सत्ताको आयु लम्ब्याउन राष्ट्रपति र भट्टराइको खेल

केही समय अघि भारतका एक नेता नेपाल आएका थिए, उनलाइ राष्ट्रपति रामबरण यादबले निकै खातिरदारी गरे । यद्यपी उनि पशुपतिनाथ मन्दिरको दर्शन गर्न भन्दै काठमाण्डु भित्रिएका थिए ।
नेपालको पछिल्लो राजनीतिक अवस्था प्रति पूर्ण सन्तुस्ट नभएरहोला वा आफू अनुकूलको शासन नभएर हो वा भारतले धमाधम आफ्ना दूतहरु काठमाडौं पठाउन थालेको छ । यस क्रममा यशवन्त सिन्हा, एसडी मुनी, श्याम शरण र अन्य व्यक्तिहरुलाई पठाएर हस्तीनापुरले नेपालमा हावी हुन खोजेकोमा सबैतिर चासो र चिन्ता बढेको छ ।
यस अघि भारतले नेपाल सम्बन्धमा लागू गरेको नीति कारगर नभएको ठह¥याउँदै दिल्लीका नेताहरुले नेपाल सम्बन्धी नीति परिवर्तन गर्न लागेको श्रोतको दावी छ । पूर्व भारतीय राजदूत एवं भारतका परराष्ट्र सचिब श्याम शरण र भारतका अर्का परराष्ट्र मन्त्रालयका सचिब शिबसंखर मुखर्जीबीच नेपाल नीति बारे हल्का बिबाद भए पछि विभिन्न दलका नेपाल मामिला हेर्ने भारतीय नेताहरु छुट्टाछुट्टै काठमाडौं आउने तयारीमा रहेका छन् ।
पशुपतिनाथ मन्दिरको दर्शनका लागि भनि हालै काठमाण्डौ आएका यशवन्त सिन्हा नेपालका उच्च पदस्थ अधिकारी राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुलाई भेटेर फर्केका छन् । भा ज पाका नेता यशवन्त सिन्हालाई राष्ट्रपति डा. रामवरण यादवको पाहुना बनाइएपछि गृह र परराष्ट्र मन्त्रालयले उनको सुरक्षा र प्रोटोकोलको व्यवस्था गरेको थियो । जवकि सिन्हाको भ्रमण निजी भनेर प्रचार गरिएको थियो । निजी भ्रमणलाई राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले महत्व दिएपछि यो भ्रमणले नेपालको राजनीतिमा प्रभाव पार्ने देखिन्छ । यशवन्त सिन्हालाई राष्ट्रपतिले शितल निवासमा खाना खुवाएर सम्मान दिनु र उनी नेपाल आएकै दिन निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी निर्वाचन रद्द गर्ने रहस्य अनुसन्धानको विषय बनेको छ । तर नेपालका केही छापाहरुले भने राष्ट्रपति रामबरण यादबले बिभिन्न संविधान सभामा प्रतिनिधित्व गर्ने ३३ दलका नेताहरुलाई राष्ट्रपति भवन शितल निवासमा बोलाएर सहमती गराउने नाममा भोज भतेर गरेको कुरा प्रचार प्रसार गरेर राष्ट्रपतिले केही गर्न खोजेको भनेर चाकरी बजाएका छन् । राष्ट्रपतिले जे जति सुझाव र सहमतिको प्रयास भने पनि बाबुराम भट्टराइको सत्ताको आयु लम्ब्याउने काम बाहेक अरु केही नगरेको बुझ्न राजनैतिक पर्यबेक्षकहरुलाइ बत्ती बालीरहनु पर्ने छैन । किनभने भाजपाका एक सामान्य नेतालाइ आफ्नै निबासमा निम्त्याइ खातिरदारी गर्नुको पछाडी अरु के रहस्य लुकेको हुनसक्छ ?
सिन्हा भारतका पूर्व परराष्ट्रमन्त्री हुन् । यस नाताले उनलाइ बढीमा नेपालका परराष्ट्रमन्त्रीले पाहुना बनाउनु पर्दथ्यो तर यहाँ राष्ट्रपतिले आफ्नो पाहुना बनाएर सम्मान दिनुको पछाडीको रहस्य अरु के हुन सक्छ ? विचारणीय छ । सिन्हा न त भारतीय राष्ट्रपतिका दूत हुन्, न सल्लाहकार नै । फेरि उसलाई नेपालका राष्ट्रपतिले त्यति ठूलो सम्मान किन दिनु प¥यो । जव कि भारतले नेपालप्रति सधैभरी हेपाहा निती लिदै आ्रइरहेको छ ।
केही छापा लेख्छन् राष्ट्रपतिले देश संवैधानिक, प्रशासनिक र आर्थिक संकटमा फसिसक्यो भनी बुझेका छन् । त्यसैले उनले नेताहरुलाइ दिवाभोज खुवाएर पाँच घण्टासम्म छलफल गरे रे तर यदि राष्ट्रपतिले मुलुक संवैधानिक, प्रशासनिक र आर्थिक संकटमा फसिसक्यो भनी बुझेको भए र नेपाली नेताहरुबाट यी समस्याको समाधान निस्किन्छ भन्ने बुझेको भए किन उनले एक भूपू मन्त्री भारतीय भैयालाइ तेत्रो ठूलो खातिरदारी गर्नु परेको थियो ? के यसको जवाफ राष्ट्रपति स्वयं र ती छापाहरुले दिन सक्छन् ?

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *