एनआरएनएको अर्को कुम्भ मेला

-रोशन राइ गत हप्ता जापानमा एनआरएनएको आठौं क्षेत्रीय भेला सम्पन्न भएको छ । त्यहाँ आउने जमात करिब २ सयको हाराहारीमा थियो । सहभागि व्यक्तिहरुकोबीचमा आफूले बोकी ल्याएको हरियो नेपाली पासपोर्टलाई जापानी अध्यागमन विभागको कठोर निगरानीप्रति उदेकलाग्दो चर्चा भएको थियो । कार्यक्रमको सञ्चालनदेखि अन्तिमसम्म लाग्दथ्यो कि एनआरएनए जापानको कार्यसमितिको औचित्य र… Continue reading

पुटिन रोएको एक दृश्य

सर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो ।

कहिले सासुको पालो कहिले बुहारीको पालो

राजनितीमा पनि यस्तै हुंदो रहेछ कहिले सासुको पालो कहिले बुहारीको पालो । गत आइतबार जर्मनीको एउटा राज्य साक्सनको संसदीय निर्बाचनमा अचानक गत दुइबर्ष अघि मात्र गठित अति दक्षिणपन्थी चिन्तक पार्टी अल्टरनेटिभ फर जर्मनी नामक पार्टीले दश प्रतिशत भन्दा वढी भोट ल्याएर चौथो ठुलो पार्टी बनेको छ । यस्तै जर्मनी एकता… Continue reading

धर्म ब्यापारिक केन्द्र बनेपछि

-शशी पौडेल साँचो अर्थमा धर्म भनेको यस्तो बिश्वास हो, जसलाइ अरु कुनै पनि लोभ, लालचले हल्लाउन सक्तैन । धर्म प्रतिको बिश्वासले संसारमा हज्जारौं पटक नरसंहार भएका छन् । र त्यसको क्रम जारी छ । भारतवर्षमा भएका रामचन्द्र र रावणबीचको युद्ध, महाभारत युद्ध र अहिलेसम्म जारी काश्मिर वा भनौ अयोध्यापुरी ।… Continue reading

क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

– गोविन्द बेल्वासे अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी। कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले ‘चलाउँ कि नचलाउँ’ भन्ने पनि बनाउँछ। क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन… Continue reading

अमेरिकाः बिभाजित मुलुक

—शशी पौडेल अमेरिकाको फेरगुसनमा केहिदिन यता देखिएका तस्वीरहरुलाइ नियालेर हेर्ने हो भने अहिले पनि अमेरिकामा रंगभेदको गन्धमात्र होइनकि रंगभेदका कारण त्यहाका जनता पिडित रहेछन् भन्ने बुझ्न कठिन पर्दैन । १४ सेप्टेम्बर २०१३का दिन नर्थ कारोलाइनको चारलोटे भन्ने ठाँउमा  गोरे प्रहरीहरुले एक २४बर्षीय कालाजातीको निहत्ता युबकलाइ गोली हानेर मारे । प्रहरीले… Continue reading

के युद्ध नहुन सम्भव छ ?

-शशी पौडेल अव बिस्तारै मानवजातीको मन धर्मराउन थालेको छ । इजरायलले गाजामाथी बम फाल्न छोडेको छैन । युक्रेनको आकाशमा हवाइजहाज क्ष्यत बिक्ष्यत पारिन्छ । आफुलाइ राष्ट्रबादी भन्न मन पराउने रसियन एउटा समुहले तेस्रो बिश्वयुद्धको सपना देखिरहेका छन् । युद्ध, युद्ध, र फेरी पनि युद्ध । मध्य पूर्ब र बिश्वका अन्य… Continue reading

आईएसआईएस इराकीहरुको मुक्तिदाता ?

-बाशुदेब मिश्र १० जून २०१४ को दिन इराक को दोस्रो ठुलो शहर मोसुल माथि कब्जा जमाए पछि आईएसआई/एसआईएसआईएल (Islamic State Of Iraq & Syria / Islamic State Of Iraq & the Levant ) एकाएक चर्चाको शिखरमा पुग्यो । यद्यपि पश्चिमी संसारका नीति निर्माताहरु, अरब जगतका शासकहरु र मुख्य मुख्य देशका… Continue reading

“लास्टै सेन्टी बनायो गाँठे मोदिले”

-शशी पौडेल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपालीहरुमा एक प्रकारको खैला बैला मच्चायो । फेसबुकका भित्ताहरु मोदीको पक्षमा रंगिए । भारतलाइ गालीगर्न खप्पीस नेताहरुलाइ पनि एकक्षेण भए पनि चुप लगायो । मोदी आउदा कालो झण्डा देखाउने भनेर कम्मरमा सेतो पटुका बाँधेकाहरुले पनि पटुका खोलेर त्यसैलाइ टाउकोमा बाँधेर स्वागत गर्नेहरुको… Continue reading

Israel – Hamas Conflict: Does Hamas Want Sympathy or Solution?

By Chiranlibi Paudyal Neither we accept the Hamas rocket firing into Israel nor the Israeli action against Hamas. But how long the Hamas plays the game of sympathy not the solution? The whole world is worried about the ongoing conflicts in Gaza, where innocent children and civilians have been caught… Continue reading