उदारबादीहरुको अबशान हुदै

John Stuward Millकहिले सासुको पालो त कहिले बुहारीको पालो, यो नितान्त अनुभवले खारिएको नेपाली उखान मानव जीबनको हरेक क्षेत्रमा लागु हुने रहेछ । चाहे घर परिवारमा होस् चाहे मानव समाजका दैनिक जीवनमा होस्, चाहे समग्र राजनितीमा होस् । हो त्यही उखान चरितार्थ भएको छ हिजो समपन्न जर्मनीको संसदको निर्वाचनमा ।
१९४९ अर्थात दोस्रो बिश्व युद्धको अन्त्य पछि हरेक निर्वाचनमा कमसेकम ५ प्रतिशत र बढीमा २० प्रतिशत सम्म मत ल्याइ संसदमा पस्न र अन्य ठुला पार्टीहरुलाइ सरकार बनाउन भाइको भुमिका खेल्दै आएको लिबरल डेमोक्रेटिक सिद्धान्त बोकेको फ्राइय डेमोक्रेटिक पार्टी गत आइतबारको निर्वाचनमा संसद भित्र पस्न सफल भएन ।
जर्मनीको निर्वाचन नियमावली अनुसार संसदभित्र पस्न कम्तिमा ५ प्रतिशत भोट ल्याउनु पर्नेमा लिबरल डेमोक्रेटिक पार्टी(एफ्डिपी)ले ४दशमलब ८ प्रतिशत मात्र मत ल्याएर संसदबाट बाहिरिन बाध्य भयो । जबकि गत २००९को निर्वाचनमा १५ प्रतिशत भन्दा बढी मत ल्याएर संसदभित्र पसेर सेडेउ अर्थात क्रिस्टलिस डेमोक्रेटिक युनियनको कान्छो भाइको रुपमा मिलिजुली सरकारमा बसेको थियो तर यसपालीको निबौचन पछि भने एफ्डिपी पार्टीका ९६ जना संसद सदस्यहरु  बेरोजगार भएका छन् । शक्ति, शान र शासन खोसिएको छ । अर्कोतिर पश्चिम जर्मनीको इतिहाँसमै पहिलोपटक बामपंथी पाटी दी लिङ्के संसदमा तेस्रो शक्तिको रुपमा निर्बाचित भएको छ ।
जर्मनी भाषमा अर्को उखान छ झुटको खुट्टा छोंटो हुन्छ । हो यही भएको हो जर्मनीको उदारबादी पार्टीलाइ । जव कार्ल माक्र्स र फे्रडरिक ऐंगेल्सद्धारा प्रतिपादित कम्युनिष्ट पार्टीको घोषणा पत्र सार्वजनिक भयो तव संसारभरका पुंजीजीबिहरुको निधार पसिनाले निथुक्क भिज्यो । अनि संसारमा कम्युनिष्ट पार्टी प्रतिको आकर्षणलाइ बङ्ग्याउन संसारका केही अवसरबादीहरुले लिबरल डेमोक्रेटिक सिद्धान्तलाइ अगाडि सारे । लिवरल डेमोक्रेटिक सिद्धान्तका ब्याख्याता जोन स्टुवार्ड मिल जो १९सौं सताब्दीको साठीको दशकमा बेलयती संसदका सदस्य समेत थिए । अनि संसारभर लिवरल डेमोक्रेटिक चिन्तनलाइ दलाल पुजीबादीहरु एवं कन्जरभेटिभहरुको राजनितीको बिकल्पमा उभ्याइयो । त्यतिमात्र नभएर  लिवरल डेमोक्रेटिक राजनैतिक चिन्तकहरुले आफुहरुलाइ राष्ट्रिय पुजीपतिहरुको मित्र शक्ति, सहयोगी भनेर चिनाउन थाले । फलस्वरुप कम्युनिष्ट सिद्धान्तप्रति सहानुभुती हुने, समर्थन गर्ने मात्र नभइ कम्युनिष्ट सिद्धान्तबारे प्रशिक्षित ब्यक्तिहरुमा पनि लिवरल डेमोक्रेटिक सिद्धान्त प्रति आकर्षण पलायो । जसको कारण पहिलो बिश्वयुद्ध पछि लिबरल डेमोक्रेटिक पार्टीहरुले संसारका केही मुलुकहरुमा एकल राज्य गर्न सफल भए । अष्टे«लियामा पटक पटक पहिलो शक्तिका रुपमा आफुलाइ उभ्याउन सफल भयो । जर्मनीमा यसको गठनकाल देखिनै सरकारमा सहभागी हुदै आयो । बेलायतमा लिबरल डेमोक्रेटिक पार्टीका तर्फबाट प्रधानमन्त्री पदको सपथ समेत खाए । बीसौं सताब्दीको सुरुकाल देखि दोस्रो बिश्वयुद्ध पछि पनि संसारका बिकसित मुलुकहरुमा चाहे कन्जरभेटिभ पार्टीसंग होस् चाहे लेबर पार्टीहरसंग होस् सत्तामा जान सफल हुदै आइरहेको छ ।
उदारबादी पार्टीहरुको घोषणा पत्र हेर्यो भने कमयुनिष्ट पार्टीहरुको घोषणा पत्र भन्दा धेरै भिन्न पाइने छैन । तर राजनितीक काम र ब्यबहार भने घोषणा पत्रहरुमा लेखिएको भन्दा नितानत भिन्न पाइने छ । शताब्दीऔं सम्म यसले जनसमुदायलाइ सिद्धान्त र ब्यबहारबीचको खाडलको भुलभुलैयामा राख्दै आएको छ । अझ १९९०को दशक पछि जव नवउदारबादी सिद्धान्त प्रतिपादन भयो त्यस पछि संसारका सबैजसो राजनैतिक पार्टीमा नवउदारबादको सरुवा रोग सल्क्यो । नव उदारबाद परम्परागत उदारबाद भन्दा भिन्न र समयको परिवर्तन, माग, मुल्य र मान्यताको परिवर्तनसंग मेलखाने खालको बनेर प्रस्तुत भयो र आज संसारमा आफुलाइ कम्युनिष्ट वा पुजीबादको हस्ती हुं भन्नेहरु पनि नवउदारबादको सरुवा रोगबाट पिडित भएका छन् । त्यती मात्र नभएर उदारबादी शक्तिहरुले संसारका बिभिन्न मुलुकका निर्वाचन प्रणाल िसमेत आफ्नो पार्टी अनुकुलको बनाउने प्रयत्न मात्र गरेनन् कि सफल पनि भए । बेलायत स्थित लिवरल डेमोक्रेटिक पार्टीले बेलायतको निर्वाचन प्रणाली अनुसार आफ्नो बिजयी निश्चित नहुने भएकाले निर्वाचन प्रणाली नै परिवर्तन गर्नु पर्छ भनि प्रस्ताव ल्यायो । २०११ सालमा यसका लागि जनमतसंग्रह पनि भयो । उसले अल्टरनेटीभ भोटिङ्ग सिस्टमको प्रस्ताव ल्याएको थियो तर जनमतसंग्रहबाट सफल हुन सकेन ।
संसारका विभिन्न मुलुकहरुमा विभिन्न प्रकारका निर्वाचन प्रणाली रहेका छन् । जस्तै बेलायतमा अहिलेसम्म हुने गरेको निर्वाचन प्रकृयालाई ‘फस्ट पाष्ट द पोष्ट’ भनिने गर्दछ । यही प्रकृया अमेरिका क्यानाडा र भारत जस्ता ठूला मुलुकहरुमा पनि रहेको छ । फष्ट पाष्ट द पोष्ट निर्वाचन प्रणाली अन्र्तगत निर्वाचनमा उभिएका उम्मेदवारहरु मध्ये जसले धेरै मत प्राप्त गर्न सक्छ उही निर्वाचित हुने छ । यहा“ मतदाता संख्याको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ भन्ने हुदैन । यो निर्वाचन प्रणलीलाइ संसारको सवभन्दा पुरानो निर्वाचन प्रणली मानिन्छ ।
त्यस्तै अर्को निर्वाचन प्रणाली समानुपातिक प्रतिनिधित्व भन्ने पनि रहेको छ । जुन प्रणाली अन्र्तगत नेपालमा संविधानसभाको निर्वाचन भएको थियो ।
अर्को निर्वाचन प्रणाली हो, पार्टी लिष्ट सिष्टम । यो प्रकृया अन्र्तगत राजनैतिक पार्टीहरुले आफ्नो पार्टी भित्रका नेताहरुको पार्टी आन्तरिक निर्वाचनवाट एउटा लिष्ट तयार गरेका हुन्छन् । सोही लिष्ट अनुसार विजयी उम्मेदवार घोषणा गरिन्छ । जस्तै पार्टी ‘क’ ले आफ्नो लिष्ट तयार गरेको छ । पार्टी  ‘ख’ र पार्टी  ‘ग’ ले पनि । एक सय जना संसद सदस्यको निर्वाचन हुनु पर्ने छ भने यी सबै पार्टीले एक नम्वर देखि १०० नम्वरसम्मको नाम लिष्ट तयार पारेका हुन्छन् । निर्वाचनमा जम्मा ५० हजार मतदाताले भाग लिएका थिए र पार्टी ग लाई १८ हजार मत प¥यो, पार्टी  ‘ख’ लाई १७ हजार र पार्टी  ‘क’ लाई १५ हजार । अव यो परिणामलाई प्रतिशतमा बा“ड्दा पार्टी  ‘ग’ को ३६ प्रतिशत जस अनुसार ३६ जना सदस्य आफ्नो पार्टी लिष्टवाट संसद सदस्य पठाउन पायो । भने पार्टी  ‘ख’ ले ३४ जना अनि पार्टी  ‘क’ ले ३० जना ।
यस्तै अर्को निर्वाचन प्रणाली हो, मिश्रित निर्वाचन प्रणाली जसमा आधा संख्याका लागि फष्ट पास्ट द पोष्ट अर्थात प्रत्यक्ष्य निर्वान प्रणाली  अनि अर्को बा“की संख्याका लागि पार्टी लिष्ट सिष्टम । यस प्रकारको निर्वाचन प्रणाली जर्मनीमा रहेको छ । मिश्रित निर्वाचन प्रणालीलाइ फष्ट पास्ट द पोष्ट भन्दा अलि बिकशित निर्वाचन प्रणाली मानिन्छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *