मिनेन्द्र रिजाल, सारी, चोली, चुरा र धन

Minendra Rijal 1संचारमनत्री मिनेन्द्र रिजालका आँखा अगाडि यतिखेर नयाँ र  पुराना अभिनेतृहरु  अप्सरा जस्तै फनफनी नाचीरहेका छन् भने केही दुहुनो गाइ बनेका छन् । यस्तै उनले यस क्षेत्रमा अर्का एक राजेन्द्र केशीलाइ पनि दुहुनो गाइ बनाएर अमेरिका पठाउदै छन् । एकातिर सामान्य  प्रशासनमन्त्री लालबाबु पण्डितले  विदेशमा बसोबासको अनुमति लिएका सरकारी कर्मचारीलाई कारबाही गर्ने प्रावधान सहित निजामती ऐन संशोधन गरी संसदमा पुर्यारइसकेका छन् भने अर्कोतिर  मिनेन्द्र रिजालले भने बिदेशबाट फर्केका केही र केहीलाइ बिदेश पठाउन बिभिन्न पदमा नियुक्ति गराइ भिषाको प्रबधान मिलाइ दिन्छन् ।
आफ्नो मन्त्रालय मातहतमा मिनेन्द्र रिजालले मनलागी गरेको र उनको सारी चोली, चुरा र धन प्रति मात्रै बढी लगाव भएको कारण कांग्रेसकै नेता कार्यकर्ताहरू उनीसँग रुष्ट हुन थालेका छन्। खासगरी मन्त्रालय मातहतका नियुक्तिको विषयलाई लिएर रिजालप्रति असन्तुष्टि बढ्दै गएको हो । करिब दुई महिना अघि चलचित्र विकास बोर्डमा उनले दुई सदस्य नियुक्त गरे। जसले धेरैलाई आश्चर्यमा पार्यो। जसमध्ये एक रुपा राना छिन्। उनी एक जमानाकी हिरोइन् हुन्, अमेरिकामा लामो समय बसेर हालै नेपाल फर्किएकी उनलाई अहिले धेरैले चिन्दैनन्। फिल्म क्षेत्रकी पुरानो नायिका भएपनि उनलाई फिल्म क्षेत्रको बारेमा त्यति ज्ञान छैन।  उनीसँगै राजेन्द्र केसी नामक व्यक्ति पनि सदस्यमा नियुक्त भएका छन्। जसको नाम ९० प्रतिशत कलाकर्मीलाई  थाहा छैन। अमेरिका छिर्नका लागि मन्त्रीलाई खुशी बनाएर उनले नियुक्ति पाएको कुरा  खुलेको छ। त्यो नियुक्तिकालागि के कति लेनदेन भएको थियो त्यो भने खोज्न बाँकी छ ।  त्यही पदको आडमा उनले अमेरिकन दुतावासबाट भिषा पनि पाइसकेका छन्। मंगलबार उनी अमेरिका उड्न लागेका छन्। संसद सदस्यहरुले रातो पासपोर्ट बेचेको थाहा थियो तर मन्त्री स्वयंले यसरी मानब तस्करी गरेको सायद यो पहिलो होइन तर मुलुकको दुर्भाग्य चाही पक्कै हो ।
त्यस्तै सेन्सर बोर्डमा गरिएको नियुक्तिलाई लिएर पनि चलचित्र क्षेत्रमा खैलाबैला मच्चिएको छ। नायिका मेलिना मानन्धरलाई उनले सेन्सर बोर्डमा नियुक्त गरेका हुन्। नायिका मानन्धरसँगको उनको पुरानो चिनजान होइन। उनको योगदान र अनुभवको मूल्याङकन गरेर पनि नियुक्र गरिएको होइन।
स्रोतका अनुसार निर्देशक सुरेशदर्पण पोखरेलले मेलिनालाई केही समयअघि मन्त्री रिजाललाई भेटाउन लगेका थिए। त्यसको केही दिनमै उनी सेन्सर बोर्डमा नियुक्त भएकी हुन्। ‘मन्त्रीज्यूको महिलाप्रतिको आकर्षण बेजोड छ,’ सञ्चार मन्त्रालयका एक अधिकारी भन्छन्,’महिलालाई अवसर दिनुपर्छ भनेर होइन, यसमा  उहाँको अरु नै केही कारण छ जस्तो लाग्छ।’
नायक राजेश हमालको बिहेको भोजमा पनि मन्त्री रिजाल नायिकाहरूसँग लगाव देखेर कार्यक्रममा उपस्थितहरू चकित भएका थिए। नायिका दीपाश्री निरौलालाई त उनले  अंगालो हालेपछि धेरै कलाकर्मीले आश्चर्य मानेका थिए। त्यसको केही दिनमा नै मन्त्री रिजालले चलचित्र विकास बोर्डका अध्यक्ष पप्पु मर्बैतालाई फोन गरी जसरी पनि दीपालाई टेलिभिजनको एउटा अवार्ड दिलाउन दबाब दिएका थिए। चलचित्र विकास बोर्डको सिफारिसमा राष्ट्रपति डा.रामवरण यादबले सोमबार  कलाकर्मीहरूलाई अवार्ड दिएका थिए। तर राजकिशोर यादबको पालामा नियुक्त भएका पप्पुले मिनेन्द्रको निर्देशन मानेनन्।
आफ्नो पीएमा पनि उनले पत्रकारीता सिक्दै गरेकी एक युवतीलाई राख्न खोजेपछि कांग्रेस निकट पत्रकारले नै बिरोध गरेका थिए। युवतीहरूलाई मात्र प्राथमिकता दिने मन्त्री रिजालको बानीप्रति कांग्रेस निकट पत्रकारहरू हैरान भइसकेका छन्।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *