प्रजातन्त्र मात्र सबैथोक होइन रहेछ दधीजी

Dadhiram Acharya१९९०मा बिश्वभर भएको प्रजातन्त्र स्थापनार्थको संघर्षले संसारभर थुप्रै परिवर्तनहरु ल्याए । नेपालमा पनि पंचायती ब्यवस्थाको जरा उखेल्यो । त्यसको बीशवर्ष नबित्दै अढाइ सताब्दीसम्म नेपालमा राज्य गरेको  शाहा बंशको समेत अन्त भयो । यही प्रजातन्त्र प्राप्तीका निम्ति संघर्ष गर्नेहरुमा भने अहिले बितिक्ष्णा पलाएको छ । अरु त अरु के बिशौं बर्षसम्म पञ्चायतको जरा उखेल्न ढोब खन्नेहरुले अहिले आएर अहिलेको प्रजातन्त्र भन्दा त बरु त्यसबेलाकै ठीक थियो, त्यतिबेला सुरक्षा थियो  भन्न थालेका छन् । उनिहरुमा यस्तो चिन्तन आउनुमा उनिहरुको दोष छैन । उनिहरु पुरातनबादी भएर होइन, उनिहरुले मुलुकको राजनितीलाइ पछाडि फर्काउन खोजेर होइन । मुलुक र मुलुकबासीहरु प्रति चिन्ता नभएर होइन, बरु के हो भने प्रजातन्त्रका नाममा राजनितीको ठेक्का लिएर बसेकाहरुको कुकर्मको कारणले हो ।
मुलुकमा प्रजातन्त्र छ भनौ भने नेपालको राजनितीमा प्रजातन्त्रको गुण छैन । मुलुकमा नत सरकार पक्षको कुनै स्थाइत्व छ र सरकारले निर्वाहा गर्नुपर्ने जिम्मेवारीको ज्ञान छ । न त मुलुकमा कुनै बिपक्षी दलको स्थाइत्व छ र यसले लिनु पर्ने जिम्मेवारीको ज्ञान छ । प्रजातन्त्र छैन भनौ भने मुलुकमा आधासय भन्दा बढी राजनितिक पार्टीहरु दर्ता छन् र हिंजो मुलुकको उत्थानका लागि भनेर गैती र बेल्चा समाएकाहरुलाइ यी पार्टीका नाइकेहरुले कुन पार्टी र त्यो पार्टीको पनि कुन दर्जामा राखेका छन् ? स्वयंलाइ थाहा छैन । त्यसैले होला इटहरीका एक रानितीक योद्धा दधीराम आचार्यले फेसबुकमा यस्तो कमेन्ट गर्दछन्  “मलाइ यि खाउ पार्टीहरूले कुन पार्टी र गुटमा बाडेका छन् मलाइँ थाहा हुने भएन । ३० बर्ष पन्चायती ब्यबस्थाको बिरोधमा बित्यो । अहिले २० बर्षदेखि यो खाउपार्टी तन्त्रको खोइरो खन्दै आइँ रहेको छु । जम्मा ५० बर्ष भयो । म कान्ग्रेस कम्युनिष्टकै पाठसालाबाट राजनीतिमा बिरोधको मोर्चा सम्हाल्दै आइरहेछु । माओबादीहरू पनि यसै पाठसालाबाट मारकाटको राजनीतिमा दाखिल भएका हुन् । बैचारिकरूपले यि सबै राजनैतिक आन्दोलनहरूमा मेरो पनि कूनैन कूनै सहयोगी वा बिरोधिको सम्बन्ध छ । बिरोधीहुनु पनि रचनात्मक बिरोध गर्नु पनि सहयोगनै गर्नु हो । सबै पार्टीहरूमा मलाइ चिन्ने साथीहरू हुनु हुन्छ । बास्तबमा मैले कूनै पनि पार्टी र ब्यक्तिको बिरोधँ गरेको हैन । ब्यहोराको बिरोध गरेको हो । मेरो कसै सग ब्यक्तिगत रिस इबी ँछैन । नीति र ब्यबस्थाको बिरोध गरेको मात्र हो । जस्तो भारतीय बिस्तारबादको हामी बिरोध गर्छौ । तर यो भारत र भारतीय जनताको बिरोध हैन । भारत र भारतीय जनता माहान छन् । त्यसै गरी नेपाली जनता पनि माहान छन् । दुबै मिलेर अन्य न्याय र स्वतन्त्रत्राको शक्तिहरू सग मिलेर सोशण र उत्पिडनको अन्त्य गर्नु हाम्रो स्बतन्त्रताको आन्दोलनको खोजी हो । नेपालका सबै राजनैतिक पार्टीहरूमा पनि राम्रा मानिसहरूको कमी छैन । तर गहिरो निन्द्राबाट बिउझिन बाकी छ । उनीहरूले नबुझेको कुरो के मात्र हो भने । मुक्ति र स्वतन्त्रताका आन्दोलनहरू अभिभाज्य हुन्छन् । सबैको सामुहिक मुक्तिसंग ब्यक्तिको पनि मुक्ति र स्वतन्त्रता जोडिएको हुन्छ । पार्टीहरूमा दुइ प्रकारका मानिसहरू हुन्छन् । एक थरी देश आम जनसमुदायको मुक्तिसंग आफ्नो पनि मुक्तीलाइ जोडेर निरन्तर आन्दोलनलाइ साथ र सहयोग दिने हुन्छन् । अर्को थरी संगठित पार्टीको हक हितका लागि प्रतिबद्ध हुन्छन् । एउटा संगठित शक्तिले देश र आम जनताको मुक्ति र स्वतन्त्रताको उदेश्यलाइ छाडेर आफ्नै पार्टी वा गुटको मुक्तिको पछि लाग्दछ भने त्यो संगठित शक्ति एउटा चोर डाकाको संगठन भन्दा फरक हुदैन । डाकाको समाज पनि आफ्नै समुहको स्वार्थका लागि समर्पित हुन्छ । संगठित लुट वा भागबन्डा प्रजातन्त्र होइन । राजनैतिक संगठन भनेको जनताको नासो हो । जनताको हक हित बाहेक उस्को कूनै बेग्लै कार्य सूचि हुनु हुदैन र हुन सक्तैन । तर याहा त जनताको नाम लिने राम नाम जपना सबै माल अपना भन्ने चलन बसेको छ वा बसाइएको छ। यो राजनीतिको भ्रष्टीकरणको नमुना हो । जब देशलाइ कसरी बनाउने वा बनाउन सकिन्छ भन्ने उपाय बारे जानकार मानिसहरू नीति निर्माण र कार्यान्बयन तहमा हुदैनन् त्यसबेला लुटनुनै राजनीतिको साद्ध़्य वा अभिष्ट बन्न पुग्दछ । जव साच्चिकै उत्पादन शक्तिलाइ बन्धन मुक्त गरिन्छ बिकासको बाढी सुरू हुन्छ त्यसलाइ रोकथाम गर्न सकिदैन । जसरी घनघोर अन्धकारमा एउटा सलाइको काटीले अन्धकारलाइ चिर्न सक्तछ त्यसैगरी बिकासको बाढीले सबैलाइ आफ्नु लपेटमा लिन्छ । जसरी मुक्ति र स्वतन्त्रता अभिभाज्य हुन्छ त्यसै गरी उच्च जीबन स्तर र आर्थिक सम्बृद्धी पनि अभिभाज्य छ । उदाहरणका लागि बजारमा आपूर्ति भएको सामान किनेर उपभोग गर्ने ग्राहकहरूको अभाब भयो भने माग हुदैन । माग हुनलाइ आम्दानी चाहिन्छ । आम्दानी नभै खर्च गर्न वा माग गर्न सकिदैन । आम्दानी गर्न रोजगार हुनु पर्दछ । बजारमा बेरोजगारी भयो भने आम्दानी हुदैन । आम्दानी बिना खर्च गर्न सकिदैन । बजारमा माग भएन भने उत्पादन र सेवाको आपूर्ति ब्यबस्था बढदैन । अर्थब्यबस्था कसरी चल्छ भन्ने एउटा सानो उदाहरण । एउटाको खर्च अर्काको आम्दानी । जति धेरै खर्च त्यति धेरै आम्दानी । जति धेरै आम्दानी त्यति धेरै खर्च । यसलाइनै आर्थिक क्रियाकलाप भनिएको हो । यो आर्थिक क्रियाकलाप जति घनिभूत हुन्छ बिकासले त्यही अनुपातमा फड्को मार्दछ । राष्टीय आय भनेको यही आय-ब्ययको चक्र हो । जति धेरै आय-ब्यय त्

यती धेरै बिकाश र जीबनस्तरमा बृद्धि हुने हो । यो पागल सरकारले कर र गैर कर राजस्वका श्रोतहरू सबै जनताको खल्ती रित्याएर राष्टीय ढिकुटीमा जम्मा गरिरहेको छ र बिकास बजेट जाम गरेर बसेको छ । पूजिगत खर्च हुन नसक्दा आर्थिक क्रियाकलाप र बिकासनै अबरूद्ध गरेर बिकासको भजमन गाँइ रहेको छ । स्मरण रहोस कूल ब्यय र कूल आय बराबर हुन्छ र यसैलाइ कूल गार्हयस्त उत्पादन भनिन्छ जस्ले अर्थतन्त्रको स्वरूप बिकसित वा अबिकसितको परिचय दिन्छ । बिदेशी उत्पादनको किनबेच मात्र हुने हो भने राष्टीय अर्थतन्न्त्र उत्पादन वा सेवाको प्रबाह गतिसील हुन सक्तैन ।”  उनले आफ्नो फेसकमा यसप्रकारको स्टाटस पनि राखेका छन् । उनको यो स्टाटस् बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेकालागि भने खुर्पाको बीण पक्कै हो । “पन्चायतलाइ निर्दलीय ब्यबस्था भनिएता पनि त्यो एक दलीयनै थियो । नेपालका पार्टीहरूले खोजेको पनि एक दलीयतानै हो । खिलराजको नेतृत्वको सरकारलाइ जे नाम दिएपनि यो निर्दलीय थिएन । गैर सम्बैधानिक शक्ति केन्द्र याने एक दलको नियन्त्रण र निर्देशनमा चलेको थियो । नेपालमा बहुदलीय ब्यबस्था छैन । यो त देखाउने पाटी मात्र हो । जसरी भागबन्डामा एक मत हुन्छन् त्यसले यस्को एक दलीय चरित्रको हुलिया दिन्छ । प्रतिपक्षमा बस्ने कसै संग धैर्य छैन । सबैलाइ चाहिएको सत्तानै हो । त्यसले नेपालमा बहुदलीय ब्यबस्था फाप्तैन भन्ने स्पष्ट भयो । तर कस्ले सत्ता कब्जा गर्ने भन्ने मात्र बाकी छ । एउटा पार्टी बहुमतमा आउने सम्भाबना छैन । राजनीतिको खिचडी कहिल्यै पाक्ला भन्ने छाँट छैन । यस्को अर्थ यस्तै अराजकता यस्तै भागबन्डालाइ कायम राखेर धमिलो पानीमा माछा मारिरहने तालसुर देखिन्छ । देश र जनता बेबारिसे भएको छ । बिदेशीले रोपेको र गोडमेल गर्न चाहेको पनि यस्तै ब्यवस्था हो । कहिल्यै सम्बिधान पनि नबनोस् । नेपालमा अस्थिरता र अराजकता रही रहोस् । बिदेशीहरूको खेल मैदान भइ रहोस् । हामीलाइ चाहिएको त लोकतन्त्र र बिधिको शासननै हो । तर त्यस्लाइ पाउन नसकेपछि कूनै नयाँ जंगबहादुर जन्मने लक्षण देखियो । अराजकता भन्दा त त्यो बढी जबाफदेही हुन्छ कि भनेर मानिसहरूले आशा पाल्न थालेको देखिदैछ ।”

Bookmark the permalink.

One Response to प्रजातन्त्र मात्र सबैथोक होइन रहेछ दधीजी

  1. सहि कुरा लेख्नु भएको छ ! जनतालाई चाहिएको शान्ति र सुरक्षा हो अनी त्यस पछिको बिकास ! पंचायतको पालामा कमसेकम शान्ति त थियो ! दुख गरेर काम गर्न कुनै रोकटोक थिएन ! अहिले त रोजगार त परै जावस पार्टी लाई लेबी र चन्दा दिंदाको हैरान !

Leave a Reply

Your email address will not be published. Required fields are marked *