्भाग्य हो ।
२०१५ सालमा हुने आम निर्वाचनमा अन्य थुप्रै मुद्धाहरु सहित एन् एच् एस् रिफर्मको मुद्धा प्रमुख बनेर आउने छ । किन भने स्वास्थ्य मन्त्री आन्द्रेउ लेस्लीले गतबर्ष ल्याएको स्वास्थ्य सेबा बारेको सुधार योजनाका कारण बेलायतको स्वास्थ्य सेबा युरोप युनियन भित्रका अन्य मुलुकहरुको भन्दा कमजोर भएको छ । जनरल प्राक्टिशनरहरु (जीपी)लाइ आबश्यकता भन्दा बढी अधिकार दिएर यसलाइ ब्यापारीकरण गरिएको छ । कुनै पनि बिरामीले आफूलाइ बिश्वास लागेका पाँचवटा अस्पताल छान्न पाउने अधिकार दिइए पनि जी पी भित्र रहेको ब्युरोक्रेसीले सुरुमै तगारो लगाइ दिन्छ । यस भित्र अझ रमाइलो त के छ भने जी पीलाइ प्रशस्त अधिकार दिइएपनि कर्तब्यको प्रश्ट ब्याख्या नगरिदा एउटा जी पीले आफ्नो अधिकार भित्र नभएको भनी टार्ने र अर्को जी पीले मेरो जिम्मेवारी भित्र पर्दैन भनी पन्छिन सहज भएको छ । राष्ट्रिय स्वास्थ्य सेवामा ल्याइएको नयाँ परिवर्तनमा अधिकार, कर्तब्य र जिम्मेवारीको प्रश्ट ब्याख्या नगरिदा थुप्रै बिरामीहरु अलमल्लमा परेका छन् । उपचारमा ढिलाइ भैरहेको छ । राष्ट्रिय स्वास्थ्य सेवाको सुरुवात गर्दा राष्ट्रिय बिमा (एन् आइ) बाट उठेको रकम एउटै घैटोमा राख्ने र गरीव र धनी सबैलाइ समान स्वास्थ्य सेवा दिने उद्धेश्य रहेको थियो । अस्सीको दशकमा मार्गरेट थ्याचरले प्राइभेट अस्पताल खोल्न पाउनु पर्ने कुरा उठाएकि हुन् र उनले प्राइभेटाइजेशन गर्ने क्रममा हुलाक सेवा, लण्डनको मेट्रो र राष्ट्रिय स्वास्थ्य सेवाबाट सुरु गरेकी थिइन् । टोनी ल्बेयरका पालामा पनि राष्ट्रिय स्वास्थ्य सेवा प्राइभेटाइजेशन गर्ने कामलाइ निरन्तरता दिइयो । गोर्डोन ब्राउनले यसलाइ अली मत्थर गराउने प्रयास गरेका थिए । तर कन्जरभेटिभ पार्टीका तर्फबाट ब्राउनको राष्ट्रिय स्वास्थ्य सेवामा ल्याइएको प्राइभेटाइजेशनको कामलाइ मत्थर गराउन लागेकोमा घोर बिरोध भयो । आफ्नै पार्टी भित्रै पनि टोनी ल्बेयरका पक्षधरबाट ब्राउनले सहयोग प्राप्त गर्न सकेनन् । २०१० सालको निर्बाचनबाट डेबिड क्यामरुन सत्तामा आए पछि राष्ट्रिय स्वास्थ्य सेवालाइ खुल्ला बजारमा लगे । राट्रिय बिमा दर पनि बढाए । लण्डनमा यी दुइ बर्ष भित्र मात्र राष्ट्रिय स्वास्थ्य सेवाका चार अस्पताल बन्द भैसकेका छन् । छ हज्जार नर्सहरुले आफ्नो जागीरबाट हात धोइसकेका छन् । अर्को तिर लण्डनमा मात्र पाँच वटा प्राइभेट अस्पताल स्थापना भएका छन् । जहाँ प्राइभेट शुल्क तिर्न सक्ने बिरामीहरुको मात्र रेख देख गरिन्छ ।
