भट्टराइको सत्ता दीर्घजीबी गराउन रामबरण सहयोगी

शशी पौडेल
यदि बाबुराम भट्टराइले प्रधान मन्त्री पदबाट रानीनामा दिएमा प्रधान मन्त्री पदको प्रवल दावेदार नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नु पर्ने अडान सहित जतिसुकै वैठक गर्दै आएता पनि प्रधानमन्त्री पदको सर्वसम्मत उम्मेदवार चयन गर्न सकेका छैनन् । कांग्रेसभित्र शेर बहादुर देउवा र रामचन्द्र पौडेलले प्रमंपदका लागि दावी गरेपछि सभापति सुशिल कोइराला धर्मसंकटमा परेका छन् । पार्टीले कुनै निर्णय गर्न नसक्दा कोइरालाका भान्से सहयोगीहरुले पार्टी सभापति सुसिल कोइरालालाई नै प्रधानमन्त्री पदको उम्मेदबार बन्न सुझाएका छन् । जसको कारण देउवा र पौडेलसँग कोइरालाको सम्बन्ध चिसिएको छ । कांग्रेसबाट राष्ट्रपति पदमा निर्वाचित कांग्रेसका पूर्व महामन्त्री डा. रामवरण यादवले कांग्रेसका तीनै जना शीर्ष नेताहरु कोइराला, देउवा र पौडेललाई संक्रमणकालमा विभाजित नहुन सुझाव दिंदै कुनै एक जनालाई उम्मेदवार घोषणा गरेर दलहरुबीच सहमति जुटाउनु पर्ने सल्लाह दिएको श्रोतले जनाएको छ । व्यक्तिगत महत्वकांक्षाका कारण कांग्रेसभित्र चर्को गुटबन्दी छ । प्रधानमन्त्रीका लागि अन्य दावेदारहरु पनि सो पार्टीभित्र झिनो स्वरमा सुस्केरा हाल्दै आइरहेका छन् । मधेशीहरुको पक्षबाट पूर्व महामन्त्री विमलेन्द्र निधि र जनजातिबाट पूर्व महामन्त्री कुल बहादुर गुरुङ्गको पनि प्रधानमन्त्री पदका लागि दावा भइरहेको छ । कांग्रेस भित्र ऐक्यवद्धताको अभावमा कुनै निर्णय र एकता हुन सकेको छैन ।
नेपाली कांग्रेसले उम्मेदवार दिन नसकेपछि नेपाली कांग्रेसको भाइका रुपमा देखिएको एमालेले आफ्नै तालमा एमाले भित्रका दुई शीर्ष नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाललाई ओभरटेक गर्दै केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ओलीले नेपाली कांग्रेसले मुलुकलाइ नेतृत्व प्रदान गर्न नसक्ने तर आफूले देशमा अमनचैन शान्ति ल्याउन सक्ने दावी गर्दै आएका छन् ।
उता एकीकृत माओवादी नेताहरुले आफ्नो नेतृत्वको सरकारले नै मुलुक हाँक्ने र चुनाव गराउने दावा गर्दै आएका छन् । डा. बाबुराम भट्टराईले आफूलाई सहमति होइन चुनाव जितेर आउने सरकारले मात्र विस्थापित गर्न सक्ने कुरा बताएका छन् ।
एमाओबादी अध्यक्ष (प्रचण्ड)ले आफूले हतार हतारमा सत्ता त्याग गरेको प्रसंग दोह¥याउँदै डा. बाबुरामले त्यस्तो गल्ती नगर्ने र माओवादी फेरि छापामार युद्ध नगर्ने पनि प्रष्ट पारेका छन् । प्रधानमन्त्रीले राजीनामा गर्ने सोच पनि नबनाएको बेला कांग्रेस एमाले दलहरुले सत्ताको माला जप्दै जाँदा एमाओबादीहरु वर्तमान परिस्थितिको फाइदा उठाउँदै सत्ता र भत्तामा मौज गरिनै रहने छन् । सत्तामै रहेका मधेशी मोर्चाका नेता तथा उप प्रधानमन्त्री विजयकुमार गच्छेदारले राजीनामा नदिंदै अबको सरकारको नेतृत्व आफूले अर्थात् प्रधानमन्त्री बन्ने दावी गर्दै आएका छन् ।
उता नेपाल िकाँग्रेसले राष्ट्रपति डा. रामवरण यादवलाई उचाल्दै नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल आह्वान गर्न दवाव दिदै आएका छन् ।
काँगेसीहरुको दवाव र उक्साहट भए पनि राष्ट्रपतिले तत्काल नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान नगर्ने निष्कर्षमा पुगेका छन् । किन भने यदि उनले बाबुरामलाइ कुर्चि छोड्न दवाव दिदा आफ्नै कुर्चि हल्लीने प्राय निश्चित छ । अर्को शब्दमा भन्दा राष्ट्रपतिले अन्तरिम संविधानरुपी ऐनामा आफ्नो स्थान, अनुहार, हक अधिकार हेरेर असंवैधानिक कदम नचाल्ने निष्कर्षमा पुगेका हुन् । राष्ट्रपतिको यो ब्यबहारले बाबुरामलाई पदच्यूत गराउने कांग्रेस–एमालेको आकाँक्षा दिवास्वप्नमा परिणत भएको छ । यस अघि राष्ट्रपतिले राजनीतिक गतिरोध अन्त्य गर्न भन्दै दलहरुसँग जुन परामर्श गरेको नाटक रचे त्यो वाहियात र आफ्नो कुर्ची बचाउ गर्न मात्र भएको तर्क गरिंदैछ । अधिकार नै नभएको राष्ट्रपतिले पूर्वराजा ज्ञानेन्द्र शैलीमा परामर्शको नाटक मञ्चन गरेर नेपाली जनतालाई बेवकुफ र नेताहरुलाई अल्मलाउने काम गरेर राम्रो काम गरेनन् । यदि दलहरुले आफ्नो राजनैतिक अस्तित्व बचाउन चाहान्छन भने छिटो भन्दा छिटो चुनावको वातावरण तयार गरी चुनावमा जानै पर्दछ । चाडो वा ढिलो चुनावले मात्रै मुलुकलाइ निकास दिने छ । अन्यथा बाबुराम भट्टराइको सत्ता दीर्घजीबी रहने छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *