अमेरिका यात्राको उपलव्धी ?

  • शशी पौडेल

हुन त बेलायतमा हामी नेपालीहरुका लागि राजनीति भनेको सुत्दा घुर्नुसरह बाहेक अन्य हुने छैन । हरेक हप्ता ढोका भित्र खुत्रुक्क छिर्ने पत्रिकाको लिफामा खोलेर बाहिर झिकेर हेर्नुको एउटै मात्र कारण प्रायः हुन सक्छ । हाम्रा सयभन्दा बढी बेलायतमा रहेका संगठनहरु मध्य  कसले कहाँ के गरे भनेर हेर्ने । तर राजनीतिको जकेट  भिर्ने जमर्को गरेकाहरुका लागि भने गत हप्ता साँचो अर्थमा निराशाजनक वितेको हुनुपर्छ ।
यस अघि बेलायती प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीचका विभिन्न भेट र बैठकमा महत्वपूर्ण निर्णय हुने गरेको पाइन्छ । जुन निर्णयहरु ग्लोवल इस्यूबारे भएको इतिहास साछी छ । इतिहास पल्टाएर हेर्ने हो भने चर्चिल र रोशभेल्टको भेटमा भएको बैठकमा यस्ता निर्णय भए जसले विश्व पुँजीवादीलाई विकसित गर्दै लैजाने मात्र नभएर वेलफेयर स्टेटको मोर्डन कन्सेप्ट तयार पा¥यो । जुन कन्सेप्ट समाजबाद बिरुद्ध ल्शो प्वाइजन बनेर जाइ लाग्यो ।
असीको दशकमा मार्गरेट थ्याचर र रोनाल्ड रेगनको भेटले शितयुद्धको बीचमा सोभियत संघबिरुद्ध जाने निर्णय ग¥यो । त्यसो गर्न समाजवादी शक्तिहरुको मन नजितिकन नहुने देखेर नव उदारवादी विचारको प्रतिपादन गरे । यद्यपी यी निर्णयहरु संसारका ९९ प्रतिशत मजदुर वर्गकोविरुद्ध थिए । जुन नव उदारवादी सिद्धान्तको उपज ग्लोबलाजेसनका कारण हिजो बिश्वको एक चौथाइ राज्य गरेको बेलायत विश्वको गरीव मुलुकको दर्जामा आउने होडबाजी गर्दै छ । जे होस  कमसेकम राजनैतिक परिचालन थियो । विचारको बहस थियो । तर आजको जस्तो मोर्डन फोटोग्राफी भने थिएन ।
माथिका यी तथ्यहरुलाई हेर्दा डेविड क्यामरोनको अमेरिका यात्रा लाजमर्दो रह्यो । राजनैतिक छलफलभन्दा फोटो पोजिसनहरु बढी आए । भोजभतेरले धेरै समय लियो । यद्यपी विश्वमा यती धेरै विषयहरु थिए, जुन छलफलमा ल्याउनुपथ्र्यो । जस्तै अफगानिस्तान युद्ध उपदेयताविना भैरहेको छ । इजरायल इरानमाथि बम हान्न तम्तयार भएर बसेको छ । रुसमा राजनैतिक अस्थिरता बढ्दो छ । यूरो कोलाप्स हुँदै गइरहेको छ र आफ्नै मुलुक बेलायतको अर्थतन्त्र अस्तब्यस्त छ ।
तर डेविड क्यामरोन भने पत्नीको खुसीका लागि हटडग खा“दै वासिङटनबाट नौ सय माइल राष्ट्रपतिको प्राइभेट एयरक्राफ्टमा सयर गर्छन् । ह्वाइट हाउसको चौरमा बास्केटबल खेल्छन् र सेलिब्रेटीसँग डिनर खान्छन् । फेसन शोमा भाग लिन्छन ।
जे होस डेविड क्यामरोनको समाचारले गत हप्ता ट्यावलोइटका पानाहरु भरिए– ‘क्यामरोन जोडी न्यूयोर्कमा’ । बेलायती प्रधानमन्त्री डेविड क्यामरोनको अमेरिका यात्राले बेलायतलाई भन्दा अमेरिकालाई बढी पाइदा पुग्यो । झण्डै एक दशक देखिको अफगानिस्तान युद्धले छलफलमा आवश्यक ठाउँ प्राप्त गर्न सकेन । डेविड क्यामरोन मुलुकभित्र जतिसुकै अहंकार र एरोगान्ट व्यवहार प्रस्तुत गरे पनि बाराक ओबामाका साथमा बस्दा भने दुवै हात आफ्ना दुई घुँडाले च्याँपेर बसेको बीबीसीमा प्रस्तुत तस्वीर हेर्दा अनौठो लाग्नु स्वभाविक थियो ।
हुन त यस प्लानेटका सबभन्दा शक्तिशाली नेता बाराक ओबामासामु मुन्टो उठाउन सक्ने नेता सायदै होलान् । जर्ज बुशको अगाडी टाउको उठाएर कुरा गर्न खोज्ने इराकका सद्दाम हुसेन सदाका लागि विदा भएर यो संसार छोड्नुप¥यो । क्यामरोन त आखिर अमेरिकी काँटाचम्चा नै हुन् । चम्चाहरु घोप्टो हुनु वा उत्तानो पर्नुको मूल्य एउटै हो । यस अर्थमा स्वभाविकै मान्नुपर्छ । तर जे होस् । क्यामरोनको यो यात्रामा विभिन्न चलचित्र नायक जस्तै (जर्ज क्लोनी)देखि लिएर फेसनकी रानी मानिने आना विनटोरका साथ खाना खाने जोहो भने मिल्यो । यसका साथै अमेरिकी राष्ट्रपति बाराक ओबामाका साथ दुई घण्टा लामो राजनैतिक कुराकानी गर्ने चाँजो पनि मिल्यो रे । जहाँ अफगानिस्तान, सिरिया र इराकबारे कुराकानी भए । कुराकानीमा अमेरिकी सेनाद्वारा १६ जना अफगानी सर्वसाधारणको हत्या भएकोबारे प्रतिरक्षा पनि गरियो । बीबीसीका अनुसार ६ जना बेलायती सैनिक मारिएको कुराले त्यहाँ त्यति महत्व पाएन, जति पाउनुपथ्र्यो । अचम्म, बेलायती प्रधानमन्त्री जसले आफ्ना सेना मारिएका छन्, त्यस विषयमा छलफल हुँदा उनकै शव्दमा ‘द सिचुएसन इज कन्सिडिरेवल इम्प्रुभ’ योभन्दा ठूलो निर्दयिताको उदाहरण अरु के होला ?

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *