“खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

Dipak-raj-and-bijaya-kumar-pandey-शशी पौडेल
अहिले नेपालमा आफुलाइ केही हजार मान्छेले चिने भन्ने लागेपछि एउटा पुस्तक लेखेर चर्चित हुन र प्रसंशा बटुल्न चाहनेहरुको घुइचो लागेको छ । कतिले आफैले लेखेर र कतिले भाडामा आत्मरती लेखाएर यसो गरिरहेका छन् । चारबर्ष अघि बिबेक शाहले “मैले देखेको दरवार” लेखेर खुव प्रसंशा बटुल्न चाहे । त्यसपछि पूर्ब प्रधान सेनापति रुकमागत कटुवालले भाडामा लेखाएर, अनि अहिले “सोधपुछे” पत्रकार बिजय कुमारले “खुसी” शिर्षकमा एउटा पुस्तक लेखेर अरुबाट निकै प्रसंशा बटुल्न चाहेका थिए तर यो पुस्तक प्रकाशन गरे पछि उनले नेपाली जनताबाट अहिलेसम्म पाएको इज्जतमा उल्टै दाग लाग्न थालेको छ ।
हुनत यसबीचमा अरु पुस्तकहरु प्रकाशन नभएका होइनन्, जस्तै हरिबंश आचार्यको “चिना हराएको मान्छे” तर उनले यो पुस्तकमा न त आफ्नो आत्मरती नै लेखेका छन् न त उनले कसैलाइ घोंच पेंच गरेका छन् बरु उनले समग्र नेपालीहरुलाइ यदि निरन्तर लागीरह्यो भने कुनै पनि काम गर्न आइ परेका दुख र कष्टले बाधा नपुर्याउने भन्ने जोस, जाँगर, उत्साह र आँट पलाउने सकारात्मक सन्देश दिएका छन् । यस प्रकारका पुस्तकहरु समाजमा प्रसंशित भएका छन् र खुसीसाथ त्यसको मुल्य तिरेर पढिएका पनि छन् । तर यदि पाठकले पुस्तक किनेको मुल्य प्रतिनै पछुताउनु पर्ने भयो भने त्यो भन्दा दुखद क्षेण पाठककालागि अरु कहिल्यै हुदैन । हो त्यही दुखद क्षेण आएछ हाम्रा चर्चित हाँस्य कलाकार दीपकराज गिरीलाइ । त्यसैले उनले आफ्नो फेसबुकमा बिजय कुमारले आफ्नो  पुस्तकमा हाँस्य कलाकारहरुलाइ अपमानजनक ढंगबाट  “खित्खिते” लेखेकोमा चित्त दुखाएका छन् ।
विजयकुमारले पुस्तकमा ‘टेलिभिजन खित्खिते (हास्य) कार्यक्रमले भरिए, यो त्यस्तो देश हो जहाँ नायकभन्दा खित्खितेहरु चर्चित भए ।’ भनेर लेखेका छन् । त्यसको जवाफ दिँदै दीपकले भनेका छन्- ‘बिचरा बिजयजी, जसलाई तपाई खित्खिते भन्नुहुन्छ, त्यसलाई हामी हास्यब्यङ्ग्य भन्छौं, सवै खित्खिते एउटै हुन्नन्, सवै खित्खिते कार्यक्रम खराव हुन्नन, तपाईको भाषामा मदनकृष्ण दाइ र हरिवंश पनि खित्खिते भए, जसलाई आजको मितिमा सवैभन्दा बढि सम्मान गर्छन नेपालीहरुले ।’ दीपकराज गिरीले विजयकुमारको कार्यक्रम टेलिभिजन शो दिशानिर्देशलाई सोधपुछे कार्यक्रको संज्ञा दिँदै ब्यंग्य गरेका छन्, ‘तपाईलाई पनि कसैले सोधपुछे कार्यक्रम चलायो भन्यो भने के हुन्छ ? अन्तवार्ता लिनु त्यही सोधपुछ त हो । अरुले गरेको कामलाई तपाईले के गर्नुभयो भनेर सोध्ने, यसमा तपाईले के गर्नु भयो र ? तर म त्यसरी सोच्दिन, तपाईको पेशा पनि संबेदनशील छ । जसले अरुको पेशालाई सम्मान गर्दैन उसले आफ्नो पेशालाई पनि न्याय गर्दैन ।’
दीपकराज गिरीको यो भनाइमा दम छ । किनभने यदि कसैले अरुको पेशालाइ अपमान गर्छ भने त्यसले आफुलाइ पनि मायाँ गर्दैन । त्यतिमात्र होइन यदि हामीले नेपालका हाँस्य कलाकारहरु र अन्तरबार्ताकार बिजय कुमारकाबीच उनिहरुको योगदानको तुलना गर्नेहो भने बिजय कुमार त सयौं गुना पछाडी पर्छन् । नेपालका हाँस्य कलाकारहरुले नेपाली जनतालाइ दिनु पर्ने सकारात्मक सन्देशमा हाँस्य ब्यंग मिसाएर प्रस्तुत गरेका छन् । हाम्रो समाजले बुझ्ने गरी सरल भाषामा प्रस्तुत हुने गर्छन् ।  उनिहरुले नेपालको राजनैतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका छन् । उनिहरुले संघर्ष गरेका छन् । उनिहरुले आँटीलो बाटो रोजेका छन् । नेपालका हाँस्य कलाकारहरुले नेपालमा असल सभ्यताको निर्माणका निम्ति योगदान दिएका छन् । असल सभ्यताले हामीलाई कस्तो खालको राजनीति, अर्थतन्त्र वा परिवर्तनले हाम्रो आवश्यकता पुरा गर्ने छ । र कस्तो परिवर्तनले मात्र हामी हाम्रो हातमुख जोर्न सक्षम हुने छौं भन्ने कुरा बताउने छ । अनि असल सभ्यताले हामीलाई राजनीतिक पार्टी र समाजबीच एकता गर्नु पर्दा  कस्तो रणनिती अपनाउनु पर्छ, कस्तो प्रकारको एकता हामीले गर्नु आवश्यक छ भन्ने सिकाउने  छ । त्यसैले  हाँस्य कलाकारहरुबाट पस्किने गरेका यस प्रकारका सन्देशहरुले मुलुकको आमूल परिवर्तनमा सघाउ पु¥याउने गर्छ । हाँस्य ब्यंग कला भनेको सभ्य समाज निर्माणकालागि नितान्त आबश्यक पर्ने मुलबाटो हो ।
चाहे हरिबंश र मदन कृष्ण भनौ चाहे मनोज गजुरेल वा चाहे दीपक राज गिरी भनौ वा नेपालका अन्य हाँस्य कलाकारहरुले आफुले जस्तोसुकै कठिन बेहोरेर पनि अहिलेसम्म हाँस्य कलाबाट मुलुकमा असल सभ्यता निर्माण गर्नका निम्ति लोकतन्त्रको मूल्य र मान्यताप्रति ध्यान दिनु पर्छ । समानता र आत्मनिर्भरताको बिकाश गराउनु पर्छ  भन्ने सन्देश दिइरहेका छन् ।  यस्तै  सर्वसाधारण जनताको सपना, आशा र आवश्यकता के हो ? उनिहरुले नेपालीहरुको आवश्यकता पहिलो प्राथमिकता हो भन्ने तर्फ सदा ध्यान पुर्याएका छन् । त्यसको ठीक बिपरित बिजय कुमारले सरकारी संरक्षण प्राप्त टिबीमा सुबिधायुक्त जागिर खाएका छन् उनले नत कुनै खतरा मोल्नु परेको छ नत हाँस्य कलाकारले जस्तो कृयटीभ चिन्तन गर्नु परेको छ । दीपकराज गिरीको फेसबुकमा उक्त स्टाटस देखेपछि मलाइ फणीन्द्रराज “खेताला”को “मनसंग” शिर्षकको कबिताको पहिलो चारपंतीले बिजयकुमारको ध्यानाकर्षण गराउन मन लाग्यो  ।
“रे रे घातक !! भन् तँ शान्तिपथको वास्ता नराखीकन ।
गर्छस् घात स्व-बन्धुको किन उसै चिम्लेर आँखा मन ।।
“मेरो यो म” भनी भुलेर भवको आदर्श बाटो त्यसै ।
गर्छस् भीषण कार्य यो रगतमा खेलेर पौडी उसै ।। ”

(तस्वीर दैनिक नेपाल डट कमबाट)

Bookmark the permalink.

One Response to “खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

  1. उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन ‘खुदा गवाह’ को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन जाँदा बच्चनले झारेको झ्याँको विजय कुमारले पक्कै बिर्सेका छैनन तर अबुझ सित कसको के लाग्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *