इजिप्टः निर्वाचनको मुखमा

– शशी पौडेल
आगामी हप्ता इजिप्टमा दोस्रो चरणको निर्वाचन हुन गइरहेको छ । निर्वाचनका निम्ति मुस्लिम ब्रदरहुडका अग्र पंतिमा रहेको छ । मुस्लिम ब्रदरहुड एक मुस्लिमहरुको उग्र संगठन हो । २०११ मध्यपूर्बका लागि लोकतान्त्रिक आन्दोलनको बर्ष भनेर चिनियो । त्यतिखेर अर्थात आन्दोलन सुस्ताउन लाग्दा जनवरी २०११मा मैले इजिप्टमा भैरहेको लोकतान्त्रिक आन्दोलनको समीक्षा गरेको थिंए ।
लेनिन भन्छन् “ आन्दोलनकारीहरुले दुई कुराका निम्ति आन्दोलन गर्दछन् पहिलो कुरा हो पुरानै शासन व्यवस्था रहेसम्म जनता शासन सत्तामा पुग्न सक्तैनन् ।
दोस्रो शासकहरुले पुरानै व्यवस्थावाट अब शासन गरिरहन सक्तैनन् ।”
उक्त कुरा चार फरवरी २०११ को गार्डियनको सम्पादकीयमा उल्लेख छ ।
जव पूजीवादी शक्तिवाट संचालित संसार साधनले कुनै आन्दोलन वा जनसंघर्षका वारेमा लेख्नु प¥यो भने एकै प्रकारको निश्कर्ष निकाल्दछन् अनि एकै ढंगले प्रस्तुत हुन्छन् ।
गार्डियन र यस अघि वा अन्य बेलायती संचार साधनले हामीलाई इजिप्टमा अहिले जुन परिवर्तन आएको छ त्यो निकै पहिले हुनु पथ्र्यो भन्दै आइरहेका छन् । तर यदि इतिहासलाई हेर्दै जाने हो भने रुसमा स्तालिनको पतनपछि योजनावद्धरुपमा सोभियत संघ र यूरोपको आर्थिक कारोवार शुरु हुनुलाई “ एउटा इतिहासको अन्त” भनी प्रचारवाजी गरियो । यसलाई सकारात्मकरुपमा लिएर “एउटा इतिहास को शुरुवात” भन्न पुजीबादीहरुले सकेनन् । तर त्यो इतिहासको अन्त थिएन बरु इतिहाँसको शुरुवात थियो किन भने मध्यपूर्वकै कुरा गर्ने हो भने, त्यसपछि झन दर्जनौ शासकहरुले दशकौं सम्म तानाशाही व्यवस्था कब्जामा लिएर बसे ।
सर्वप्रथम तुनेसिया, इजिप्ट र लिवियामा जनताको भेल उठेर दशकौं सम्म अर्थतन्त्र, राजनीति र समाज समेतलाई कब्जा गरेर बसेको वलियो खम्बा ढाल्न आन्दोलित भए । यतिखेर अक्टोवर क्रान्ति ताका लेओन ट्राट्स्कीले विश्लेषण गरेको “दमिनो थेउरी“को उपमा लिदा अत्यूक्ति हुने छैन । किनकि तुनेसियाका राष्ट्रपति सर्वप्रथम भाग्न वाध्य भए त्यसपछि यमनका राष्ट्रपति सत्ताच्यूत भने त्यस पछि इजिप्ट । यसरी एकपछि अर्को गर्दै तानाशाहरुको बाहिर निस्कने ढोका खुल्न थालेको छ । मध्यपूर्वका जनताले त्यको विद्यमान अवस्था अव सहन गर्न सक्तैनन् । त्यसैले इजिप्टमा भएको आन्दोलनको मुख्यनारा इनअफ इज इनअफ (enough is enough) भन्ने रहेको थियो । यही नाराले नै उनीहरुले इजिप्टका हुस्नी मुवारकलाई घुंडा टेकाउन सफल भए ।
इजिप्टका हुस्नी मुवारकले खासगरी त्यहाँका मध्यम वर्गिय जनतावाट आफ्नो स्वार्थ अनुकूल राजनैतिक आर्थिक एंव सामाजिक फाइदा उठाउदै आएका थिए । तर जव मध्यम वर्गिय जनताले मुवारकको साथ दिन छोडे तव उनी सत्ता छोड्न वाध्य भएका हुन् ।
एक वामपन्थी पत्रकार सेमुस मिलण्यले यस भन्दा अघि सोही पत्रिकामा लेखेका थिए । उनकै शब्दमा “इजिप्टमा आन्दोलित अवस्था छ तर अहिले संघर्ष वा क्रान्ति भइसकेको छैन ।”
क्रान्ति किन भइरहेको छैन त ?
इजिप्टका राष्ट्रपति होस्नी मुवारकले सत्ता छोडेपछि आन्दोलनको गति रोकिएको छ । प्रश्न उठ्छ इजिप्टमा यतिछिटै किन आन्दोलनको गति रोकियो त? एकाएक आगोको मुस्लो जस्तै उठेको आन्दोलन सेलाउनुको पछाडि के लुकेको छ ? तुनेसिया र इजिप्टमा †
झण्डै चार दशकको अध्यारोवाट एकै चोटी मिर्मिरे प्रकाश आउन लाग्दा इजिप्टका जनतालाई माक्र्सवादी विषयगत प्रतिनिधिहरुको नेतृत्व प्रदान हुन सकेन । इजिप्टको जनसमुदायलाई यथार्थ कार्यक्रम दिएर एक कदम पछि अर्को गर्दै आन्दोलनलाई विकास गर्दै लानु पर्ने अवस्था सिर्जना हुनु अघि नै पूजीवादी शक्तिहरुले सत्ताको जिम्मा सैनिकहरुलाई दिन पुगे ।
अव इतिहासलाई यसरी हेरौं । रुसमा १९१७ को फरवरीको अन्तमा स्वतस्र्फुतरुपमा निस्केको आन्दोलनको राँकोको स्टेरिङ त्यहाका मजदुरहरुले समाएका थिए । ती मजदुरहरु पहिलो विश्वयुद्ध अघि नै वोल्सेभिक पार्टीवाट प्रशिक्षित थिए । वोल्सेभिक पार्टीको नेतृत्व लेलिनले गरेका थिए । आठ दिनको आन्दोलनले रुसी तानाशाह जारको शासनको अन्त गरेको थियो ।
त्यसपछि पनि केही राजनीतिक असझदारीका कारण त्यहांको सत्ता त्यहांको अर्को पुराना जारका सर्मथकहरुवीच मिलिजुली हत्याउन पुगे । त्यहाँ  सम्पूर्ण रसियनहरुको प्रतिनिधि पार्टी वोल्सेभिक आन्दोलित थियो ।
तर इजिप्टमा १९१७ ताका रुसमा भएको जस्तो वर्गिय पार्टी जसले सम्पूर्ण इजिप्टको प्रतिनिधित्व गर्छ । उपस्थित छैन । जुन सुकै पनि मुलुकको राजनीतिक परिवर्तन पछि त्यहाँको बलियो राजनैतिक पार्टीले तुरुन्त सत्ता सम्हाल्न सक्षम हुनु पर्छ र मात्र आन्दोलनकारी र जनताको प्रतिनिधित्व गरेको मानिन्छ । तर इजिप्टमा त्यस प्रकारको सबै तह,तप्का र इजिप्टका मजदुर किसानहरुको प्रतिनिधित्व भएको बलियो पार्टी उपस्थित छैन । त्यसैले त्यहाँ  सैनिकहरुले सत्ता हातमा लिन पुगे । सैनिकहरुले शासन हातमा लिनु भनेको आन्दोलनको चाहनाको विपरित हो र त्यस प्रकारका शासन सत्ताले जनताको प्रतिनिधित्व गर्दैन । किन भने इजिप्टको सैनिक भनेको हिजोको हुस्नी मुवारकका सैनिक हुन् । हुस्नी मुवारकको सत्ता भित्र जन्मेकाहरु आज सैनिक अधिकारी छन् । उनिहरुका निम्ति हुस्नी मुवारकनै सबैथोक हो ।
इजिप्टका राष्ट्रपति हुस्नी मुवारकले काउन्टर रेमुलुसन गर्न नखोजेको हैन तर उनका सेना जनविद्रोहको मुस्लोमा गोलावारी गर्न अझै तैयार भैसकेको थिएन । किनकि सेनालाइ थाहा थियो कि इजिप्टमा त्यस प्रकारको आन्दोलन पछि सत्ताको जिम्मेवारी लिन सक्षम सबै तह,तप्का र इजिप्टका मजदुर किसानहरुको प्रतिनिधित्व भएको बलियो पार्टी उपस्थित छैन भन्ने । यद्यपी इजिप्टको यहासम्मको परिवर्तन पनि रक्तपात विहिन थिएन ।
इजिप्टमा देखिएको परिदृष्टि के हो भने धनीवर्गका कामदार एंव मध्यमवर्गीय कामदारहरु यदि सडकमा उत्रिन्छन् र उनीहरु आफ्नो उद्देश्य थोरै मात्र खुलावोध भएको अवस्थामा छ भने क्रान्ति यसरी नै वीचमा छोडिने हुन सक्छ । तर यही प्रकारले स्वतस्फुर्तरुपमा उठेको आन्दोलनको नेतृत्व माक्र्सवादी पार्टीले लिएको छ र उनीहरुको उद्देश्य तानाशाहलाई बढार्ने हो भने मात्र संघर्षको गती रोकिदैन ।

त्यहाँका आन्दोलनकारीहरुले सडक खाली गरे तर उनीहरुको खास उद्देश्य त मुवारक फालेर अर्को सैनिक तानाशाह ल्याउने पटक्कै होइन । उनीहरुको उद्देश्य भनेको सम्पूर्ण इजिप्टेली जनता तानाशाही शासन ब्यवस्थावाट मुक्त हुनु हो ।
सरसर्ती हेर्दा तुनेसियामा भएको आन्दोलन, त्यहाँ आन्दोलनवाट प्राप्त उपलब्धी र इजिप्टमा भएको आन्दोलनको रुप एकै प्रकारको देखिन्छ । तर यी दुइ आन्दोलनकाबीच धेरै महत्वपूर्ण अबस्था र घटनाहरु फरक फरक छन् ।
तुनेसियामा सत्ताधारीहरु दुवै मुलुक भित्र र वाहिरकालाई त्यहाँको आन्दोलनले बढारेको थियो । यहासम्मकी त्यहाँको प्रहरीहरु र आर्मीहरु समेतलाई आन्दोलनकारीले अलग राख्न सके । वेन अलि र उनका नातेदारहरु समेतलाई मुलुकवाट भगाउन सफल भए । अन्यथा उनीहरुले आन्दोलनमा आफु वलिको बोका बनेको भनी इलाज खोज्न सक्दथे ।
तर इजिप्टमा त्यसो भएन । यद्दयपी इजिप्ट भनेको अरवको मुटुमा रहेको एक अति शक्तिशाली आठ करोड जनसंख्या थामेको र जहाँ ५ लाख भन्दा बढी त पोशाकी सैनिकहरु रहेका छन् । जहा सैनिकले सत्ता हातमा लिएपछि लोकतान्त्रिक निर्वाचन हुने भनिए पनि कुनै निश्चितता भने रहन्न ।
मुवारकको पतन
तीन दशकदेखिको तानाशाही शासन व्यवस्थाका नाइके मुवारकको शासन सत्ताको अन्त भएको छ । तर उनको सत्ता अहिले सैनिकको हातमा गएको छ । विश्व राजनैतिक पर्यवेक्षकहरुले भने अहिलेको इजिप्टको अवस्था १९५२ मा फालिएको त्यहाँको राजतन्त्रको अवस्थासंग तुलना गरेका छन् ।
इजिप्टको आन्दोलनले इजिप्टको सैनिकहरुलाई भने दुइ धुर्बमा बिभाजन गर्न सफल भएको छ । तुनेसियामा पनि सैनिकहरु दुई समूहमा विभाजित भएका थिए । तर इजिप्टको र्दुभाग्य के भने सैनिकको जुन समूहले अहिले सत्ता लिएको छ र छिट्टै लोकतान्त्रिक निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने भनिरहेको छ त्यो समूह कतै मुवारकवाटै संचालित त होइन ? भन्ने एक प्रश्न अनुत्तरित छ । किनकि सैनिक शासनले अमर मुसा हुस्नी मुवारकका परराष्ट्र मन्त्रीलाई समर्थन गरेको छ ।
सैनिकहरुले जनतालाई “प्यार” देखाउनु वा सहानुभूति देखाउनु राजनीतिमा प्रयाप्त हुदैन । सत्ता हातमा लिएका माथिल्ला सैनिकहरु समान्य सिपाहीको पक्षमा उभिएको हुनु पर्छ । तर यदि उनीहरुले हतियार हात लिएर तल्ला सिपाहीहरुलाई आदेश दिन थाले र गोली वारुद सहित इजिप्ट मार्च गर्दा इजिप्टको मुवारक पछिको रुप पनि जनताको विपक्षमा देखा पर्न सक्छ ।
सत्य कुरा त के हो भने चाहे मुवारकको शासन व्यवस्था होस् चाहे तुनेसियाको तत्कालिन अवस्था होस् यी दुवै साम्राज्यवादी शक्तिहरले मननपराउदै आएका छन् । इजरायलले भने यी दुवै देशहरुको विरोध गर्दै आइरहेको हो । अरवका लागि मुवारकको पतनलाई एक अर्थमा बाइस बर्ष अघि भत्केको बर्लिनको पर्खालसंग तुलना गर्न सकिन्छ ।
जव साम्राज्यवादी शक्तिहरुले पुराना सत्ताधारीहरुवाट अव आफ्नो स्वार्थ पुरा नहुने कुरा महसुस गर्न थाल्छन् तब त्यहाँ दुस्मनीको विउ रोप्न थाल्छन् । चाहे तुनेसिया होस् चाहे इजिप्ट । चाहे लिबिया चाहे विश्वका अन्य मुलुकहरु किन नहोस् ।
क्रान्तिकारी संविधान सभाको माग
इजिप्टका जनता यथार्थमा एक क्रान्तिकारी संविधानसभाको निर्वाचन होस् भन्ने चाहन्थे । निर्वाचन न त साम्राज्यवादी शक्ति न त हुस्नी मुवारक कसैको खेल मैदान बनोस् । उनीहरु स्वतन्त्र, लोकतान्त्रिक र निश्पक्ष निर्वाचनको पक्षमा छन् । हुन पनि इजिप्टमा स्वतन्त्र निश्पक्ष र लोकतान्त्रिक क्रान्तिकारी संविधानसभा मात्र इजिप्ट मजदुर र साना किसानहरुको समस्याको समाधानको वाटो देखाउने विकल्प हो ।
त्यहाँका मजदुर र किसानहरु इजिप्टमा एक समाजवादी लोकतान्त्रिक सरकार निर्माण होस् भन्ने चाहन्छन् । जसले समाजका सवै तह तप्का र वर्गको प्रतिनिधित्व गरोस् । त्यहाँको तत्कालको सवभन्दा ठूलो समस्या भनेको वेरोजगारी हो । त्यो मुलुक कृषि प्रधान मुलुक होइन जहाँ अन्य रोजगारी नभए पनि कृषि उत्पादनवाट मानिसहरु बाँच्न सकुन् ।
यी सबै भन्दा पनि अझ महत्वपूर्ण कुरा त्यहाँको लागि के हो भने त्यहाँका आन्दोलनकारी जनताहरुको मुख्य आवश्यकता भनेको राजनीतिक हतियार आफ्नो हातमा लिनु हो । त्यसैले त्यहाँका विद्धान, कलाकार, कानून व्यवसायी, मजदुर, किसान सबै वर्ग र तह मिलेर एक महत्वपूर्ण पार्टी गठन गर्नु पथ्र्यो । जुन पार्टीले जनतालाई विकल्प दिन सकोस् । साथै साम्राज्यवादी शक्तिहरुसंग टकराउन सकोस् । अन्यथा विश्वका अन्य कुना कुनामा देखिएको परिदृष्टि न्यूयोर्क र वासिंगटनको आदेशमा वमवाडी गर्ने देखि लिएर झुण्ड्याउने, काट्ने, मार्ने नियतीवाट इजिप्ट पनि मुक्त हुने छैन ।
पाकिस्तानको इतिहासले प्रश्ट पारेको छ कि पाकिस्तान एउटा मुसलमान राज्य हो तर साम्राज्यवादी शक्तिहरुको फुटाउ र राज्य गर भन्ने नीतिले आज त्यहाँ पनि शान्ति छैन । त्यहाँको भविश्य अन्धकार छ ।
इजिप्टको संघर्षले त्यहाँका हरेक जनतालाई परिचालित गरायो । त्यस भन्दा पनि माथि अरव राज्यहरुमा पनि शासन सत्ताको विरुद्ध लड्न त्यहाँका जनताको साहस रहेछ भन्ने देखायो । इजिप्टको आन्दोलन त्यहाँका शासकहरु —” लोकतन्त्र सबैका लागि राम्रो व्यवस्था होला तर अरव राज्यहरुका लागि होइन” भन्नेहरुलाई चोटिलो प्रहार हो ।
साम्राज्यवादी शक्ति एंव पूंजीजीवीहरुको आडमा तीन दशक भन्दा बढी तानाशाही शासन व्यवस्था चलाउदै आएका तानाशाही मुवारकले आफुलाई वलिको बोका सम्झनु कुनै जरुरी छैन । किनभने विश्वका जनताले आन्दोलनलाई कसरी हाँक्नु पर्दछ भन्ने सिकीसकेका छन् । वर्गको रुप, यसको चरित्र र यसको स्वार्थमा आएको परिवर्तनलाई पनि बुझि सेका छन् र यसलाई कसरी संचालन गर्नुपर्छ भन्ने पनि सिकीसकेका छन् । यसैले विश्वका जनताको मुक्तियुद्धको अन्त भएको छैन, यो त अव वल्ल शुरु भएको छ । यो मुक्तियुद्धको शुरुवात लेलिनले भने जस्तै दुई कुराका निम्ति हुने गर्दछ ।

मुवारकपतनपछिके ?
अचानक, हठात् स्वतः स्फुर्त रुपमा उठेका जनउभारले तुनेसिया इजिप्टका तानाशाहहरुलाई बढारेको यी मध्यपूर्व उत्तर अफ्रिकामा भएका राजनैतिक परिवर्तनले इरान, वहराइन, अल्जेरिया अन्य विश्वका थुप्रै ठाउँहरुका मजदुर, किसान युवाहरुलाई राम्रो पाठ सिकाएको
मुवारकको पतन त्यो ठाउँमा आएको सैनिक शासन दुबै साम्राज्यवादी शक्तिका पृष्ठपोषक भएकाले अब भविष्यमा इजिप्टको भविष्य कस्तो हुने भन्ने तर्क गरिनु स्वाभाविक रहेको विश्वका विभिन्न समुदाय क्षेत्रबाट जेसुकै तर्क गरिए पनि यस पंतिकारले निम्न कुराहरु वहसमा ल्याउन चाहेको
+ इजिप्टका विद्धान, कलाकार, कानून व्यवसायी, मजदुर, किसान सबै वर्ग, तह तप्कमा मिलेर एक बलियो समाजवादी लोकतान्त्रिक पार्टी गठन हुर्नु पर्छ जुन पार्टीले जनतालाई नेतृत्व विकल्प दिन सकोस्
+ जनताले सैनिक शक्तिप्रति विश्वास गर्नु हुदैन कुनै पनि शक्ति यदि मुवारकको पक्षका छन् भने तिनीहरुसँग सरकारमा सहभागी पनि बन्नु हुदैन
+ अहिलेसम्मका राजनैतिक बन्दीहरु तुरुन्त रिहा हुर्नु पर्छ, भन्ने आवाज उठाउनु पर्छ
+ पूर्णरुपमा राजनैतिक स्वतन्त्रता लागू हुन माग गर्नु पर्छ
+ मजदुर सँगठन, विद्यार्थी सँगठन जस्ता सबैप्रकारका जनवर्गिय सँगठनले स्वतन्त्रता पाउनु पर्छ
+ मुवारकका पालामा भएका अपराधहरुको छानविन हुनु पर्छ
+ एक समाजसेवी लोकतन्त्रवादीहरुको सँगठन गठन हुनु पर्छ जसले नागरिक अधिकारको संरक्षणमा बोल्न आवाज उठाउने अधिकार राखोस्
+ सत्ता सैनिकहरले लिएकाले सैनिकभित्र एक लोकतान्त्रिकरण कमिटि गठन हुनु पर्छ, सैनिक शासनलाई निरन्तरता दिनबाट उक्त कमिटिले बन्देज लगाओस् ता कि समयमै लोकतान्त्रिक मर्यादित, स्वच्छ निर्वाचन हुन सकोस्
+ सैनिक मुख्यालयबाट राजनीतिक शासन संचालन नहोस् सैनिक शासनले तत्काल किसान एवं मजदुरबाट एक लोकतान्त्रिक सरकार गठन गरी निर्वाचन प्रकृयातर्फ तुरुन्त कदम चालोस्
+ सैनिकले संविधान मिच्ने काम गर्नबाट रोक लगाइयोस्
+ इजिप्टलाई विस्तारै समाजबादी लोकतान्त्रिक इजिप्टको निर्माणतर्फ कदम चालियोस्
तब मात्र इजिप्टमा भएको अहिलेको आन्दोलनको सफलताको ईज्जत रहनेछ विश्वका अन्य मुलुकहरुले इजिप्टको उदाहरण लिन सक्ने छन्

 

Bookmark the permalink.

3 Responses to इजिप्टः निर्वाचनको मुखमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *