भारतः खतराको घण्टी बज्दै

Map of India—शशी पौडेल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय रुपमा मात्र होइनकि बिश्व स्तरमा समेत लोकप्रियता बढ्दो छ । युरोपेली संचार माध्यम मात्र होइनकि राजनितीज्ञहरु समेत मोदीको प्रसंशक बन्न थलेका छन् एकातिर भने अर्कोतिर अहिले बिकाश भैरहेको अन्तरराष्ट्रिय राजनितीक वाताबरणले भारतमा खतराको घण्टी बज्न थालेको छ । मध्यपूर्व र खाडीक्षेत्रमा अहिले देखापरेको आतंकले भारतको अन्तरराष्ट्रि राजनितीमा प्रतिकुल प्रभाव पार्दै गैरहेको छ  । भारतमा एकसय एक्काइस करोड कुल जनसंख्या मध्य झण्डै १८० मिलियन अर्थात झण्डै अठार करोड मुसलमान धर्माबलम्बीहरु रहेका छन् । ती अठार करोड भारतीय मुसलमानहरु अहिले बाध्यतापूर्वक आन्दोलित भएका छन् । केही दिन अघिमात्र इस्लामिक राज्यको नाममा भारतमा बोलिने बिभिन्न १४ भाषामा अनुबाद गरिएको भिडियो छ्याप छ्याप्ती बितरण गरेर इस्लामिक राज्यका निम्ति संघर्षमा उत्रन सम्पूर्ण मुसलमान युवाहरुलाइ अनुरोध गरेको प्रचार भिडियो देखाइयो । उक्त भिडियो मार्फत प्रचार प्रसारमात्र गरिएनकि कसरी संघर्षमा होमिने र किन होमिने जस्ता कुराहरुको रिक्रुटींग समेत गराइयो । भिडियो मार्फत मुसलमान धर्मको बचाउ गर्नका निम्ति इराकका मुसलमान दाजुभाइहरुलाइ सोलिडारिटी गर्नु पर्ने भन्ने  ब्रेन वास गराउने खालका प्रचार गरिए । उक्त प्रचार भिडियो देखे पछि भारतीय सुन्नी र सिइटेन मुसलमानहरुले सोलिडारिटी गर्ने प्रतिबद्धता समेत गरे । र अहिले भारतका बिभिन्न क्षेत्रमा युवा मुसलमानहरु आफ्नो राहदानी बनाउने लाममा लागेका छन् ।
यसरी मध्यपूर्व र खाडी क्षेत्रबाट भारतमा आयातित आतंकपूर्ण बातावरणले भारतको सुरक्षा निकायलाइ चिन्ताको बिषय बनाएको छ । त्यतिमात्र नभएर भारतको नजरमा अहिले युक्रेनको समस्या र रस्साले लिएको अडानलाइ एक प्रकारको युरोपिय नाटकमंचनको रुपमा लिए पनि समस्या भारतसम्म पुगेकोमा भारतीय सुरक्षा संयन्त्रलाइ अर्को चिन्ताको बिषय थपेको हो । तर पनि रस्सा र युक्रेनको समस्यालाइ युरोप र बिश्वले जेजसरी लिए पनि भारतले सिधै आखाँ चिम्म गर्न सक्थ्यो । किनकि भारत र मस्कोबीच सोभियत युनियन ताका देखिनै राम्रो सम्बन्ध रहदै आएको छ । भारतलाइ रस्साले जुनसुकै अवस्थामा पनि चिढाउन नहुने मुलुक हो । किनकि भारत रस्साको हातहतियारको सवभन्दा ठुलो खरिदकर्ता हो । र दोस्रो भारतीय नेताहरुमा अहिलेसम्म पनि नैतिकरुपमा रस्साप्रति इमान्दार हुनुपर्ने मनोबिज्ञान यथावत छ । त्यतिमात्र नभएर भारतले अहिलेको अवस्थामा रस्सासंग सम्बन्ध तोडेर अर्कोबाटो लाग्नु भनेको अमेरिकालाइ अरु बलियो बनाउनु हो र बिश्व राजनितीमा अमेरिकालाइ एक्लो शक्तिशाली बनाउनु हो । यदि भारतले यसो गरेमा आफ्नो घुंडामा आफैले बन्चरो हान्ने छ भन्ने कुरा पनि भारतीय नेताहरुमा छिपेको छैन ।
भारत र रस्साबीच जेजती अमिल्दा बिषय बस्तुहरु देखिए पनि यी सबै कुटनितीक ब्यबस्थापनबाट हल गर्न सकिने बिषय बस्तुहरु हुन् । तर सिरियाको जिहादी समस्या र इराकको अहिलेको आतंकपूर्ण अवस्थाहरु भने भारतको आन्तरिक सुरक्षाकालागि पनि खतराका बिषय हुन् । यी बिषय बस्तुहरुमा भारतले रस्सासंग कसरी ट्याकल गर्ने भन्ने बिषय भने मोदीकालागि फलामको च्युरा बन्ने छ । यता आफ्नै छिमेकी मुलुक स्थापनाकाल देखिनै जानी दुस्मनका रुपमा रहेको पाकिस्थानलाइ पन्छाएर हेर्न मिल्दैन । अहिले सम्मत अफगानिस्थानमा इस्लामिक उग्रबादीहरु नाटोका सैनिकहरुसंग भिड्नु परिरहेकाले पूर्बतिर आँखा लगाउन सकिरहेका छैनन् तर यदि अफगानिस्थानबाट नाटो पूर्णरुपमा बाहिरियो भने युद्धको नशाले धंगधंगिएका पाकिस्थान र अफगानिस्थानका मुसलमानहरुको एकता हुनेछ र अझ शक्तिशाली बनेर आउनेछन् । जुन युद्ध अहिले पश्चिमेली मुलुकहरुको संगठन नाटोका बिरुद्ध लडिरहेका छन् त्यो लडाइ भारततर्फ सोझिने सम्भावनालाइ नकार्न मिल्दैन । यसको संकेत मध्यपूर्व र खाडीक्षेत्रबाट भारतका अठार करोड मुसलमानहरुसंग सोलिडारिटीको माग गरेबाट प्रष्ट हुन्छ ।
बास्तबमा अहिले भारतले नितान्त आफ्नो आन्तरिक बिकाशमा जोड दिन चाहान्छ । अन्तरराष्ट्रिय राजनितीबाट डिस्टर्ब हुन चाहान्न । प्रधानमन्त्री मोदी भित्री दिलबाटनै राष्ट्रभक्त हुन् भन्ने कुरा अहिले अन्तरराष्ट्रिय राजनितीक समुदायले समेत चर्चा गर्न थालेका छन् । तर मोदीलाइ पनि केथाहा छ भने अहिले भारतलाइ सामाजिक क्रान्ति र आर्थिक बिकाशको खाँचो छ । मोदीले भारतमा बहुसंख्यक जनता अझै पनि गरीबिको रेखामुनी बाँच्नु परिरहेको कुरा प्रधानमन्त्री भैसकेपछि पनि स्वीकार गरेका छन् । भारतीय समाजमा देखा परेका बिकृतीहरुका बिरुद्ध युद्ध गर्नुपर्ने कुरा पटक पटक उनको भाषणको थेगो रहने गर्छ । भारतीय स्वतन्त्रता दिबशको अवसरमा दिएको भाषणमा समेत उनले “हामीलाइ कुनै पनि प्रकारको अन्तरराष्ट्रिय झमेलामा पर्नु छैन किनभने हामी अझै पनि एउटा गरीव मुलुका जनता हौं । हामीले हाम्रा आफ्ना आन्तरिक समस्याहरु समाधानका बाटामा हिड्नु छ र हाम्रो मुलुकलाइ बिश्वको उच्चतम मुलुकका रुपमा बिकाश गर्नु छ” भनेका छन् । उनले यसक्रममा भारतका माओबादी शक्तिहरु समेतलाइ संसदीय धारमा आउन आग्रह गरे । उनको आसय प्रश्ट छ, जसरी चिनले १९८८ पछि अन्तरराष्ट्रि झमेलामा नपरी नितान्त आफ्नो आन्तरिक उन्नती र बिकाशमा लाग्यो त्यसरीनै भारतलाइ आन्तरिक उन्नती र बिकाशमा केन्द्रित गराउन चाहान्छन् उनी । तर दुर्भाग्य अहिलेको अन्तरराष्ट्रिय परिस्थितीले  भारतलाइ मात्र नभै समग्र एशियालाइ एक संकटपूर्ण महादेशका रुपमा प्रस्तुत गरेको छ ।
भारतको पश्चिम तर्फको सीमामा मात्र धर्मका नाममा समस्या उत्पन्न भएको नभएर पूर्ब तर्फ फैलिएको चीन यसै बर्ष २०१४ साल देखि संसारको बलियो आर्थिक शक्ति बन्ने म्याराथुन दौडमा छ । जसले भारतको आर्थिक बिकाशमा ब्रेक लगाउने सम्भावनालाइ कमजोर देख्न मिल्दैन । नयाँ दिल्ली र पेकिंगको लडाइ आजको नभएर यसले पाँच दशक पार गरिसकेको छ । यी दुइ मुलुकबीचको सिमा बिबाद १९६२ देखिको हो । त्यो युद्धबाट भारतले शर्मनाक रुपमा आफ्ना सेना फिर्ता बोलाउनु परेको थियो । त्यस अर्थले पनि चीन र भारतबीचको मनमुटाबले अहिले आएर समग्र एसियामा नयाँ आयातन दिने सम्भाबना रहेको भन्दा अत्युक्ति हुने छैन ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *