बाइ बाइ एलिजाबेथ !

Scotland Ref—शशी पौडेल
दुइ बसाहा साँढेहरुको जुधाइ हेर्न अव चारदिन पनि बाँकी छैन । अर्थात स्कटलैण्डले यही बिहिबार आफु स्वतन्त्र राज्य हुनेकी नहुने भन्ने निर्णय गर्ने छ । बेलायत र संसारका अन्य देशहरुमा पनि निकै चासोको बिषय भएको स्कटलैण्ड स्वतन्त्रताको सवालमा यही १८ सेप्टेम्बरका दिन जनमतसंग्रह हुदैछ । स्कटलैण्मा हुन गैरहेको जनमतसंग्रहले रानी एलिजाबेथलाइ बाइ बाइ भन्छ कि अथवा हामी बेलायतमै एक भएर बस्छौं भन्छ, समग्र संसारलाइ चासोको बिषय बनेको छ । Continue reading

चुनावी वहस

Campaigns and Election-शशी पौडेल
मैले बेलायतबाट ल्याएका पुस्तकहरु र मेरा केही नोटहरु भएको कागजको बक्सा खोल्ने फुर्सद बल्ल पाँए । बक्सा खोल्ना साथै २०१० साल मइ महिनाका टिपोटहरुमा मेरा आँखा पुगे । २०१० सालको मइ महिनामा भएको बेलायतको आम चुनाबका बेला  वेलायती मेडिया आइटिभीले वेलायतका प्रमुख तीन पार्टीका नेताहरुको खुल्ला वहस प्रस्तुत गरेको थियो । डेढ घण्टासम्म भएको यस प्रकारको वहस वेलायतको राजनीतिक इतिहासमा पहिलो  थियो । Continue reading

युरोपियन युनियनः डेबिड क्यामरुनको पहिलो हार

showdown-bruessel-शशी पौडेल
बेलायतसंगको बढ्दो दुरी, समस्यामुलक मुलुकहरु प्रति कम ध्यान पुर्याएको आरोप, पुर्बी युरापमा देखा परेको राजनैतिक समस्या र आफ्नै नेतृत्व चयनमा आएको बिबादहरुका बीच एउटा बुँदाको आधा मात्र समाधानको बिन्दुमा पुगेर युरोपियन युनियनको उच्चस्तरीय बैठक केही सययका लागि टुंगिएको छ । Continue reading

तेरो फासिष्टबादी चिन्तन तँसंगै राख

United Kingdomआज धेरै दिन पछि एउटा मिठो इमेल पढ्ने मौका पांए । इमेलमा लेखिएको थियो “तैले त्यतिबेला ठीक भनेको रहिछस् । बिदेशीहरु अझ खासगरी गोर्खा र यिनका परिवारहरु हाम्रो अर्थतन्त्रकालागि सकारात्मक रहेछन् । हाम्रो समाजका लागि असल रहेछन् । बरु मैले फेरी एक पटक अर्को गल्ती गरें र युरोपियन युनियनको निर्बाचनमा युकिपलाइ मेरो भोट दिएं । अहिले त कहाँ छस् मिल्छ भने एकपटक भेटौं न ।” Continue reading

इराक बिश्व मानचित्रबाट हराउने ?

Map of Iraq 1अमेरिका र बेलायतले २००३मा इराकमाथी सैनिक आक्रमण गरेको दिन देखि बलेको आगो इराकमा अहिले आएर झन दन्केको छ । इराकले कुबेत माथी कब्जा गरेको र अल का इदाका हर्ताकर्ता ओसामा बिन लादेनलाइ सहयोग पुर्याएको आरोपमा अमेरिकाको नेतृत्वमा बेलायतको संलग्नतामा इराकमाथी सैनिक आक्रमण गरेका थिए । सैनिक आक्रमण मात्र गरेनन् कि इराकका तत्कालिन राष्ट्रपति सद्धाम हुसेनलाइ झुण्ड्याएर मारियो । र एकजना अमेरिकी कठपुतली नुरी अल मालिकीलाइ प्रधानमन्त्रीको नाम वरणी गरे । त्यसैताका देखि बलेको आगो अहिले इराकमा गृहयुद्धमा परिणत भएको छ । Continue reading

