केजरीवालको लडाइ: मन्त्रालय….. ? वा सडक…… ?

दिल्लीका मुख्यमंत्री अरबिन्द केजरीवालले आफ्नो पार्टीलाइ आफ्नै सरकार बिरुद्ध सडकमा उतारेका छन् । Arvind_Kejriwalउनले दिल्लीका प्रहरी प्रशासनलाइ सर्वसाधारण जनताको रक्षा र सहयोगका लागि होइनकि अपराधीहरुको संरक्षणमा लागेको साथै आफ्नो आदेशको अपहेलना गरेको आरोप पनि लगाएका छन् ।
उनले भने “जव यो देशका नारीहरु सुरक्षित छैनन् भने रिपब्लिकन दिवश मनाउनुको कुनै अर्थ छैन ।”
मुख्यमंत्री अरबिन्द केजरीवालले यही जनवरी २६ तारिकका दिन भारतको रिपब्लिकन दिवश मनाउने प्रसंगमा उक्त कुरा भनेका हुन् र उनले आफ्नो पार्टीलाइ रिपब्लिकन दिवशका बिरुद्ध सडकमा उत्रन आदेश गरेका हुन् ।
जव जव प्रहरी प्रशासन र समग्र समाजमा स्थापित नभैसकेको राजनैतिक पार्टी झ्वाट्ट सरकारमा पुग्छ तव तव यसप्रकारका समस्याहरु देखा पर्दछन् । प्रहरी प्रशासनले उनिहरुको आदेश मान्न आनाकानी गर्दछन् । किनभने यसरी नपत्याउदो ढंगबाट सरकारमा पुगेका ब्यक्तिहरुमा प्रशासनिक कार्यमा अनुभवको कमि रहन्छ । दोस्रो प्रहरी प्रशासन र सरकारमा पुगेका ब्यक्तिहरुबीच एक अर्कामा बिश्वासको कमि रहन्छ । तेस्रो प्रहरी प्रशासनले गरिरहेको रजाँइमा कतै धक्का लाग्ने होकि भन्ने डर रहन्छ । चौथो प्रहरी प्रशासन भनेको बर्षौ देखि बसेको स्थाइ र मन्त्री मण्डल अस्थाइ, हिजो आफुहरुले नै लाठी लगाएका ब्यक्तिहरु आज आफुभन्दा माथी बसेर दिएको आदेश मान्न आबश्यक नभएको भन्ने मानसिकताको बिकाश ।
गत महिना सम्पन्न दिल्लीको निर्बाचनमा केजरीवाल निर्बाचित भएपछि नेपालीहरुका फेसबुकका भित्ताहरुमा “नेपालले पनि केजरीवाल जन्माउनु पर्ने” कुराहरुले रंगिए । अव भारतको कायापलटनै हुने जस्ता बिचारहरुले फेसबुकका भित्ताहरु भरिए । पार्टी गठन गरेको दुइवर्ष भित्र निर्बाचित भएर मुख्यमंत्री बन्नु सायद सजिलो थिएन । केजरीवाल पढेलेखेका र हिंजो प्रशासनमा उच्चपदमा बसिसकेका ब्यक्ति हुन् । उनले भ्रष्टाचारलाइ गहिरोगरी नियालेका छन् । त्यसैले उनले मुख्यरुपमा भ्रष्टाचार बिरुद्ध नारा अघि सारे । भ्रष्टाचार बिरुद्ध नारा बाबा रामदेवले पनि उठाइरहेका छन् । यस्तै अन्ना हजारेले पनि भ्रष्टाचार बिरुद्ध नारा अधि सारेका हुन् । उनिहरुको भ्रष्टाचार बिरुद्धको लडाइ दुइ बर्ष देखिकोमात्र होइन । उनिहरुले भ्रष्टाचार बिरुद्ध सामाजिक लडाइ लडिरहेका छन् । उनिहरुको लडाइ भ्रष्टाचारी पुलिस प्रशासन संयन्त्र र राजनेताहरु बिरुद्ध केन्द्रित त छदैछ त्यसमाथि पनि उठेर भ्रष्टाचार हुन साथ नदिन जनतालाइ प्रशिक्षित समेत गरिरहेका छन् । तर केजरीवालले राजनितीक लडाइ लडे । राजनैतिक लडाइमा उनले भ्रष्टाचार बिरुद्ध लड्न मन र बचनले लागे । अर्थात उनको लडाइको लक्ष्य राजनैतिक भ्रष्टाचार बिरुद्ध सोझियो । भ्रष्टाचार हुन राजनिती, पुलिस प्रशासन संयन्त्र एवं काला बजारिया ब्यपारीहरुको संलग्नता हुनु पर्छ । जसरी एउटा गाडि इन्जिन, चक्का, गेयर, एक्सिलेटर आदि सबै ठिक नभए गुड्न सकदैन त्यसरीनै भ्रष्टाचार पनि सबैजनाको मिलोमतो नभएसम्म हुन सक्तैन ।
भारतका सर्बसाधारण जनतालाइ बिकल्प चाहिएको थियो किनकि स्थापित पार्टीहरुले भ्रष्टाचार बिरुद्धको मुद्धा उठाएका थिएनन् । मुलुक भ्रष्टाचारले क्ष्यत बिक्ष्यत भैसकेको छ । यद्यपी बाहिरी आबरण भने भारत बिश्व अर्थतन्त्रमा बलिया मुलुकहरुमा गनिन पुगेको छ । तर त्यहाँ सम्पन्नता र बिपन्नताको दुरी अक्कासिदो छ । त्यसैले केजरीवालले चुनाव जिते । कसैले बिकल्प दिएर चुनाव जित्दैमा तुरुन्तै मुलुकको कायापलटनै भैहाल्छ भन्ने सोंच्नु गलत हो ।
यदि हामीले पहिलो सम्बिधानसभा निर्वाचन ताका कामरेड प्रचण्डले गरेका भाषण सम्झिने हो भने नेपाल दश बर्षमा स्विजरलैण्ड बनाउने उनको बचनले नेपाल अहिले सम्म कमसेकम जर्मनी जस्तो भैसक्नु पथ्र्यो । तर उनि सत्तामा पुगेपछि के गरे ? उनै हुन् जसले आफ्नै प्रहरी प्रशासन बिरुद्ध आफ्नो पार्टीलाइ सडकमा निम्त्याएका । त्यस पछि मात्र प्रहरी प्रशासन उनिबाट बिच्किएको हो । यद्यपी प्रचण्डमा प्रशासनिक अनुभवको कमि थियो, तापनि सुरुसुरुमा उनलाइ प्रहरी प्रशासनले भरमज्दुर सघाएको हो । नेपाली प्रहरी प्रशासनले समेत पनि बिकल्पको खोजी गरिरहेको थियो । यदि उनिहरुले प्रचण्डलाइ नसघाएको भए सम्बिधानसभाको पहिलो बैठकले गरेको राजतन्त्र फाल्ने निर्णयका बिरुद्ध सेना र प्रहरी खनिने थिए । प्रचण्डलाइ प्रधानमन्त्री बन्न दिने थिएनन् । तर त्यसो भएन । त्यति हुदाहुदै पनि उनले काम गर्न सकेनन्, किनभने उनमा दम्भ पलायो । उनि समग्र नेपालको प्रधानमन्त्री बन्न सकेनन् । उनी आफ्नै पार्टी भित्र सिमित रहे । उनले सम्पुर्ण क्षेत्रमा आफ्नो एकाधिकार चाहे । उनले चिनका माओत्सेतुङ्गको सिको गर्नखोजे । ६० बर्ष पहिलेको र आजको बिश्वको अवस्थामा ठुलो अन्तर आएको छ । ज्ञानको मापडण्ड फरक छ, इन्फ्राइष्ट्रक्चर र टेक्नोलजीमा जमिन आकाश फरक छ, समाजिक बनोटमा फरक भएको छ, वर्गीय चरित्रमा भिन्नता आएको छ । जव यति धेरै कुरामा फरक आएको छ भने  राजनैतिक अवस्था, यसको बिकाश र चिन्तनमा फरक हुनु स्वभाबिकै थियो । यो कुरालाइ प्रचण्ड र उनका कंपनिले बुझ्न सकेनन् ।
त्यस पछिका प्रधानमंत्री माधब नेपालले सबै पार्टीहरु र प्रहरी प्रशासनबाट सहयोग पाउन सकेनन् । उनलाइ एक्ल्याइयो । यहाँ सम्मकि आफ्नै पार्टी र सरकार साझेदारी पार्टी नेपाली कांग्रेस पार्टीको स्वर्थी घेरा भन्दा बाहिर निस्कन सकेनन् । एमाओबादीले माधव कुमारलाइ असहयोग गर्नु स्वाभाबिकै थियो । किनभने नेपालमा प्रतिपक्षमा बस्नु भनेको बिरोध गर्नुमात्र हो भन्ने बुझाइ छ । त्यति मात्र नभै उनिहरु लोकतन्त्रको मुल्य र मान्यताबाट अझै कोशौं टाढा छन् । जवकि २० वर्ष अघि देखि लोकतन्त्रको अभ्यास गर्दै आएका नेपाली कांग्रेस र एमालेले समेत यसलाइ बुझ पचाउछन् भने हिजो जंगलबाट बल्ल बल्ल सम्बिधानसभा भित्र पसेका एमाओबादीका लागि लोकतन्त्र शब्द अप्रिय लाग्नु कुनै अनौठो भएन । लोकतन्त्रको लामो अभ्यास बिना यसको मुल्य, मर्म र मान्यता बुझ्न कठिन मात्र होइन प्रायः असम्भव छ । तर पनि माधव कुमार नेपालले आफ्नै बलबुता र दुरदर्सिता प्रयोग गरी सेना समायोजन गर्न र अनमिन नामक बिदेशी भूत प्रेत मन्साउन सफल भए ।
यसपछिका प्रधानमन्त्री झलनाथ खनाल असफल हुनुमा उनिमात्रै दोषी हुन् भन्दा उनिमाथी अन्याय हुने छ किनभने उनि असफल हुनुमा पनि थुप्रै कारणहरु जेलिएको छ । साँचो शब्दमा भन्नेहो भने उनि प्रभानमन्त्री बनेको प्रकृयानै गलत थियो । उनलाइ पनि आफ्नै पार्टीपंती र नेपाली कांग्रेस लगायतका पार्टीहरुले असहयोग गरे । अर्कोतिर एमाओबादीले झलनाथ खनालको काँधमा बन्दुक राखेर पडकाउन थाल्यो । झलनाथ एमाओबादीको चंगुलबाट मुक्त हुन सकेनन् । उनका सहयोद्धाहरुमा प्रशासकीय अनुभवको पनि कमि रह्यो । पुलिस प्रशासनले उनलाइ असहयोग गरे । यस्तो बेलामा उनलाइ राजनैतिक जानिफकार र दुरदृष्टि भएको राजनैतिक सरसल्लाहाको जरुरत थियो, त्यो हुन सकेन । बरु खुट्टा तान्ने प्रबृत्ति हावी भयो ।
कुनै पनि काम गर्नु अघि मैले के काम गर्नु पर्छ ? त्यो काम किन गर्नु पर्छ ? र कसरी गर्नु पर्छ भन्ने कुराको एकिन हुनु पर्दछ । क प्रचण्डलाइ केकाम गर्ने भन्ने सायद ज्ञान थियो, अनि यो काम किन गर्ने भन्ने पनि तर यो कसरी गर्ने भन्ने प्रकृयागत अनुभव, ज्ञान र सरसल्लाहको कमि रह्यो ।
यही समस्या अहिले दिल्लीमा परेको हो । अरबिन्द केजरीवालाइ के गर्ने, किन गर्ने भन्ने राम्रोसंग ज्ञान छ तर कसरी गर्ने भन्ने प्रकृयाका बारेमा सही सरसहयोग र सरसल्लाहाको अभावमा उनले आफ्नो सरकारका बिरुद्ध आफ्नै पार्टीलाइ सडकमा निम्त्याएका हुन् । उनको यसप्रकारको दोगला चरित्रले उनको राजनैतिक जीबन मसानघाटमा पुग्ने सम्भावना रहन्छ । जसरी प्रचण्डले यस्तै दोगला चरित्रका कारण दोस्रो सम्बिधानसभाको निर्वाचनबाट नराम्रो हार खानु परेको थियो ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *