महिला अधिकार ,कानुन र धर्म

– कृष्ण प्रसाद शर्मा, लण्डन

जन्मको सृष्टि गर्ने उनै ,तथ्य सामु हुदा पनि,
समाज अझै मौन यहाँ , छातीपिटी रुदा पनि ११

युगले चक्कर काटेर,सम्म कलि आए पनि ,
दमन,शोषण उस्तै रयो ,गीत जति गए पनि ११

धर्म र कर्मका नाममा , ग्रन्थ जति भरे पनि,
जाँचका नाममा य ती हा ,परिक्षा अग्नि गरे पनि ११

मुर्ति धेरै कुदि उनको ,लाखौ सम्म पुगे पनि ,
दृष्टि सधै बक्रै रह्यो ,बरदान जति मागे पनि ११

शुरु त भा छ मन्द ,बिरोध हो कि पिडा जन को ,
साथ् छैन सब उनको, डरै होला बाघ मनको ११

चुलो चौको सुम्पी कन ,गरेरै दिए पास जस्तो
उठे नि सवाल हर ,गर्दैन कोहि सुने जस्तो ११

कुन छ सफल क्रान्ति ,योगदान ुबिना उनको ,
भंगालोमा पुग्छ इच्छा ,कहिलै नसोधी मनको ११

सातको भेल बढेर माथि ,पुग्छ नि बैसट्टी सम्म
घट्दैन किन अजै धब्बा ,धोई पछारी गर्दा अचम्म ११

कानुन,धर्म काख राखी , जन्म देखि पर्दा सम्म
बाबु, पति ,छोरा हुदै ,पछि लाग्छन मर्दा सम्म ११

तिम्रो मात्र लोक होइन ,किन गर्छौ अति कुन्नि ,
धेरैपल्ट विन्ती गर्दा ,होइन खोई मर्यास सुन्नी ११

कागजका बाचा थुप्रै, रहेकै छन् मठ बनी ,
देश काल फरक भयो, उठ अब तिमि पनि ११

खुल्ला आखा अन्धा भए, सोच फेरी बन्द गरि,
नारी पुरुष सम भए, किन गर्छौ दुई थरि११

क्रान्ति मात्रै किन गरौं ,तिमि सभ्य भए सम्म ,
लाशै बन्न किन खोज्छौ, समान दृष्टि रहे सम्म ११

मेरो आशा अझै हेर, चाहन्छु तिमि सभ्य देख्न ,
अति भए खति हुन्छ, चाहन्न शब्द खोजी लेख्न११

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *