यूरोको अन्त्य सुरु ?

—शशी पौडेल

यूरोपियन यूनियनद्वारा २००२ सालदेखि लागू गरिएको यूरोपको मुद्रा यूरो कोल्याप्स हुने सम्भावना इन्टरनेश्नल मनिटरी फण्डले गत हप्ता बताएको छ । बेलायत यूरोपियन यूनियनको एक सदस्य राष्ट्र भए पनि यसले यूरो मुद्रा स्वीकार नगरी पौण्ड राख्दै आएको छ ।
बिगत २२ बर्ष अघि जव ९० को दशकमा शितयुद्धको अन्त्य भयो, त्यतिबेलादेखि गोठको एक मात्र साँडेजस्तो भई अमेरिकाले विश्वभर राजनैतिक र आर्थिक दवदवा गर्दै आइरहेको थियो । त्यसैबेला यूरोपियन यूनियनले एक मुद्रा अघि सा¥यो । १९९३ देखि यूरोपमा एउटै मुद्रा राख्ने प्रस्ताव निदरलैण्को मासस्ट्रिटको यूरोपियन यूनियनको बैठकबाट  आएपछि तत्कालीन बेलायती प्रधानमन्त्री जोन मेजरले पनि उक्त बैठकको माइनटमा सहि गरे । युरोको सामान्य धारणा भने १९८० देखिनै आएको थियो । जसमा तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरे असहमति जनाएकी थिइन अर्को तिर  १९९३ को निदरलैण्को मासस्ट्रिटको यूरोपियन यूनियनको बैठक पछि जोन मेजर अमेरिका पुगी आशिर्वाद थाप्दा यूरो स्वीकार नगर्ने आदेश भयो । तत्कालीन बेलायती प्रधानमन्त्रीले स्वीकार नगर्ने भने पनि १९९५मा उक्त मुद्राको नाम यूरो भनेर राखियो । १९९७ मा सम्पन्न बेलायतकोे आम निर्वाचनमा जव लेवर पार्टीले चुनाव जिती सरकार बनाएपछि यूरोपले बेलायत प्रति सकारात्मक आशा राखेको थियो । यूरोपका हरेक मुलुकहरुलाई के थाहा थियो भने कन्जरभेटिभ पार्टीकि तत्कालीन नेता एवं. प्रधानमन्त्री मार्गरेट थ्याचरले अस्सीको दशकमा यूरोपियन यूनियनको विरोध गरी यूरोपबाट बेलायतलाई अलग्गै राख्ने प्रयास गरेकी थिइन् । तर उनी स्वयं.अनि त्यतिबेलाका अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र जर्मन चान्सलर हेल्मूटकालको संयूक्त सिद्धान्तद्वारा प्रतिपादित नवउदारवादी सिद्धान्तका कारण विश्व ग्लोबलाइजेसनबाट मुक्त रहन सकेन । तर पनि त्यस ताकाका बेलायती प्रधान मन्त्रि टोनी ल्बेयरले मार्गरेट थ्याचरकै विचारको पछिलागि यूरोपको मुद्रा यूरो लिन अस्वीकार गरे । त्यतिबेलादेखि बेलायती राजनीतिज्ञ विशेषगरी कन्जरभेटिभ पार्टी नेता एवं. सदस्यहरुले यूरोको विरोध गर्दै आइरहेका छन् ।
हो आर्थिक संकट विश्वभर परेको छ । यसपालीको संकट अमेरिकाकै लेमान ब्रदर्सले चलाएको बैंक कोल्याप्स भएका कारण आएको हो । सामान्यतयाः आर्थिक संकट २÷३ वर्षमा समाधान हुने गर्छ तर यसपाली बेलायतमा भने आर्थिक संकट ५ वर्ष पुरा हुन लागेको छ । आर्थिक संकट सुरु भएको ५ वर्षपछाडि देखिएको यूरो कोल्याप्स हुने सम्भावनाको खतराबाट बेलायती कन्जरभेटिभ पार्टी तप्काबाट सन्चालित सन्चार साधन खुसी भएको देखिन्छ । युरोपियन यूनियनको सँयुक्त मुद्रा यूरो अन्ततः कोल्याप्स हुने भनेर बेलायतबाट प्रकासित एक दैनिकले आफनो सम्पादकीयमा समेत खुसी व्यक्त गरेको छ ।
उक्त सम्पादकीय पढे पछि मलाई रजनिशले एक प्रवचनका भनेको कथा सम्मmना हुन्छ । उक्त कथा मैले लगभग तीसवर्ष अगाडी सुनेको हूँ त्यसैले मलाइ शव्दसः एक देखि अर्को वाक्य सम्झना नहून सक्छ तर कथाको सार यस प्रकार थियो ।
एका देशमा दुई छिमेकी बस्दा रहेछन् । दुई छिमेकी बीच बाहिरबाट हेर्दा मित्रता भएको जस्तो देखिए पनि भित्र भित्र भने एक अर्कामा डाहा गर्दा रहेछन् । छिमेकि मध्य एउटा चाही अलि सम्पतिवाला, सुबिधा सम्पन्न भने अर्को चाही उसको तुलनामा कम सम्पतिवाला र कम सुबिधा सम्पन्न । कम सम्पतिवालाले अझ बढी अर्काको डाहा गर्ने रहेछ र एकदिन उसलाई आफनो छिमेकी भन्दा वढी सम्पतिवाला र  सुबिधा सम्पन्न हुन मन लागेछ । यस निम्ति निकै सोँच बिचार गरेर भगवानको तपस्या गर्ने निधो गरेछ र उ तपस्यामा बस्यो । निकै कष्टसाथ तपस्या गरे पछि उसको अगाडी भगवान प्रकट भएछन् । जव उसले आफनो अगाडी भगवान देख्यो तव खुसिले गदगद हुदै “प्रभू” भन्दै भगवानको खुट्टा समाउन पुगेछ । भगवानले तर्कदै भनेछन् —मनुवा मलाई किन सम्झेउ म तिम्रो ध्यान र तपस्या देखेर प्रशन्न भएँ ल बरदान माग ।
भगवानका उक्त कुरा सुन्नासाथ उसले भगवानसँग सोधेछ, प्रभू मैले जे मागे पनि पाउँछु ? भगवानले जवाफमा भनेछन्,  पाउँछौ तर तिमिले जति पाउछौ त्यसको ठीक दुइ  गुना तिम्रो छिमेकीले पाउने छ । भगवानका यी कुरा सुन्नासाथ उ कता कता खुसी त भयो तर त्यसै वीच सोच्यो यदि त्यसो हो भने मैले मेरो घर अगाडी एउटा ठूलो तलाउ बरदान माग्ने छु अनि मेरो छिमेकीको घर अगाडी दुइवटा तलाउ बन्ने छन् । अनि दोस्रो बरदान मेरो एउटा आँखा फुटोस भनेर मागे भने उसको दुइटै आँखा फुट्रने छन् । आखिर मेरो एउटा आँखा फुट्यो भने पनि अर्को आँखाले देखिहाल्छु नि । अनि केही दिन पछि घर अगाडीको तलाउ पुरी दिउला । यो आइडिया ठीक छ  किन भने छिमेकीको घर अगाडी दुइवटा तलाउ हुने छन् र उसका दुइटै आँखा फुट्ने छन् त्यसपछि उ घरबाट बाहिर निस्कनासाथ तलाउमा खसेर मर्ने छ । यतिमात्र उसले के सोचेको थियो । भगवानले फेरी भने के सोच्दै छौ ? छिटो मागीहाल मनुवा तिम्रो बरदान, अन्यथा मलाइ स्वर्गलोक जान बिलम्व हुने छ ।
भगवानको दोस्रो आग्रह सुने पछि उसले भगवानलाइ सोध्यो प्रभू के मैले दुइवटा वरदान माग्न सक्छु ? भगवानले जवाफ दिए, किन नसक्नु बरु छिटो गरी हाल । भगवानका यी कुरा सुन्नासाथ उसले भन्यो प्रभू प्रथम मेरो वरदान हो मेरो घर अगाडी आँगनमै ठूलो पानीले भरिएको तलाउ खनियोस् । भगवानले तथास्तु भनि वरदान दिना साथ घर अगाडी पानीले भरिएको ठूलो तलाउ तयार भयो ।
अनि अर्को वरदान नि भगवानले सोधेछन् , उसले भन्यो यो भने अली गाह्रो छ प्रभू । भगवानले भने मागेर त हेर , अनि उसले भन्यो प्रभू मेरो एउटा आँखा फुटोस् , भगवानले तथास्तु भनि वरदान दिए । उसको एउटा आँखा तत्कालै फुट्यो र भगवान अन्तरध्यान भए ।
केहि समय पछि अवत छिमेकी आत्तीदै घर बाहिर निस्के होला अनि पानीको तलाउमा डुबिसक्यो होला भन्दै ढोकाबाट चिहायो तर छिमेकीको घर अगाडी तलाउ खनिएको छैन । केहि बेर पछि छिमेकी घरबाट बाहिर निस्कदै भन्यो के भयो छिमेकी, तिम्रो घर अगाडी निकै ठूलो तलाउनै खनेछौ नि ? अनि तिम्रो एउटा आँखाबाट रगत पनि बगेको देख्छु । उसले छिमेकीको प्रश्नको जवाफ नदिइकनै घर भित्र पस्यो ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *