डेविड र निकको पिलोको सानो खिल निस्कने

शशी पौडेल
बर्तमान मिलीजुली सरकारको पिलोको एउटा सानो खिल निकट भविश्यमै निस्कने भएको छ, जुन खबरले प्रधानमन्त्री डेविड क्यामरोन र उप प्रधान मन्त्री निक ल्केगलाइ खुसि तुल्याएको हुनु पर्छ ।  कन्टेवरीका आर्च विशोफ डा.रोआन विलिआम्स निकट भविश्यमै पद त्याग गर्दै छन् । गतबर्ष  चर्च र प्रधानमन्त्रीवीच वाकयुद्ध  भएको थियो । सामान्यतया चर्चहरु कन्जरभेटिभ चिन्तनका हुने हुंदा कन्जरभेटिभ सरकारको सर्मथन गर्ने हुन्छन् । अझ त्यसो भन्दा पनि जो हरेक हप्ता चर्चमा प्रार्थनाका निम्ति जान्छन् उनीहरुनै निर्वाचनमा भोट दिन जाने समुदाय हुन् र उनीहरुले प्राय जसो कन्जरभेटिभ पार्टीलाई भोट दिने गर्दछन् । चाहे अमेरिकामा होस्, फ्रान्स वा जर्मनीमा । तर  बेलायती चर्च अफ इङ्गलैण्डका आर्च विशोफले भने मिलिजुली सरकारको भरपुर आलोचना गरे  । Continue reading

सम्भवतः आगामी दलाइलामा एक नारी हुनेछिन् ? दलाईलामा

—शशी पौडेल
यही जुन महिनामा दलाइलामा बेलायत आउदै छन् । उनको उपस्थितीमा बी सी सी युकले अल्डरसटमा एक भब्य कार्यक्रम गर्न गइरहेको छ । सो कार्यक्रममा धेरै भन्दा धेरै नेपालीहरु उपस्थित भएर दलाइ लामाका ज्ञान बर्धक प्रवचन सुनेर ज्ञान हासिल गर्ने मौकाको फाइदा लिनु हाम्रो कर्तब्य हुने छ । किन भने मैले उनको प्रवचन २००७ सालको जुलाइमा जर्मनीमा सुनेको थिएं । त्यस पछि म बेलायत आएर बेलायतबाट प्रकासित हुने एक साप्ताहिक नेपाली सन्देसका लागि लेखेको पनि थिएं । दलाइ लामा बारे अरु बढी जानकारी हासिल गर्न र सो कार्यक्रममा भाग लिन अरुवढी पे्ररणा मिलोस भन्ने उद्धेश्यले २९ जनवरी २००८मा प्रकासित उक्त लेख मैले यहाँ जस्ताको तस्तै दिएको छु । Continue reading

आध्यात्मको गगनचुम्बी बिश्वास बनाउनु प¥यो —स्वामी आनन्द अरुण

— शशी पौडेल
ओशो वा तपोवन आश्रम नेपालीहरुका लागि अपरिचित होइन । तपोवन आश्रमका संस्थापक एवं ओशो गुरु स्वामी आनन्द अरुण अहिले बेलायतको यात्रामा रहेको बेला बेलायत स्थित नेपाली राजदूताबासले एक स्वागत सम्मान कार्यक्रमको आयोजना ग¥यो ।
बिश्वका बीश मुलुकमा आफ्नो प्रचार प्रसार पु¥याएर शाखाहरु खोल्न सफल ओशोको एक क्याम्प बेलायतमा पनि रहेको छ । ओशो स्वामी बिगत छ वर्ष देखि हरेक वर्ष ओशो क्याम्प बेलायतको निमन्त्रणालाई स्वीकार गरी उपस्थित जनाउने गरेका छन् । नेपालमा हरेक जिल्लामा आफ्नो ध्यान केन्द्र खोलेका ओशो एक ब्यक्ति एक संस्था नभै आफ्नो सिद्धान्तमा अडिग छ । बुद्ध धर्मसंग मिल्दो जुल्दो प्रकारको ओशो धर्म १९७०÷८० को दशकका चर्चित धर्म गुरु रजनिशको अर्को नामका रुपमा चिनिन्छ । Continue reading

तिब्बत आन्दोलनलाई हेर्ने आ“खा वहुआयामिक हुनुपर्छ

शशी पौडेल
वुद्ध धर्मका धर्मगुरु दलाइ लामालाई अमेरिकी एंव पश्चिमेली शक्तिहरुले तिब्बतको सिमित घेरा भित्रको चीन विरोधी राजनीतिमा सक्रीय गराउदै आए । दलाई लामालाई मात्र तिव्वतको नेता बनाई चीन विरोधी राजनीतिमा सक्रीय गराउनु उनको अपमान हो । उनी त अलास्का देखि दक्षिण अफ्रिका सम्म र जापान देखि अष्ट्रेलिया सम्म, समग्र विश्वमा बस्ने रहने मानव जातीका आदर पुरुष हुन् र विश्वमा छरिएर रहेका वुद्ध धर्मावलम्वीहरुका धर्म गुरु हुन् । गत बर्ष देखि वल्ल दलाई लामाले आफ्नो जिम्मेवारी तिव्वतको मात्र नभै समग्र विश्वको हो भन्ने बुझेको अनुभूति भएको छ । अव उनले चीन विरोधी राजनीतिक जिम्मेवारी आपूmले नलिने निर्णय गरेका छन् । Continue reading

अन्याएका बिरुद्ध जुध्नु प्राणी जगतको मनोबिज्ञान हो

शशी पौडेल
संसारको राजनितीक एवं सामाजिक परिवर्तनमा बिशेष गरेर बिद्यार्थी वर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । त्यस पछि मजदूर र किसान बर्ग । कुनै पनि काम एउटा बर्गले शूरु नगरे सम्म अगाडी बढ्दैन । राजनितीक एवं सामाजिक परिवर्तनका निम्ति गरिने आन्दोलन प्रायजसो बिद्यार्थी वर्गबाटै शूरु भएको पाइन्छ । यदि सामाजिक यथार्थताका गतिमान तरंग बुझ्ने शासकहरुले शासन गरेको खण्डमा जोसुकैबाट शुरु गरिएको भएपनि आन्दोलनहरु कामयाव हुन्छन् । तर यदि शासकहरु दृष्टिबिहिन भैदिए भने आन्दोलन, संघर्ष वा बिद्रोहले कुनै माने राख्दैन । बरु नरसंहार हुने सम्भावनाहरु रहन्छ त्यसैले आन्दोलनकारीहरु आफू शहीद हुन सक्ने मनोेबिज्ञानले समेत प्रेरित भएको हुनु पर्दछ । Continue reading

२५५६ औं बुद्ध जयन्ती

Gautam Buddha-शशी पौडेल

‘जसले मेरो शरीरलाई चिन्दछ, त्यसले मलाई चिन्दैन । जसले मेरो सिद्धान्त अथवा शिक्षालाई चिन्दछ, उसले नै मलाई चिन्दछ ।’ उक्त कुरा गौतम बुद्धले निर्वाणका बेला आफ्ना शिष्य भिक्षुहरुलाई भनेका हुन् । यसै प्रसंगमा बुद्धले एउटा अर्को कुरा थपेको पाइन्छ । ‘शरीरलाई पात्र मानौं र यसलाई ज्ञानले भरे पछि बुद्ध भयो ।’ Continue reading