एबर्डिनमा नेपाली भाषा

nepali language classमातृभाषा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यो नैसर्गिक अधिकारबाट कसैले पनि आफ्ना बाल बच्चाहरुलाइ बन्चित गराउनु हुदैन । तर दुर्भाग्य बेलायत लगायत अन्य मुलुकमा गै बसोबास गर्ने नेपालीहरुले यसकुरालाइ चटक्क बिर्सेको पाइन्छ । Continue reading

Cameron slammed for Rajapaksa handshake

british-prime-minister-david-cameron-meets-sri-lanka-president-rajapaksaTamil exiles in Britain voiced anger yesterday as David Cameron’s motorcade purred through their homeland between photocalls with their persecutors.

According to daily Morningstar hundreds of demonstrators clutching photos of missing relatives thronged the PM’s car as he drove through the northern city of Jaffna to a Commonwealth nations’ conference in Sri Lanka.

Mr Cameron , who visited a local library, a newspaper’s offices and a Tamil refugee camp, promised “a frank exchange of views” with president Mahinda Rajapaksa regarding the killings and disappearances. Continue reading

यसरी गर्दैछन् प्राइभेटाइजेसन

Margret Thatcherand david Cameronमानिसले सजिलो बाटो भए सम्म अप्ठ्यारो बाटो तय गर्न चाहान्न । यदि नजानेर वा थाहा नपाएर त्यसो गरी हाल्यो  भने पनि केही समयको यात्रा पछि सजिलो बाटो तिरै सोझिन्छ । यो मान्छेको स्वभाव हो । त्यसैले यदि भोलीका दिनहरु अप्ठ्यारा साँगुरा हुने भए भन्ने लाग्यो भने आजै देखि ती अप्ठ्याराहरुलाइ पन्छाउने प्रयार गर्छ मान्छेले । हो त्यही प्रयास गर्दै छन् अहिले बेलायतका कम्युनिकेशन वर्कर्स युनियन बेलायतले । यो युनियनमा अधिकाँश शाही हुलाक सेवामा कार्यरत कर्मचारीहरुको बाहुल्यता रहेको छ । कम्युनिकेशन वर्कर्स युनियनले अहिले  बेलायती सरकारको बर्तमान आर्थिक रवैया र हुलाक सेवा एवं रेलसेवा निजीकरण गर्ने योजनाका बिरुद्ध संघर्षको आव्ह्वान गरेका छन् । Continue reading

स्कटलैण्डः स्वतन्त्र राज्यबारे उठेका प्रश्नहरु

शशी पौडेल
केही समय यता बेलायती राजनैतिक बृत्तमा स्कटलैण्डको स्वतन्त्रताको प्रश्न फेरी उठेको छ  । यद्यपी २०१० को आम निर्बाचन प्रचार प्रसारक्रममा यस कुरालाइ सबै पार्टीहरुले थाती राखेका थिए । यहाँ सम्म कि  २०११ मा भएको स्कटलैण्डको निर्बाचन सम्म पनि स्कटलैण्ड स्वतन्त्रताको प्रश्न उठेको थिएन तर यो निर्बाचनमा स्कटिश नेशनल पार्टीले बहुमत ल्याए पछि हठात स्कटलैण्ड स्वतन्त्रताको प्रश्न उठायो । त्यतिखेर पनि स्कटिश जनताले यसबारे त्यति चासो दिएका थिएनन् तर बेलायती प्रधानमन्त्री डेबिड क्यामरोन र टोरी पार्टीले यसको बिरोध जनाए पछि भने स्कटिश जनताले यसबारे कान ठाडो गराए । Continue reading