बिश्वबिद्यालयको शुल्कमा गरिएको बृद्धीले समग्र बेलायतीहरुलाइ मार परेको छ । यसले बिद्यार्थी एवं उनका आमा बाबुलाइ मात्र होइन बिश्वबिद्यालयलाइ त झन दोहरो मार परेको छ । पहिले बिश्वबिद्यालयको शुल्क चारहजार सम्म हुदा बिद्यार्थीहरु खचाखच आउने गर्थे, उनिहरुको योग्यता र क्षमता हेरेर छनोट र भर्ना प्रकृया अगाडि बढाउन सहज थियो तर यसबर्ष देखि बिश्वबिद्यालयको शुल्क तिर्न सक्ने बिद्यार्थीले मात्र दर्खास्त हालेका छन्, थुप्रै योग्यता र क्षमता पुग्नेहरु आर्थिक अभाबका कारण दर्खास्त हाल्नबाट समेत बन्चित भएको कुरा संचार साधनका प्रथम पृष्ठमा छापिएका छन् । जसले गर्दा बिश्वबिद्यालयमा बिद्यार्थी संख्या घटेको छ ।
यस अघि बिद्यार्थीहरुबाट बढीमा चारहजार सम्म मात्र शुल्क लिइन्थ्यो र बिश्वबिद्यालयलाइ बिद्यार्थी भर्ना संख्या हेरीकन सरकारले एकमुष्ट रकम अनुदान दिने गर्दथ्यो । तर यसपाली देखि बिश्वबिद्यालयलाइ सरकारबाट दिइने अनुदान कट्टा गरियो र बिद्यार्थीको शुल्कबाट त्यो रकम असुल्ने योजना बनाइयो । यसको अर्थ हो सरकारले उच्चशिक्षामा पनि लगानी गर्न बन्द ग¥यो र बिश्वबिद्यालय आफ्नै स्रोतबाट संचालन गर्नु पर्ने भयो । एकातिर सरकारबाट आउने अनुदान कट्टा हुनु अर्कोतिर यथेष्ठ बिद्यार्थीहरुको दरखास्त नआउदा कक्षा कोठा खाली हुनुले बिश्व बिद्यालयले आर्थिक भार थाम्न नसक्ने हुन जान्छ । यसरी उच्च शिक्षालाइ पनि ब्यापारीकरण गरियो । अहिले सरसर्ती हेर्दा यो मार गरीव जनतालाइ मात्र परेको देखिए पनि निकट भबिश्यमै दक्ष जनशक्ति उत्पादन गर्न नसकेर समग्र बेलायतलाइ पर्ने छ ।
सत्ताशीन पार्टीहरु एवं प्रतिपक्षमा रहेका पार्टीहरुले आफ्नो बार्षिक अधिबेशनमा नितान्त छलफल र बहसमा ल्याउने पर्ने थप कुराहरु के थिए भने युवा बेरोजगारी समस्या, युरोपियन युनियनसंगको चिसिएको सम्बन्ध र स्कटलैण्डको स्वतन्त्रताको सवालको प्रश्न । तर दुर्भाग्य उपरोक्त कुनै पनि सवालमा गंभीर भएर नत सत्तासिन पार्टीहरुले बहस गरे नत प्रतिपक्ष पार्टीले । यसले के प्रश्ट संकेत गर्छ भने कन्जरभेटिभ पार्टीले जे गरिरहेका छन् गरिरहने, लिबडेमले त्यसको समर्थन गरिरहने अनि प्रतिपक्षमा रहेको लेबर पार्टीले “मौनं सम्मती लक्षणम्”को निती लिइरहने ।
बेलायतमा देखिएको अर्को राजनैतिक सेनारियो केहो भने, शिक्षक, बिद्यार्थी र मजदुर संगठनहरु सडकमा उत्रीरहेका छन् । गत २० अक्टोबरका दिन ल्गास्गो, बेलफास्ट र लण्डनका सडकहरु प्रदर्शनकारीहरुले भरिए । २० अक्टोबरका दिन शिक्षक, बिद्यार्थी एवं मजदुरहरुले जुलुस प्रदर्शन गर्ने छन् भन्ने कुरा छ महिना पहिलेनै घोषणा भएको थियो । यद्यपी यसपालीको जुलुस प्रदर्शन गत मार्च २६ तारिकको जत्तिको ठूलो हुन सकेन । गत बर्ष जुन र नभेम्बरमा भएका आन्दोलनमा जस्तै सरकारी कर्मचारीहरुको सम्लग्नता रहेन यसपाली । तर पनि डेडलाख भन्दा धेरैको संख्यामा उपस्थित लण्डनको जुलुस प्रदर्शनले भने बेलायतमा अव राजनैतिक बिकल्प देखा परेको संकेत गरिरहेको थियो । साही दिन नेपाली दुताबास कार्यालय लण्डनले दशैको भेटघाट कार्यक्रम राखेको थियो । एउटा मट्याङ्ग्राले दुइवटा चरा मार्ने भनेझै म यही निहु पारेर पाँच बजेतिर हाइडे पार्कमा मजदुर संगठनका नेताहरु एवं एड मिलीब्याण्को भाषण सुन्न पुगेको थिंए । लेबर पार्टी नेता एड मिलीब्याण्डले जव त्याहाँ आगामी लेबर सरकारले “सदाचारीतामा कष्टकर बिकल्प” हुने छ भनिरहदा लाग्थ्यो यो सदाचारिताको अन्त्य २०१५ सालको निर्बाचन पछि पनि हुने छैन । त्यती मात्र होइन मिलीब्याण्डले आन्दोलनकारीहरुको मनोबिज्ञान केहो ? यत्रो ठुलो संख्यामा आन्दोलनमा हुम्मिनुको पछाडि जनतामा कुन मनोबिज्ञान र कस्तो परिवर्तनको चाहानाले काम गरेको छ भन्ने बुझ्न सकेको पाइएन । भोली पल्टको डेली मिररमा एड मिलीब्याण्डको भाषण प्रकाशित भएको थियो । त्यहा पनि मुलुकको समस्याको बिकल्प खोज्ने प्रयास गरेको पाइएन । मिलीब्याण्ड आरोप प्रत्यारोपमै सिमित थिए । आन्दोलनको रिपोर्टमा डेली मिररले अन्य मजदुर संगठनका नेताहरुको भाषण प्रकाशित गर्ने हिम्मत गरेको थिएन । जवकि त्यहाँ युनाइट युनियनका लेन म्याक ल्काउसी, आर एम् टी युनियनका महासचिव बब क्रो र पीसी एस्का महासचिव मार्क सेर्बोट्काहरुले मुलुकमा देखा परेको राजनैतिक दयनियता, आर्थिक असफलता र सामाजिक असहिष्णुताका बारेमा सरकारको आलोचना गर्दै परिवर्तनको माग गरेका थिए । बिद्यमान पार्टीहरु सकारात्मक परिवर्तनको पक्षमा नरहे बिकल्प खोज्ने धम्की समेत दिएका थिए ।
बेलायतका राजनैतिक पार्टीहरुका ऐतिहाँसिक पृष्ठभूमी हेर्ने हो भने कन्जरभेटिभ पार्टी धनाढ्य उच्च बर्गहरुको हितका निम्ति गठित पार्टी हो र यसमा दरबारको वरी परी घुम्ने ब्यक्तिहरुको बर्चस्व रहेको छ । लेबर पार्टीको बेलायतका मजदुर संगठनहरुको राजनैतिक, आर्थिक एवं सैद्यान्तिक सहयोगबाट गठन र यसको बिकाश हुदै आएको पाइन्छ र १९९७मा टोनी ल्बेयरले लेबर पार्टीबाट न्यु लेबर पार्टी बनाए पछि यसको बेलायती मजदुर संगठनहरुसंगको सम्बन्ध चिसिएको हो । लिबरल डेमोक्रेटिक पार्टी यी दुइबीचमा रहेको मध्ययम र निम्न मध्ययम बर्गीयहरुबाट गठन भएको तथ्य संगत छ । यसको बिकाश हुने क्रममा थुप्रै मार्कसबादी चिन्तकहरु जो कम्युनिष्ट शासन ब्यबस्थाबाट असन्तुष्ट थिए, उनिहरुको प्रबेश भएको पाइन्छ । १८४८ मा कम्युनिष्ट पार्टीको घोषणा पत्र प्रकाशित भैसके पछि बेलायतका एक लिबरल डेमोक्रेट चिन्तक जोन स्टुवार्ट मिलले नन रेभुलुसनरी सोसालिजमको चिन्तन सहित लिबरल डेमोक्रेटिजमको ब्याख्या गरेपछि बिश्वका तमाम आफुलाइ समाजबादी चिन्तक भन्न मन पराउने अपरचुनिष्टहरु लिबरल डेमोक्रेट तिर आकर्षित भएको हुन् । समाजबादको बिकल्पका रुपमा फेबियाबादको बिकाश पनि बेलायतबाटै भएको थियो ।
यो लेख मैले सत्य तथ्य मासिक म्यागजिनकालागि लेखेको हु र नोभेम्भर अंकमा प्रकाशित भएको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *