पारस पारस अनि फेरी पनि पारस !

Parash Shaha-कुन्जर कर्मयोगी
नेपाली छापाहरुमा अहिले पुर्व युबराज पारस शाह पहिलो पृष्ठमा आएका छन् । मेडियाकर्मीहरुकालागि उनि मिठो मसला बनेका छन् अहिले । कतिले पारस शाहप्रति सहनुभूती दर्साएका छन् भने कतिले आफ्नै लापर्बाहीका कारण दुख पाएको टिप्पणी गरेका छन् । कसको तर्कमा कति दम छ त्यसको मूल्याँकन भबिश्यले गर्ने छ । Continue reading

फुटेको घैंटो जोड्न खोजे पनि

Sher Deuba and Sushil Koirala-शशी पौडेल
नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा  प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक कार्यक्रममा उपस्थित भए भने शुशिल कोइराला नजिक भनेर चिनिने कार्यकर्ताहरुका महत्वपूर्ण कार्यक्रममा पनि गएनन् भनेर नेपाली कांग्रेस श्रोतले गुनासो गरेका छन् । Continue reading

“खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

Dipak-raj-and-bijaya-kumar-pandey-शशी पौडेल
अहिले नेपालमा आफुलाइ केही हजार मान्छेले चिने भन्ने लागेपछि एउटा पुस्तक लेखेर चर्चित हुन र प्रसंशा बटुल्न चाहनेहरुको घुइचो लागेको छ । कतिले आफैले लेखेर र कतिले भाडामा आत्मरती लेखाएर यसो गरिरहेका छन् । चारबर्ष अघि बिबेक शाहले “मैले देखेको दरवार” लेखेर खुव प्रसंशा बटुल्न चाहे । त्यसपछि पूर्ब प्रधान सेनापति रुकमागत कटुवालले भाडामा लेखाएर, अनि अहिले “सोधपुछे” पत्रकार बिजय कुमारले “खुसी” शिर्षकमा एउटा पुस्तक लेखेर अरुबाट निकै प्रसंशा बटुल्न चाहेका थिए तर यो पुस्तक प्रकाशन गरे पछि उनले नेपाली जनताबाट अहिलेसम्म पाएको इज्जतमा उल्टै दाग लाग्न थालेको छ । Continue reading

बेलायतमा “मह”को आबश्यकता

Haribansa Madan Krishna—शशी पौडेल
बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिबंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तवार्तामा बताएका छन् । झण्डै दुइबर्ष अघि दिल भुषण पाठकसंग टफटकमा कुरा गर्दै उनले आफु तीनबर्षको हुदा आफ्ना बाबु गुमाएर आधा टुहुरो भएको र एघार बर्षको हुदा आमा पनि गुमाएर पुरा टुहुरो भएको कुरा उल्लेख गरे । Continue reading

लंका मा सुन छ, कान मेरो बुच्चै !

Boz Raj-भोज राज
…. लंका मा सुन छ, कान मेरो बुच्चै ! प्रसंग मिले संयोग ठान्नु होला ! …..
कुरो तपाईं हाम्रै हो,  तर कुरो मात्रै हो, शराप चाहिं नगर्नु होला, यो दशैं को बेलामा !
भेटेका रामे, श्यामे कति को कुरो यस्तो छ ! नेपाल को मेरो घर लाइ १० करोडमा मागेका थिए मैले दिइन, मेरो जमिनलाई ५ करोड दिएका थिए, बेचिन यार,  मेरो घरबाट महिनाको ७० हजार रुपियाँ आउँछ इत्यादि इत्यादि Continue reading

एनआरएनएको अर्को कुम्भ मेला

NRN Logo-रोशन राइ
गत हप्ता जापानमा एनआरएनएको आठौं क्षेत्रीय भेला सम्पन्न भएको छ । त्यहाँ आउने जमात करिब २ सयको हाराहारीमा थियो । सहभागि व्यक्तिहरुकोबीचमा आफूले बोकी ल्याएको हरियो नेपाली पासपोर्टलाई जापानी अध्यागमन विभागको कठोर निगरानीप्रति उदेकलाग्दो चर्चा भएको थियो । कार्यक्रमको सञ्चालनदेखि अन्तिमसम्म लाग्दथ्यो कि एनआरएनए जापानको कार्यसमितिको औचित्य र उनीहरुको क्षमतालाई  केन्द्रले चुनौती दिँदै सायद असक्षमताका कारणले होला– न त त्यहाँका महासचिव न त त्यहाँको अध्यक्षको कुनै भूमिका रह्यो । Continue reading

बिदा भइन् “पार्टीकी आमा”

Sahana Pradhan-प्रकाश  सिलवाल / कालिका खड्का
काठमाडौं, ७ असोज । ‘पार्टीकी  आमा’  भनेर  चिनिने  वाम– लोकतान्त्रिक  आन्दोलनकी  अग्रणी   सहाना  प्रधानको  निधनबाट  राष्ट्रले  एक  प्रेरणादायी  नेत्री  गुमाएको  छ  ।
विसं  २०४६  सालको  संयुक्त  वाम–प्रजातान्त्रिक  आन्दोलनका  संयोजक  नेत्री  प्रधानलाई सङ्घर्षशील  तथा  जुझारू  महिला  नेत्रीका  रूपमा  लिइन्थ्यो ।
नेकपा (एमाले) का  नेताहरू  प्रधानलाई  प्रायः  ‘पार्टी  आमा’ का  रूपमा  लिन्थे  भने  समग्रमा  उहाँ  आन्दोलनको  अभिभावकका  रूपमा  चिनिनु  हुन्थ्यो  ।  उहाँ  पूर्व  उपप्रधानमन्त्री  तथा  परराष्ट्र  मन्त्री  पनि  हुनुहुन्छ  । Continue reading

गगन थापा तिमीले पनि डन पाल्ने ?

Gagan Thapaसमाचारहरु हेर्दा नेपालमा डन नपालीकन राजनिती गर्न नसकिने हो वा डनहुन राजनितिक नेताहरुको संरक्षण अनिवार्य हुनेहो ? भन्ने प्रश्न उठ्न थालेको छ । नेपाली कांग्रेस समर्थक नेपाली युबाहरु मात्र होइनकि नेपाली कांगे्रस भन्दा बाहिरका युवाहरुले समेत आशा र भरोसा गरेका कांग्रसी युबा नेता गगन थापाले पनि डन पाल्ने गरेको समाचार पढ्दा नेपालमा एक प्रकारको निराशा पैदा भएको छ । भखैरै मात्र कांगे्रसी युवा नेता एबं सम्बिधान सभासद गगन थापाले आफुले पालेका डन कुमार घैंटेलाइलाइ कानूनी दायराबाट जोगाउन भिसा मिलाइदिएर बिदेश पठाएका छन् । Continue reading

बेलायतले एउटा चुनौती पार गर्यो

United Kingdom-शशी पौडेल
जहाँ कृया हुन्छ त्यहाँ प्रतिकृया आउछ । यसैले होला भर्खरै सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालको जनमतसंग्रहबारे बिश्वब्यापी रुपमा प्रतिकृयाहरु आए । अठारौं, उन्नइसौं र बिशौं सताब्दीको अघिल्लो आधा भागसम्म बिश्वको एकचौथाइ भूभागमा राज्य गरेको बेलायत झण्डै आफैले फुटाएर सानो टुक्रा बनाएको बंगलादेश जत्रै सानो बन्ने अवस्था आएको थियो । तर असिना पसिना, दुख र कष्टकासाथ यसपालीलाइ भने त्यो समस्याबाट मुक्त भएको छ । बेलायत आफ्ना कोलनी मुलुकहरु फुटाएर छोड्दा उनिहरुलाइ कस्तो चोट लाग्यो होला भन्ने कुराको अनुभव अहिले आएर बेलायतले स्वयं अनुभव गर्ने मौका पायो । बेलायतले बीशौं सताब्दीको मध्यभागमा आफ्ना कोलनी मुलुकलाइ लगाएको घाउ अहिलेसम्म पनि ताजा छन् । Continue reading