ओसामाको सुराकी अमेरिकाको राष्ट्रिय हिरो

पौराणिक कथाहरुका केही घटनाक्रम जस्तै भर्खरै अमेरिकाले ओसामा बिन लादेन पत्ता लगाउने गुप्तचर एजेन्सी सीआईएलाई सहयोग गर्ने पाकिस्तानी एक डाक्टरलाई राष्ट्रिय नायकको सम्मान दिने प्रस्ताव ल्याएको छ । रामायणको कथामा रावणका साख्यै भाइ बिभिषणले रावणका बिरुद्ध सुराकी गरि रामलाइ सुचना दिएको कथा हामीहरुले र उत्तर भारतमा आदरका साथ पढिने गर्दछ । रामले पनि बिभिषणलाइ एक इमान्दार नायकको रुपमा लिएका थिए । इमान्दारिताको परिभाष पनि बडो अचम्मको हुदो रहेछ ? रामका इमान्दार बिभिषण उनका साख्यै दाजु रावणका लागि कति इमान्दार भए ? त्यसको तुलना सायद ती तीनजना(राम, रावण र बिभिषण)ले नै जानुन् । बिन लादेनका आफ्नै साख्यै भाइ नभए पनि एक मुसलमान डाक्टरले मुसलमानको धर्म लडाइ सुरु गरेका बिन लादेन बिरुद्ध सि आइ ए लाइ सुचना दिइ मराएको कारण ती डाक्टर अमेरिकाको राष्ट्रिय नायक हुने भएका छन् भने यही आरोपमा उनले पाकिस्थानको जेलको हावा खाइरहेका छन् ।बिनलादेनको बारेमा सुचना दिएर बिनलादेनको हत्या गराउन सघाउने डाक्टर शकील अफरीदीको इमान्दारिताको कसी लगाउने कसले ?
सिआइए का अनुसार यदि डाक्टर शकील अफरीदीले ओसामा बिन लादेन पाकिस्तानको एबोट्टाबादमा बस्दै आएको खबर नदिएको भए उनलाइ अहिले सम्म पनि मार्न नसकिने कुरा पटक पटक बताउदै आइरहेको छ ।
आतंकवादी संगठन मानिने अलकायदाका तत्कालिन प्रमुख एवं कुनैबेला अमेरिकाकै तेल ब्यायारका साझेदार ओसामा बिन लादेन पत्ता लगाउने गुप्तचर एजेन्सी सीआईएलाई सहयोग गर्ने पाकिस्तानी डाक्टरलाई राष्ट्रिय नायकको सम्मान दिने प्रस्ताव अमेरिकाको प्रतिनिधिसभामा पेश भएको छ । डाक्टर शकील अफरीदीले पाकिस्तानको एबोट्टाबादमा लादेन बस्दै आएको जानकारी सीआईएलाई दिएका थिए ।
त्यही सूचनाका आधारमा अमेरिकी सेनाले आक्रमण गर्दा लादेन मारिएका थिए भने त्यसको केही समयपछि पाकिस्तान सरकारले डाक्टर शकील अफरीदीलाई पक्राउ गरेको थियो । उनलाइ अहिले पाकिस्थानको जेलमा राखिएको छ अमेरिकी प्रतिनिधि सभामा पेश भएको उक्त प्रस्तावमा डाक्टर शकीललाई जेलबाट रिहा गराउन पहल गर्ने पनि उल्लेख छ । समाचार एजेन्सीहरुका अनुसार क्यालिफोर्नियाका कंग्रेस सदस्य डाना रोहराबशरले अन्य ९ सांसदहरुसँग मिलेर यो प्रस्ताव ल्याएका हुन् । रोहराबशर यूरोप, युरेशिया र अन्य सम्भावित खतरासँग जोडिएका कंग्रेसको उपसमितिका अध्यक्ष समेत हुन् ।
रोहराबशरका अनुसार सबै अमेरिकी डाक्टरहरु अफरीदीप्रति आभारी छन् । उनले लादेनलाई खोज्न सहयोग गरे । हामीलाई सहयोग गरेकै कारणले उनी र उनको परिवारले निकै ठूलो मूल्य चुकाउनु परिरहेको छ । अमेरिकी सेनालाई सूचना दिने क्रममा उनले आफ्नो ज्यान जोखिममा राखेका थिए भन्दै रोहराबशरले यत्रो ठुलो सहयोगीलाई अमेरिकी सरकारले बेवास्ता गर्न नहुने समेत बताएका छन् । डाक्टर शाकिललाई राष्ट्रिय नायकको सम्मान घोषणा गरिएमा उनको रिहाईका लागि पनि दबाब हुने अमेरिकी सांसदहरुको अपेक्षा छ ।
लादेन मारिएको तीन हप्तापछि सन् २०११ को मे महिनामा पाकिस्तानी सेनाले उनलाई पक्राउ गरेको थियो । त्यसपछि अमेरिकाले डा शाकिल लादेन हत्या प्रकरणका एकमात्र सूचनादाता रहेको स्वीकार्दै उनको रिहाइको माग गरिरहेको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *