अष्ट्रेलियाली प्रधानमन्त्री समक्ष बुद्ध मूर्ति उपहार

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् । प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमनमन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो ।

सो अबसरमा नेपाली टोलीले बिश्वभर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्म नेपालका लुम्बिनीमा भएको जानकारी गराउँदै बुद्धको सन्देश फैलाउन मूर्ति हस्तान्तरण गरेको बताएका थिए ।

मूर्ति ग्रहण गर्दै प्रधानमन्त्री गिलार्डले नेपाली समुदायलाई धन्यवाद दिइन् । शान्तिका प्रतिक गौतम बुद्धको मूर्तिले आफ्नो कार्यालयमा सजाउन पाएकोमा खुसी प्रकट गरिन् । त्यसलगत्तै गिलार्डले आफ्नो कार्यालयको सोकेसमा बुद्ध मूर्ति सजाइन् ।

गौतम बुद्ध भारतमा जन्मिभएको भ्रम फैलाइरहेका बेला त्यसलाई चिर्न भन्दै बिश्वभर छरिएर रहेका नेपालीहरुले दुई बर्षअघि लुम्बिनी कपिलबस्तु अभियानको थालनी गरेको थियो । सोही अभियान अन्तर्गत गिलार्डलाई बुद्ध मूर्ति हस्तान्तरण गरिएको अभियानका बिश्व संयोजकले श्रेष्ठले बताए ।

त्यसलगत्तै नेपाली टोलीले अष्ट्रेलियाका अध्यागमनसम्बन्धी मन्त्री क्रिस बोएनलाई भेटेर कार्यक्रमबारे जानकारी दिनुका साथै अष्ट्रेलियामा नेपाली समुदायको अबस्थाबारे जानकारी गराएको थियो ।

बुद्धको मुर्ती उपहार दिदा प्रधानमन्त्री गिलार्डलाइ लेखेको पत्र जस्ताको तस्तै

Rt. Hon. Julia Gillard, MP
Prime Minister
Parliament House
CANBERRA ACT 2600

19 June 2013

Dear Prime Minister,

On behalf of the Nepalese community living in Australia, we wish to present you and the Australian Government the gift of a Buddha Statue for Parliament House in Canberra.

Buddha is revered as a Messenger of Peace. He is known as the Light of Asia but is also the Light of the World as his message of peace and non-violence has become more relevant as the world today is enduring more violence than ever before. We Nepalese are living in different parts of the world, therefore, have decided to spread the message of the Buddha globally by observing Lumbini-Kapilvastu Day every year as part of the World Peace Movement. We have decided to commemorate Lumbini, the birthplace of Gautam Buddha, by observing Lumbini-Kapilvastu Day as a global holiday in order to spread Buddha’s peace and nonviolence messages and to dismiss misinformation on Buddha’s birthplace all over the world.

“All of us can learn from the Buddha’s spirit of compassion. His timeless teachings can help us to navigate the many global problems we face today. The need for global solidarity may seem like a modern concept, but it is not. More than 2,500 years ago, Buddha taught that nothing exists in isolation, and that all phenomena are interdependent. Just as profoundly, he taught that we cannot be happy as long as others suffer and that when we do reach out, we discover the best in ourselves.” said UN Secretary General Ban Ki-moon.

We the Nepalese Community, therefore, would like to present you and the Australian government Buddha’s statue wishing Peace in Australia along with its prosperous development.

Ram Kumar Shrestha
Lumbini-Kapilvastu Day Movement Global Coordinator
2/4 Shara Court, Belmont, Vic 3216
ram.shrestha009@gmail.com

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *