स्नोडेनको एक बर्ष

Edward Snowdenगत बर्ष जुन महिना हो संयुक्त राज्य अमेरिकाका गोप्य कुराहरु संसार सामु प्रत्यक्ष्य भएको । एन्एस्ए (नेशनल सेक्युरिटी एजेन्सी अफ अमेरिका) मा कार्यरत एक युबकले अमेरिकी गोपनियता संसार सामु सार्वजनिक गरे । ती युवक थिए २९ बर्षीय एडुवार्ड स्नोडेन । उनको बिचारमा यो संसारलाइ ललाइ, फकाइ, झुक्क्याइ, धम्क्याइ र आतंक मच्चाइ आफु संसारको प्रहरी बन्ने अमेरिकी खेल संसार सामु ल्याउनु पर्छ भन्ने लाग्यो र यसैमा प्रतिबद्ध भए । उनको यो आत्मबलले उनलाइ संसारले चिने तर अमेरिकाले भने आफ्नो दुस्मन ठान्यो ।
स्नोडेनको राम्रो कमाइ हुने जागीर थियो । साथी, भाइबीच मान मर्यादा थियो । अमेरिकाको हवाइमा सम्पन्नताले भरिपूर्ण घर थियो । तर पनि स्नोडेनले आफ्नो सुख सम्पन्नता वा बिलासितालाइ त्याग्ने निधो गरे र अमेरिकाको करतुत प्रकाशमा ल्याए । उनलाइ यो पहिलेनै थाहा थियो कि, उनले जे गरिरहेका छन् त्यो कामले एकदिन ब्यक्तिगत रुपमा उनलाइ अप्ठारो पार्ने छ तर पनि उनले त्यसको प्रवाह गरेनन् । अमेरिकाको भण्डाफोर गरे । अहिले उनी रस्सामा एक शरणर्थीका रुपमा छन् । रस्साले कहिले उनलाइ अमेरिका फिर्ता पठाउने हो उनि स्वयंलाइ थाहा छैन । जर्मन सरकारले स्नोडेनसंग बयान लिन चाह्यो । तर स्नोडेन जर्मनी आउन मानेन् । यदि उनि जर्मनी आएको भए जर्मनीमा सायद उनलाइ पक्राउ गरिने थियो । किनकि जर्मन सरकार भनेको अमेरिकाको भाइ सरकार हो ।
स्नोडेनको त्यो आँटले मात्र हामीलाइ अमेरिकाका थुप्रै करतुतहरु थाहा लाग्यो । अमेरिकालाइ आफ्नो भगवान मान्नेहरुले पनि अहिले त्यो सम्मान दिन छाडे । जर्मन चान्सलर अन्जेला मेर्केलको मोबाइल फोन एन्एस्एले सुन्यो भनेर जर्मन सरकारले एन्एस्ए बिरुद्ध मुद्धा हालेको छ । जवकि चान्सलर मेर्केलको फोन सुन्दा उनलाइ त्यति दुख लाग्छ र अमेरिका बिरुद्ध मुद्धा हाल्नु पर्छ भने स्नोडेनले के गल्ती गरेका थिए त ? स्नोडेनले त यही गरेका थिए कि अमेरिकी सरकारले गरेका यस्तै खाले कामहरुको पर्दाफास । यस हिसावले जर्मन सरकारले स्नोडेनलाइ सघाउनु पथ्र्यो ।  तर त्यसो नगरी उल्टै अमेरिकाको पक्ष्यमा लागि स्नोडेनलाइ फकाइ फुलाइ जर्मनी ल्याएर अमेरिका पठाउने योजनामा लागेको थियो । जर्मन सरकारको अमेरिकाको स्याबासी पाउन गरेको यो चलाखी स्नोडेनका आँखा अगाडी दिनको घाम जत्तीकै छर्लंग थियो ।
स्वयं अमेरिकामा पनि स्नोडेनका बारेमा मिश्रित प्रतिकृया छ । बहुसंख्यक अमेरिकीहरुले स्नोडेनले गरेको कामको प्रशंसा गर्दछन् र उनिहरु भन्छन् स्नोडेन राष्ट्रभक्त हुन् । उनले जे गरे अमेरिकाको हितका निम्ति गरे ।
तर केही बुढा पाकाहरुको सोचाइमा भने एडुवार्ड स्नोडेनले फगतमा खतरा मोले । आखिर सित्तैमा आगोसंग खेले । तर त्यसो होइन । यदि जोसंग सबुत हातमा छ त्यसले त्यो सबुद सार्बजनिक गरेन भने अरुले त्यसबारे कसरी थाहा पाउने ? स्नोडेनको त्यो आँटले हाम्रो चिन्तनलाइ परिवर्तन गराएको छ । हाम्रो बिचारमा फेरबदल ल्याएको छ । समग्रमा भन्दा मन र मस्तीस्कलाइ साम्राज्यबादी शक्तिहरु त्यती निर्घिणी भएर मानवता बिरुद्ध जाइ लाग्दा रहेछन् भन्ने जानकारी गराएको छ ।
हामीले पुराना दन्त्य कथामा राक्षस वा दानवका मानवता बिरुद्धका कृयाकलापहरु यसो गर्यो उसो गर्यो भनेर पढ्दथ्यौं । र अचानक कुनै देवता त्यहाँ आएर देवताले मानवको रक्षा गरेको थियो भनेर कथाको अन्त्यमा पनि पढ्दथ्यौं । तर अहिले त्यसरी अचानक अनौठो पाराले कथामा जस्तो मानबको रक्षा गर्न कुनै देवता आउने छैन । हामी मानव स्वयंले हाम्रो रक्षा गर्नु पर्ने छ ।
अहिले सम्म पनि धेरैको मन मस्तिस्कमा एउटा प्रश्न निरुत्तरित भएर उभिएको पाइन्छ । त्यो प्रश्न हो के स्नोडेन एक सच्चा आँटिला नागरिक हुन् ? वा उनि अमेरिकी सरकारले दाबी गरेजस्तै अमेरिका बिरोधी हुन् ?
मेरो बिचारमा भने उनि एक आँटिला सच्चा राष्ट्रसेबक नागरिक हुन् । उनि कुनै पनि मानेमा अमेरिका बिराधी होइनन् । तर उनि अमेरिकी सरकारले गर्दै आएको मानवता बिरोधी कामको भने पक्का बिरोधी हुन् । उनी चाहादैनन्, हरेक बर्ष इराक वा अफगानिस्थानमा वा संसारका अन्य कुनै भागमा अमेरिकी सेनाको आक्रमणबाट हज्जारौ संख्यामा सर्वसाधारण महिलालाइ बिधवा हुन परोस् । उनि चाहादैनन्, हरेक बर्ष अमेरिकी सैनिकहरुको आक्रमणबाट हजारौं बालबच्चाहरु टुहुरा हुन परोस् । अनि उनि चाहादैनन्, हरेक बर्ष सयौंको संख्यामा अमेरिकी लास काठको बाकसमा हालेर अमेरिका भित्र्याइयोस् । सर्ब प्रथम त उनले अमेरिकी जनता र राष्ट्रहितकालागि यो कदम उठाएका हुन् । अनि समग्र बिश्वको हितका लागि उनले आफ्ना सबै सुख सुबिधा त्यागेर यो खतरा मोलेका हुन् । त्यसैले उनको त्यो आँटलाइ सलाम । अनि रसियन सरकारले उनलाइ शरणर्थी स्वीकार गरी स्वतन्त्र हुन पाउन् ताकि उनको प्रतिभा, ज्ञान, र क्ष्यमता  यो बिश्वले पुन उपयोग गर्न पाओस् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *