नेपाल कम्यूनिष्ट आन्दोलनमा एमाले

– शशी पौडेल
संसार भरीकै कम्यूनिष्ट आन्दोलनलाई नियालेर हेर्ने हो भने टुट, फुट, ताना तान र चिरा चिरा भएको देखिन्छ । अझ अविकशित मुलुक जहा औद्योगिक क्रान्ति भइसकेको छैन, त्यहाको अवस्था झन नाजुक छ । औद्योगिक विकासमा कदम चालिसकेका मुलुकहरुमा पनि कम्यूनिष्ट आन्दोलन आफ्नो रफ्तारमा विकास हुन सकेन । यसका मूख्य कारणहरु हुन सक्छन् । मुलुक भित्र छिटो परिर्वतनको आवश्यकता र मुलुक वाहिर साम्राज्यवादी शक्तिहरुको “फुटाउ र राज्य गर” भन्ने नीति । Continue reading

Germany aggrieved about Günter Grass

It’s rare that poems cause such anger and excitement. The only other case I can recall was Walt Whitman’s “Leaves of Grass” which once “awoke a perfect storm of derision and abuse”. That was a century and a half ago, but somehow Grass still awakens “derision and abuse”. But this time it’s Günter Grass, a Nobel Literature Prize winner, with his poem What Must Be Said. And the subject matter is war and peace. Victor Grossman looks the anger and excitement situation from Berlin. Continue reading

आखिर कुरा केहो त ?

– शशी पौडेल
२०११ साल लाग्दा नलाग्दै अर्थात अहिलेको झण्ढै दुइ बर्ष अघि दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक सचिव विवेक शाहले एक पुस्तक विमोचन गराएका थिए । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसि मा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा लाग्यो । उनको अन्तर्वाता सुन्दा केही राजनैतिक दल तथा तिनका नेताहरुमाथि शंका गर्नु पर्ने अवस्था सृजना भयो । Continue reading

कम्पास कन्फरेन्स

– शशी पौडेल
“ल्बु लेवर” का मुख्य चिन्तक माउरिश ग्लासमानले गत बर्ष एक भव्य कम्पास कनफरेन्सका लागि वातावरण तयार पारी दिए । उक्त कम्पास कन्फरेन्समा झण्डै एकसय बुद्धिजिवी एंव मजदुर नेताहरुले भाग लिएका थिए । राजनैतिक चिन्तकहरुले भाग लिए । कन्फरेन्समा भैरहेको बेला लाग्थ्यो बेलायतमा अब केही परिवर्तन हुने छ ।
निल लाउसन कम्पासका अध्यक्ष एंव जर्मन सोसल डेमोक्रेटिक पार्टीका महासचिव आन्द्रेआ नाइलेस, बेलायती एकमात्र ग्रिन पार्टीका संसद कारोलाइन लुकास समेत गरी ९० जनाले आ–आफ्नो कार्यपत्र प्रस्तुत् गरेका थिए । Continue reading

आन्दोलन सत्ता परिवर्तन हैन, गलत नीतिका विरुद्ध लक्षित

–शशी पौडेल
‘शिक्षकहरुले विद्यार्थीहरुको उत्तेजना र मुडको सामना गर्नुपर्छ । उनीहरुको अध्ययन गर्ने अनिच्छाका विरुद्ध इच्छा जगाउनुपर्छ । तर सरकारी कर्मचारीहरुलाई उक्त समस्या पर्दैन । तै पनि उनीहरुलेभन्दा बढी हामीले धनी बैंकहरुलाई किन आफ्नो तलव र पेन्सनबाट कट्टा गरेर दिने अर्थात थोरै मूल्यमा बढी योगदान किन ?
उक्त प्रश्न गत हप्ता नेश्नल यूनियन अफ टियर्स र शिक्षकहरुको अर्को ठूलो संगठन (NASUWT)   को संयूक्त विज्ञप्तिमा गरिएको छ । . NUT / NASUWT बेलायतका सबभन्दा ठूला शिक्षक संगठनहरु मानिन्छन् । शिक्षक संगठनका उक्त विज्ञप्ति ठीक समयमा आएकोले यसको स्वागत गर्नुपर्ने वौद्धिक समुदायको टिप्पणी रहेको छ । Continue reading

एड मिलिल्याण्डलाई खुला पत्र

– शशी पौडेल
लेबर पार्टीको महाअधिवेशनबाट पार्टी नेताको पदमा विजयी भएकोमा बधाई ।
पार्टी नेताको उम्मेदवारको रुपमा प्रचारप्रसार क्रममा तिमीले आफुलाई परिवर्तनको उम्मेद्वार भनेर घोषणा ग¥यौं । तिमीले नया“ लेबर पार्टी अब नया“ पुस्ताले जिम्मा लिइएको छ भन्यौं । त्यतीबेला लाग्यो, कुरा ठिकै ग¥यौं होला परिवर्तन हुन्छकी भन्ने आशा हर बेलायतीले गरेका थिए, तर यी सबै कुरा विश्वास गर्न निर्वाचन प्रचार गर्ने क्रममा भाषण गरेर मात्रै पुग्दैन । सत्य कुरा के हो भने टोनी बेल्यरको पालादेखि पार्टी प“ुजीवादतिर लम्केको हो । पार्टी पुनः समाजवादी प्रजातन्त्र तर्फ फर्किन हचुवा भाषणले मात्र प्रयाप्त छैन । तिमीले आफ्नो प्रतिवद्धता भाषणमा पनि प्रयाप्त विश्वास दिलाउन सकेनौं कि भन्ने मेरो विश्वास रहेको छ । निर्वाचन प्रचार क्रममा तिमीहरु दुई भाई, दुई ध्रुव भएर सिंग जुधाएको देखे पछि मलाई लेबर पार्टी भित्र गहिरिन मन लाग्यो । खोज्दै जाने क्रममा तिमीहरुको पार्टी १९१८ मा प्रतिपादित घोषणा पत्र हातमा प¥यो । सिडनी वेबले प्रस्तुत गरेको र लेबर पार्टीले १९१८ मा स्वीकार गरेको घोषणा पत्रको चौथो बु“दामा लेबर पार्टीको मुल उद्देश्य यसरी प्रस्तुत गरिएको रहेछ । Continue reading

यो मैले मेरो मनमै राख्ने कुरा हो

-शशी पौडेल
काम गर्ने दौरानमा कमी कमजोरीहरु हुनु कसैको लागि पनि कुनै अस्वाभाविक कुरा होईन । तर कहिलेकाहीँ नीति, नियम र कानुनको पूर्ण अवलम्वन गर्दै इमान्दारीपूर्वक काम गर्दा पनि पाइने अनायसको अपजसले मन कुडिएर आउँदो रहेछ ।
उक्त कुरा चार बर्षदेखि बेलायतमा नेपालको तर्फबाट कुटनीतिक नियोगमा उप नियोग प्रमुख अर्थात दोस्रो वरियताका व्यक्तिका रुपमा कार्यरत झविन्द्र अर्यालले एक प्रंसगमा भनेका हुन् । हुन त उनी यी चार बर्षमा झण्डै आधा जसो समय कार्यवाहक राजदूत भएरै चलाए । एक अध्ययनशील, सहयागी, मृदुभाषी झविन्द्र बेलायवासी नेपालीहरुका माझ लोकप्रिय र सुपरिचित छन् ।
नेपालको परराष्ट्र मन्त्रलयमा कुटनीतिक अधिकृतको रुपमा बि. सं. २०४५ सालमा प्रवेश गरी साउदी अरेबीया, बेल्जियम र बेलायत गरी एक दशक भन्दा बढी समय कुटनीतिक नियोगमा काम गरिसकेका झविन्द्रले साउदी अरबको एउटा घटना कुनै प्रसंग चल्दा दोह¥याउन मन पराउछन् । उनले घटना यसरी शुरु गर्दछन्– घटना यस्तै १९९५ को अन्त तिरको हो । म साउदी अरेबियामा कार्यरत थिएँ । साउदी अरेबियामा काम गर्न जाने नेपालीहरुको सँख्यामा दिनानुदिन बृद्घि भैरहेको थियो । एकदिन अचानक त्यहा“को सरिया उच्च अदालत (पुनरावेदन तह) बाट राजदूतावास कार्यालयको प्रतिनिधिलाई बोलावट आयो  । Continue reading

डायमण्ड जुबलीको पार्टी सुरु

बेलायती रानीको राज्याभिषेकको डायमण्ड जुबलीका बेला अर्थात यो सप्ताहअन्त झण्डै एक बिलियन पौण्ड बराबरको खाना, प्यय पदार्थ र रंगीचंगी बनाउने डेकोरेशनका सामानहरु बिक्रिहुने बताइएको छ । लण्डनका दशहजार सडकहरुमा मनाइने डायमण्ड जुबलीमा ब्यपारीहरुका खाध्यान्न गोदाम, प्यय पदार्थका गोदाम रित्तिने मात्र नभै  डेकोरेशनका सामान उत्पादन गर्नेहरुका लागि पनि भ्याइ नभ्याइ भएको छ ।
लण्डन एवं बेलायतका अन्य ठूला शहरहरुमा आजैबाट पार्टीहरु सुरुभै मंगलबार सम्म रहने छ । यी पाँच दिनमा बेलायतभर आठसय तेइस मिलियन बराबरको खाना मात्र बिक्रीहुने अनुमान गरिएको छ भने एक बिलियन बराबरको प्यय पदार्थ ।
बिशौं लाख ब्यक्तिहरु पवहरुमा जानेछन् । यही सप्ताहाअन्तमा २०१२को युरो फुटबल कपको सुरुको  मैत्रीपूर्ण खेल पनि हुदै गरेकाले पवहरु पनि खचाखच भरिने छन् । Continue reading

साँढा साँढीको जुदाइ बाच्छा बाच्छीको मिचाइ

—    शशी पौडेल
सम्बिधान सभाको निर्वाचन देखि अहिल सम्म आइपुग्दा मुलुक क्ष्यत बिक्ष्यत भैसकेको छ । एकातिर तराइ मूलका नागरिकहरुले अधिकारको खोजी गरिरहेका छन् भने अर्को तिर पहाडिया, बाहुन क्षेत्री ठकुरी, दशनामी, दलित  जनजाती लगायत सम्बिधानमा सुनिश्चितताको लागि संघर्षरत छन् .  त्यतीमात्र हैन हरेक तह र तप्काबाट आ आफ्नो अधिकारको कुरा उठेको छ । Continue reading