राजदूतद्धारा अनेसासको सह्राना

प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्र्बधनको लागि अनेसास दिनरात खटिरहेको मैले देखिरहेको छु, यो साह्रै सराहनीय कार्य हो
उक्त कुरा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा शंकर प्रसाद शर्माले एक समारोहबीच ब्यक्त गरेका हुन् ।
गत २,सेप्टेम्बर २०१२ आईतबारका दिन इन्डियाना राज्यको इन्डियानापोलिस सहरमासम्पन्न आन्मा∕ नासियाको आठौं सँयुक्त सम्मेलनमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली कविता महोत्सबको आयोजना गरेको थियो । कार्यक्रम इण्डियानापोलिस सहरको सेराटन होटलमा भएको थियो । महोत्सबमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. शकर प्रसाद शर्माको  प्रमुख अतिथ्य थियो भने अन्य अतिथिहरुमा आन्मा नासिया संयुक्त सम्मेलनका संयोजक गोपेन्द्र भटराई, नासियाका अध्यक्ष डा. सन्जिब सापकोटा, आन्माका अध्यक्ष राजेन्द्र खतिवडा साथै पत्रकार गोबिन्द गिरी प्रेरणाहरुको उपस्थिती थियो ।
कार्यक्रमको सभापतित्व अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्षा श्रीमती गीता खत्रीलेको थियो भने कार्यक्रम संयोजक तथा अनेसास इण्डियानापोलिस च्याप्टरकी अध्यक्ष श्रीमती राधा पौडेलले सम्पूर्ण उपस्थित अतिथी एवं साहित्यकारहरुलाइ स्वागत गरेकि थिइन् ।
आन्मा∕नासिया आठौं संयुक्त सम्मेलनका संयोजक गोपेन्द्र भटराईले शुभकामना मन्तव्य दिदै नवौं सम्मेलनमा आफुपनि साहित्यमय नेपाली बोल्न सक्ने भएर आउने बाचा गरे । प्रतियोगितात्मक कविताको मृ्ल्यांकन गर्ने जिम्मा डा. गोविन्द कोइराला, श्रीमति भारती गौतम, र  प्रकाश नेपाललाइ दिइएको थियो ।
कविता सम्मेलनमा चार जना बालकविहरुले आ—आफ्नो कविता बाचन गरेका थिए भने प्रतियोगी र अप्रतियोगी गरेर १४ जना कविहरुले आ―आफ्नो कविता बाचन गरेका थिए ।
हालसालै स्थापना भएका अनेसासको दुई नयाँ च्याप्टर इण्डियानापोलिस र पेन्सिलभानिया च्याप्टरका अध्यक्षहरुलाई शुभकामना पनि दिइएको थियो । शुभकामना पाउनेहरुमा इण्डियानापोलिस च्याप्टरकी अध्यक्ष श्रीमती राधा पौडेल हुन् भने पेन्सिलभानिया च्याप्टरकी अध्यक्ष श्रीमती कुन्ति थापा हुन् ।
पुरस्कार आयोजकहरुमा प्रथम पुरस्कार राधाकृष्ण साहित्य पुरस्कार श्रीमती राधा पौडेल, दोस्रो पुरस्कार अनेसास न्यृ्योर्क च्याप्टर र कोलोराडो च्याप्टर, तेस्रो पुरस्कार कृष्ण श्रेष्ठ, अध्यक्ष ल्फोरिडा च्याप्टर र चारओटा सान्त्वना पुरस्कार प्रकाश नेपाल, अध्यक्ष डि.सी मेट्रो च्याप्टरबाट भएको थियो ।
प्रतियोगितामा हरिओम प्रधान, प्रथम, उत्तम पौडेल, दोस्रो र माधव अधिकारी तेस्रो भएका थिए । कविता बाचन गर्ने चारै जना बालकविहरुलाई नगद सान्त्वना पुरस्कार दिइएको थियो । नगद पुरस्कारकार प्रमुख अतिथि महामहिम राजदूतबाट प्रदान गरिएको थियो । कार्यक्रम सँचालन अनेसास ल्फोरिडा च्याप्टरका अध्यक्ष कृष्ण श्रेष्ठबाट भएको थियो ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *