जसले पनि राजनीति गर्ने, होलसेलमा राजनीति गर्ने -मनोज गजुरेल

— शशी पौडेल
नेपालको विकट जिल्ला तप्लेजुङमा आज भन्दा साढे तीन दशक अघि यो संसारमा पाइला टेकेका हा“स्यकलाकारले आमा बाबा भन्ने बोली फुट्नु अघि आफ्ना पिताबाट सदाका लागि अलग्गिन्छन् । लगभग सातबर्ष पछि एक्ली आमाले तराई झापा सार्छिन् । तर उनीहरु झापाको पानीको गन्ध मन नपराएर पुनः पहाड सर्छन् । Continue reading

मेहनत र भाग्यको समिश्रण प्रा सूर्य सुबेदी

-शशी पौडेल
पुरुषहरुको भाग्यको ढोकाको चुकुलको साँचो महिला अर्थात पत्नीले राखेकी हुन्छिन् । यदि भाग्यको साचो उनीहरुले खोलि दिएनन् भने बिर्को बन्द गरेर वोतल भित्र राखेको झिंगा सरह जति उडे पनि बोतल भित्रै रहने र अन्तमा थाकेर पखेटा खस्ने भए जस्तै हुन जान्छन् । यस अर्थमा पुरुषको सफलताका निम्ति पत्नीको महत्वपूर्ण योगदान रहेको हुन्छ । यस्तै प्राध्यापक सूर्य सुवेदीकी  अर्धाङिगनीले उनका इक्षा, चाहना र मेहनतलाई कदर गरेकाले उनले सफलता प्रापत गरेको कुरा बुझ्न उनीसंग नजिक हुनेलाई कुनै कठिनै पर्ने छैन ।
मेरी पत्नी पनि शिक्षित भएकाले मेरो सफलतामा उनको सहयोग र समर्थन छ । यदि उनलाई कसैले तपाई यति व्यस्त मान्छे कसरी परिवारलाई समय पु¥याउन सक्नु हुन्छ भनी सोध्यो भने उनको जवाफ उपरोक्त हुने छ । Continue reading

दौराको फेरो समाउन लगाउने र समाउने काम बन्द हुनु पर्छ

– शशी पौडेल
मैले बहुदलीय व्यवस्था आए पछि के फरक पाएं भने प्रहरीले जुन आफ्नो गतिमा जानु पर्ने हो त्यो गएन । यसको खासकारण प्रहरीमा राजनीतिकरण भएर हो भन्ने मान्यता मेरो हो । अर्थात प्रहरीमा राजनीति बढी हावी भयो । जस्तै प्रहरी सेवामा एउटा गलत मनोविज्ञानले काम ग¥यो । त्यो के भने मैले एउटा कुनै पार्टीको नेताको दौराको फेरो समातें भने मेरो पद बंच्दछ र बरु मेरो बढुवा पनि हुन्छ भन्ने । यो कुरा मुलुकको शान्ति र सुरक्षाका लागि हानीकारक हो ।
उक्त कुरा पूर्व एआइजीपी राजेन्द्र बहादुर सिहले एक कुराकानीमा बताएका हुन् । Continue reading

यो मैले मेरो मनमै राख्ने कुरा हो

-शशी पौडेल
काम गर्ने दौरानमा कमी कमजोरीहरु हुनु कसैको लागि पनि कुनै अस्वाभाविक कुरा होईन । तर कहिलेकाहीँ नीति, नियम र कानुनको पूर्ण अवलम्वन गर्दै इमान्दारीपूर्वक काम गर्दा पनि पाइने अनायसको अपजसले मन कुडिएर आउँदो रहेछ ।
उक्त कुरा चार बर्षदेखि बेलायतमा नेपालको तर्फबाट कुटनीतिक नियोगमा उप नियोग प्रमुख अर्थात दोस्रो वरियताका व्यक्तिका रुपमा कार्यरत झविन्द्र अर्यालले एक प्रंसगमा भनेका हुन् । हुन त उनी यी चार बर्षमा झण्डै आधा जसो समय कार्यवाहक राजदूत भएरै चलाए । एक अध्ययनशील, सहयागी, मृदुभाषी झविन्द्र बेलायवासी नेपालीहरुका माझ लोकप्रिय र सुपरिचित छन् ।
नेपालको परराष्ट्र मन्त्रलयमा कुटनीतिक अधिकृतको रुपमा बि. सं. २०४५ सालमा प्रवेश गरी साउदी अरेबीया, बेल्जियम र बेलायत गरी एक दशक भन्दा बढी समय कुटनीतिक नियोगमा काम गरिसकेका झविन्द्रले साउदी अरबको एउटा घटना कुनै प्रसंग चल्दा दोह¥याउन मन पराउछन् । उनले घटना यसरी शुरु गर्दछन्– घटना यस्तै १९९५ को अन्त तिरको हो । म साउदी अरेबियामा कार्यरत थिएँ । साउदी अरेबियामा काम गर्न जाने नेपालीहरुको सँख्यामा दिनानुदिन बृद्घि भैरहेको थियो । एकदिन अचानक त्यहा“को सरिया उच्च अदालत (पुनरावेदन तह) बाट राजदूतावास कार्यालयको प्रतिनिधिलाई बोलावट आयो  । Continue reading

“यदि कार्लमाक्र्स अझै जीवीत भए मैले तक्मा पाउने थिएं” –स्वामी आनन्द अरुण

—शशी पौडेल

पेशाले इन्जिनियर अनि लामो समय सम्म पेशागत अनुभव समेत प्राप्त गरेका आनन्द अरुण एकाएक गेरु वस्त्र पहिरिन आकर्षित हुन्छन् । चारदशक अघि भारतमा रजनीशलाई भेटेको बताउने आनन्द अरुण रजनीशको मनोवल, दृढता वाकपटुता र मानव सम्पदालाई चिरफार गर्न सक्ने क्षमताबाट आपूmमा रजनिशप्रति आर्कषण आएको बताउछन् । Continue reading